‘ब्यर्थै रहेछ’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायक उदय सोताङको सुमुधुर आवाज रहेको गीत ब्यर्थै रहेछको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार लोकराज अधिकारीको शब्द, लक्ष्मण शेषको सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा राजेश हमाल र शिलाषमा हमाललाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

युवा एकीकरणको हाफ म्याराथनको तयारी पूरा

बुढानिलकण्ठ नगरपालिकाको सकृय क्लब युवा एकीकरणको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित पाँचौ युवा एकीकरण बुढानिलकण्ठ हाफ म्याराथन एव अन्तर बिधालय ३ किमि सडक दौड प्रतियोगिता २०७६ को सम्पुर्ण तयारी पूरा गरेको क्लबले जनाएको छ प्रतियोगितामा हाफ म्याराथन मा १०० जनाले सहभागिता जनाउने र अन्तर बिधालय छात्र छात्रा ३ किमिमा २५० जना सहभागी हुने क्लब ले जानकारी दिएको छ उत्त प्रतियोगिता जेष्ठ १६ गते बिहान ६ बजे सन्चालन हुने छ प्रतियोगिता सन्चालन गर्ने मुख्य सहयोगी बुढानिलकण्ठ नगरपालिका सहयोगिहरुमा सिवम सिमेन्ट, साल्ट टे«डिङ कर्पारेशन र गुराँस लाइफ कम्पनी रहेको क्लब द्वारा जारी बिज्ञप्तीमा जानकारी दिएको छ।

जीआइइटी युनिभर्सिटीको दोस्र नेपाल एल्मुनाइ भेला सम्पन्न

भारतको उडिसास्थित गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको दोस्रो नेपाल एल्मुनाई भेला सम्पन्न भएको छ । भेलामा जीआइटीबाट अध्ययन गरेर फर्किएका पूर्व नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । सन् २००८ देखि उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनको लागि गइरहेका छन् भने फर्किएपछि विभिन्न क्षेत्रमा पेशा व्यवसाय र रोजगारी गरिरहेका छन् ।

जीआइटीमा पढेका सिनियर र जुनियर विद्यार्थीहरुबिच सम्पर्क र सम्बन्ध विस्तार गर्न नेपाल एल्मुनाई स्थापना गरिएको विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध तथा एडमिसन अफिसर प्राध्यापक बि. पाण्डाले जानकारी दिए । प्रा.पाण्डाले भने– ‘अहिलेसम्म नेपालबाट झण्डै २ सय भन्दा बढी विद्यार्थी जीआइटीमा पढ्न गइसकेका छन् । अध्ययन पश्चात उनिहरु नेपालमा मात्रै छैनन्, पेशा र रोजगारीको लागि विभिन्न मुलुकमा पनि पुगेका छन् । यो हाम्रो लागि पनि उपलब्धिपूर्ण कुरा हो ।’

शत्ताक्षी एजुकेनल फाउण्डेशनका अध्यक्ष उमेश ढुंगेलले आफुले परामर्श दिएर पढ्न गएका विद्यार्थीहरु फर्किएर आएपश्चात विभिन्न पेशा व्यवसाय र रोजगारीमा स्थापित भएको देख्दा साह्रै खुसी लागेको बताए । उनले सहि परामर्श र विद्यार्थी एवं अभिभावकले विश्वास गरेका कारण उक्त विश्वविद्यालयमा थुप्रै विद्यार्थी अध्ययनको लागि गइसकेको बताए । फाउण्डेशनले दशकभन्दा बढी समयदेखि विश्वविद्यालयबाट प्रदान गरिने शिक्षाको बारेमा नेपाली विद्यार्थीलाई परामर्श दिंदै आएको छ ।

‘मिसेस जनजाती’को पहिलो अडिसन सम्पन्न, २५ प्रतियोगी छनौट

काठमाडौ – मिसेस तामाङ र मिसेस गुरुङको सफल आयोजना गर्दै आईरहेको एस के ईन्टरटेनमेन्टले आयोजना गर्न लागेको जनजाती विवाहित महिला लक्षित सौन्दर्य प्रतियोगीता ‘मिसेस जनजाती‘को पहिलो अडिसन सनिबार चक्रपथ स्थित रोयल भेनुमा सम्पन्न भएको छ । उल्लेख्य मात्रामा सहभागीता जनाएका प्रतियोगीहरु मध्ये २५ जना उक्त अडिसनबाट छनौट भएका थिए ।

प्रथम नेपाल आइडल बुद्ध लामा, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, मिसेस तामाङ २०१६ का बिजेता शान्ति तामाङ, जुम्बा प्रशिक्षक केशव थापा र मिसेस तामाङ्गकी बिजेता पाल्सङ तामाङको जुरी टिमबाट २५ जना प्रतिस्पर्धीहरुलाई छानीएको थियो ।

तामाङ्ग,गुरुङ्ग,नेवार, राई,लिम्बु,मगर,थारु लगायत जनजाती समुदाय क्षेत्रका बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्नका लागी देशभर बाट प्रतियोगी छनौटका लागी उक्त अडिसन राखिएको जानकारी आयोजक तथा नायिका शान्ता तामाङ्गले जानकारी दिईन । “मिसेस जनजाती–२०१९” प्रतियोगितामा भाग लिनको लागि न्यूनतम योग्यता १८ देखि ५० बर्ष उमेर समुहका बिवाहित महिला हुनु पर्ने जानकारी आयोजक अरोमा ईन्टरटेनमेन्टका अध्यक्ष एवं आयोजक कमिटीका अशोक कुमार तामाङ्गले बताए।.

आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी-जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

 

 

‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण र सोना तामाङ्गले जिते

काठमाडौं : काठमाडौंको ‘यल्लो पेगोडा होटेल’ मा ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । निणार्यकको रुपमा धिरज तन्डुकार , प्रिया रानी लामा , एन्जिला गौचर र अमित गिरी रहेका थिए। ‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण लिम्बु र सोना तामाङ्गले जितेका छन् । त्यस्तै ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि तर्फ प्रभास स्यान्देन र रितिका भुजेलले जितेका छन्। उपाधी सहित बिजेताले सिल्भर क्राउन प्राप्त गरेका थिए । अन्य उपाधीमा फस्ट रनर अपमा मिलन बोगटी र गोमा गु््रुङ्ग, सेकेण्ड रनर अपमा प्रज्वल मैनाली र ममता गोले रहेका थिए भने एसईई मोडलमा फस्ट रनर अपमा स्वस्तिक दाहाल र रोशनी राई थिए भने सेकेण्ड रनर अपमा आयुष्मा गिरीले हात पारे ।  बिजेताले विभिन्न गिफ्ट सहित अस्ट्रेलिया भ्रमणका लागी टिकट प्राप्त गरेका छन् ।

बेस्ट फ्रेन्डसिप : प्रज्वल मैनाली, सुस्मिता सुन्दास
भ्युयर्स चोइज : मिलन बोगटी, आयुस्मा गिरी
बेस्ट ड्रेस : स्वस्तिक दाहाल, सबु नेपाली
बेस्ट वल्क : सुयोग तामाङ्ग, सोना तामाङ्ग
बेस्ट फोटोजेनिक : प्रदिप तामाङ्ग, आयुस्मा गिरी
सोसल मिडिया : प्रज्वल मैनाली, सुस्मिता सुन्दास
बेस्ट दिसिप्लेन : अमिर दौला, मनिस्का गोले
बेस्ट ह्यान्डसम : अर्जुन तामाङ्ग
बेस्ट बिउटिफूल : रितिका भुजेल
बेस्ट ग्लामर : पुर्ण लिम्बु, रोशनी राई
अर्गनाइज चोइज : प्रदिप तामाङ्ग, गोमा गुरुङ
एस मस पपुलर : प्रज्वल मैनाली, गीता रावत

एसईई दिएर बसेका र नेपालमा रहेका टिनएजरलाई फुर्सदको समय सदुपयोग र उनीहरुको व्यक्तित्व विकासको लागी सो प्याजेन्ट गरिएको ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘ मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ का सीइओ रबि लामाले बताए । उक्त ‘शो’ को कोरियोग्राफ बरिष्ठ कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । अफिसियल ड्रेस डिजाइन पेजेन्ट नेपालले गरेको थियो ।

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने

काठमाण्डौ : राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । निर्माण टिमले शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

समाजका विविध बिकृति मध्ये युवा पुस्ता आफैमा शिक्षित हुँदा हुँदै पनि कसरी दुर्ब्यसनिको शिकार भैरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ ।

सोमबारबाट मोफसलको इटहरी, झापा, धरान लगायतका स्थानमा छायांकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्ने छन् । सुर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाललगाएतको अभिनय रहने छ ।

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यलाई मलेसियामा इन्टरनेसनल एक्सीलेन्स अवार्ड

गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको हो । सो अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखिको सक्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका रोजिन सहित १६ जना नेपालीहरु इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९बाट सम्मानीत भएका हुन् । सबै अवार्ड विजेताहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा अवार्डका लागि मलेशिया पुगेका १६ जना नेपालीहरु विभिन्न १६ विधामा पुरस्कृत भएका थिए ।

सो कार्यक्रममा बर्ष २०१९ को उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा बिशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा, उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा निता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले, उत्कृष्ट ब्युटिसियनमा गोपी माया थुलुङ्ग, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्कृष्ट ब्यबसायिक अन्तर्रा्ष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्कृष्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्रा्ष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे तथा उत्कृष्ट बरिष्ठ फोटोपत्रकारमा राजेन्द्र चित्रकारले अवार्ड प्राप्त गर्नु भएको थियो ।

सिजन मिडियाको आयोजनामा ल्यान्टर्न एड्भरटाइजिङको सहकार्य रहेको सो कार्यक्रममा मलेसियाका स्थानीय नेपाली शंकर बहादुर पौडेललाई दोसल्ला र सम्मान पत्र सहित बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनए मलेशियाका अध्यक्ष खगेन्द« न्यौपाने विशेष अतिथिका रुपमा उपस्थित थिए ।

‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द सुपर मम’ बिबादमा तानिएको हो ।

यसै बिषयमा आफुलाई लागेको आरोपको खन्डन गर्दै नायिका पूजना प्रधानले आफु माथि लागेका सम्पूर्ण आरोप गलत रहेको भन्दै आफुलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको बताएकी छन ।

उनले भनेकी छन्ः

‘मलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको हो । बिगत केही दिन देखी मेरो बारेमा र द सुपर मम् को बारेमा एक पक्षिय रुपमा मिडियामा आइरहेका समाचार र मेरो सहकर्मी द सुपर मम् कि संयोजक करुणा रिजालले मेरो बारेमा दिनु भएको अभिब्यक्ती बारे मेरो गम्भिर ध्यानाकर्षण भएको छ । हरेक सहभागी आमाहरु आफैँमा सक्षम भएको अवस्थामा जजहरुले दिएको निर्णय नै हामी आयोजकको निर्णय हो । न की मैले कसैको प्रभावमा परेर दिएको निर्णय हो ।’

सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

काठमाडौं, सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा विविध क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । मिडियाले आज मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया’ मा विविध क्षेत्रा नेपाली तथा विदेशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए । मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, “भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।”
साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् । सम्मानमा विभिन्न विधामा महिलालाई समावेश गरेकामा उनले खुशी व्यक्त गरे । सिजन मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको बताए ।

कार्यक्रममा १६ विधामा पुरस्कार प्रदान गरिएको छ । यस वर्षको उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा विशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बू र उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा पुरस्कृत भएका छन् । उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा नीता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले र उत्कृष्ट ब्युटिसियनमा गोपीमाया थुलुङले पुरस्कार पाएका छन् । त्यस्तै, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज र उत्कृष्ट व्यावसायिक अन्तर्राष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जनले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट बङ्गलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफरमा विष्णुप्रसाद घिमिरे, उत्कृष्ट अन्तर्राष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट वरिष्ठ फोटो पत्रकारमा गोरखापत्रका वरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकारले पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा मलेसिया बसोबास गर्दै आएका नेपाली शङ्करबहादुर पौडेललाई विशेष सम्मान गरिएको थियो ।