पहिलो पटक नेपालमा बर्ड फ्लुबाट एकको मृत्यु

१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।  ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *