Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

लेखक जितेन्द्र रसिक लिखित बामपन्थी नेता पदमरत्नको ‘सर्वरत्न’ सार्वजनिक

admin

काठमाडौं। बामपन्थी नेता तथा मानव अधिकारकर्मी पदमरत्न तुलाधरको जीवनी र यथार्थ विषयमा आधारित पुस्तक तयार भएको छ।’ सर्वरत्न’ नाम राखिएको पुस्तकलाई पत्रकार जितेन्द्र रसिकले लेखेका हुन । पत्रकार रसिक लिखित पदमरत्न तुलाधरको सर्वरत्न बुधवार सार्वजनिक भएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपालभाषा आन्दोलनका अगुवा मल्ल के सुन्दर, पूर्वसभामुख दमननाथ ढुंगाना, स्टेला तामाङ लगायतले सामूहिक रुपमा सर्वरत्नको विमोचन पश्चात सार्वजनिक भएको हो। ब्रदर्श बुक डिष्ट्रिव्युटर्सव्दारा प्रकाशित जितेन्द्र रसिक लिखित सर्वरत्न सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रचण्डदेखि मल्ल के सुन्दरसम्मले बामपन्थी मसिहा पदमरत्न तुलाधरको नेपाली राजनीति तथा सामाजिक क्षेत्रमा दिएको योगदानको बारेमा बयान गरेका थिए।

पदमरत्नको दिशावोध तथा निर्भिकता अनि निडरता र बुलन्द भाषण लगायत बास्तविकता सर्वरत्न कितावमा पत्रकार जितेन्द्र रसिकले पदमरत्नलाई सवैको रत्न वनाउने व्यापक प्रयास भएको छ। पदमरत्नको जीवनकालमा अत्यन्त निकट बनेर त्यो बेला नै किताव लेखिएको जानकारी लेखक रसिकले दिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको