Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

admin

काठमाडौं, सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा विविध क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । मिडियाले आज मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया’ मा विविध क्षेत्रा नेपाली तथा विदेशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए । मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, “भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।”
साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् । सम्मानमा विभिन्न विधामा महिलालाई समावेश गरेकामा उनले खुशी व्यक्त गरे । सिजन मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको बताए ।

कार्यक्रममा १६ विधामा पुरस्कार प्रदान गरिएको छ । यस वर्षको उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा विशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बू र उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा पुरस्कृत भएका छन् । उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा नीता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले र उत्कृष्ट ब्युटिसियनमा गोपीमाया थुलुङले पुरस्कार पाएका छन् । त्यस्तै, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज र उत्कृष्ट व्यावसायिक अन्तर्राष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जनले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट बङ्गलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफरमा विष्णुप्रसाद घिमिरे, उत्कृष्ट अन्तर्राष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट वरिष्ठ फोटो पत्रकारमा गोरखापत्रका वरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकारले पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा मलेसिया बसोबास गर्दै आएका नेपाली शङ्करबहादुर पौडेललाई विशेष सम्मान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको