जीआइइटी युनिभर्सिटीको दोस्र नेपाल एल्मुनाइ भेला सम्पन्न

भारतको उडिसास्थित गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको दोस्रो नेपाल एल्मुनाई भेला सम्पन्न भएको छ । भेलामा जीआइटीबाट अध्ययन गरेर फर्किएका पूर्व नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । सन् २००८ देखि उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनको लागि गइरहेका छन् भने फर्किएपछि विभिन्न क्षेत्रमा पेशा व्यवसाय र रोजगारी गरिरहेका छन् ।

जीआइटीमा पढेका सिनियर र जुनियर विद्यार्थीहरुबिच सम्पर्क र सम्बन्ध विस्तार गर्न नेपाल एल्मुनाई स्थापना गरिएको विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध तथा एडमिसन अफिसर प्राध्यापक बि. पाण्डाले जानकारी दिए । प्रा.पाण्डाले भने– ‘अहिलेसम्म नेपालबाट झण्डै २ सय भन्दा बढी विद्यार्थी जीआइटीमा पढ्न गइसकेका छन् । अध्ययन पश्चात उनिहरु नेपालमा मात्रै छैनन्, पेशा र रोजगारीको लागि विभिन्न मुलुकमा पनि पुगेका छन् । यो हाम्रो लागि पनि उपलब्धिपूर्ण कुरा हो ।’

शत्ताक्षी एजुकेनल फाउण्डेशनका अध्यक्ष उमेश ढुंगेलले आफुले परामर्श दिएर पढ्न गएका विद्यार्थीहरु फर्किएर आएपश्चात विभिन्न पेशा व्यवसाय र रोजगारीमा स्थापित भएको देख्दा साह्रै खुसी लागेको बताए । उनले सहि परामर्श र विद्यार्थी एवं अभिभावकले विश्वास गरेका कारण उक्त विश्वविद्यालयमा थुप्रै विद्यार्थी अध्ययनको लागि गइसकेको बताए । फाउण्डेशनले दशकभन्दा बढी समयदेखि विश्वविद्यालयबाट प्रदान गरिने शिक्षाको बारेमा नेपाली विद्यार्थीलाई परामर्श दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *