उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्छौ : अध्यक्ष विकासमान श्रेष्ठ

ललितपुर, १४ अषाढ – ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्ने बताएका छन् । लगनखेलमा शनिवार आयोजित महालक्ष्मी महिला समुहको पाचौ बार्षिक साधारण सभामा उनले सो कुरा राखेका हुन । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने प्रयास बारेको प्रसगं कोट्याउदै उनले भने, ‘महिला समुहमा आवद्ध ईच्छुक महिला सदस्यहरुलाई उद्यम गर्नका लागि २ बर्षमा सावा फिर्ता गर्ने गरि वडाले अब १ लाखका दरले निर्ब्याजीमा बिज रकम उपलब्ध गराउने छ ।’ वडा अध्यक्ष श्रेष्ठले उक्त बिज रकमबाट वडावासी महिलाहरुलाई अर्थिक रुपमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने दावी समेत पेश गरे । त्यसैगरि, वडा सदस्य समेत रहेकी महालक्ष्मी महिला समुहका अध्यक्ष मैया रिजालले समूहमा आवद्ध महिलाहरुलाई दिईदै आएको विभिन्न तालिमबाट उनीहरु विगतको तुलनामा आत्मविश्वासी देखिएको बताईन् । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, थसिखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए । बाल क्लबलाई संगितका साधन त्यस्तै, ललितपुर ५ नम्बर वडाले वडा स्थित दुई बाल क्लबलाई संगितका साधन हस्तान्तरण गरेको छ । शनिवार लगनखेलमा आयोजित वडा स्तरिय बाल क्लबहरुको बार्षिक साधारण सभा माझ बाल प्रतिभा समुह र लगनेश्वर बाल समुहलाई वडाका तर्फबाट गीतार, पियानो लगायतका संगितका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीहरु वडा अध्यक्ष विकासमान श्रेष्ठले बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजाललाई हस्तान्तरण गरेका थिए । ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले बाल क्लबहरुले बाल क्लबका सदस्यहरुको क्षमता विकासका निम्ती सक्दो प्रयास गर्नुपर्ने तर्फ जोड दिदै वडाले बालबालिकालाई प्राथमिकतामा राख्दै आएको समेत स्पष्ट पारे । कार्यक्रममा बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजालले बालक्लबका सदस्यहरुका अलवा वडाबासी बालबालिकाको क्षमता अभिबृद्धिका लागि सिंगो क्लब परिवारले सक्दो प्रयास गर्दै आएको बताए । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यत्रय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल, पूर्व बालक्लब ग्राजुयट कृष्ण रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको लागि आवेदन खुला,विजेताले स्कुटी सहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ ।
प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितवन र कावासोती (नवलपुर), ७ गते बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ ।
‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि एक सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ । ती मध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता दुई वर्ष ग्याप भएको थियो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगिताका विजेताले स्कुटीसहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय टुरको समेत अवसर पाउने आयोजकले जनाएको छ ।

गायक नारायण बाबुको “तिम्रै नामको शहर” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायक नारायण बाबु कोइरालाको “तिम्रै नामको शहर” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका
सुमधुर आवाजका धनि गायक नारायण बाबुको यस गीतमा रोशन श्रेष्ठको शब्द तथा संगीतकार कल्याण सिंहको संगीत रहेको यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा अन्जली अधिकारि, समिर तामाङ र जीवन शाहीलाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

 

चर्चामा राम प्रसाद खनालको ‘दुलहा दुलही’ (भिडियो सहित)

हालै अमेरिकाबाट केहि समयका लागी नेपाल आएका लोक दोहोरी गीतको बिकास र प्रर्बद्धनका अभियन्ता,अग्रज लोकदोहोरी गायक राम प्रसाद खनालको नयां गीत पन्चेबाजाको विशेष लोक दोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको केहि दिनमा नै सर्वत्र रुचाईएको छ ।
अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिकाका केन्द्रिय अध्यक्ष समेत रहेका खनालको उक्त पन्चेवाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र बजारमा आएका पन्चेबाजा भन्दा पृथक र स्तरीय रहेको कारण सवैले रुचाएका हुन । लोक दोहोरी क्षेत्रका भिष्म पितामह भनेर चिनिने खनाल स्वयंको शव्द र आवाज रहेको गीतलाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्यूजिक एरेन्ज रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन । बिसी तथा सर्जक खनालकै संयुक्त निर्देशनमा तयार भएको भिडियोमा करिश्मा ढकाल फिचरिङ्ग रहेकी छिन भने लोकप्रिय कलाकार किरण केसी र शिवहरि पौडेलको समेत अभिनय देख्न सकिन्छ ।

विदेशमा रहेर आफ्नो पेशागत कर्म जारी राखी नेपाली कला संस्कृति एवं लोकदोहोरी, कला संगीत क्षेत्रमा निरन्तर सक्रिय खनालका हालसम्म ४८ वटा गीति एल्बम प्रकाशन गरिसकेका छन भने १२ सय भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन । आफ्नै युट्युब च्यानल राम प्रसाद खनालबाट सार्वजनिक भएको भिडियो लोकप्रियता बढेसंगै आफ्नो युट्यूब च्यानल राम प्रसाद खनाललाई सव्सक्राईव्स गर्नेहरु ३ जना मध्ये प्रथमलाई पचास हजार,दोश्रोलाई तिस हजार र तेश्रोलाई बिस हजारको नगद पुरस्कार दिने घोषणा समेत गरेका छन । गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुष्मा खनाललाई प्रोत्साहित गर्न सुष्मा खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीतको भिडियो

महिला चेम्बर्सको सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम नाचघरमा सम्पन्न

काठमाडौं – नेपाल महिला च्याम्बरले सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मंगलवार जमल स्थित नाचघरमा आयोजनामा आएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उधशिलता वि ज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उधमी बन्न अपनाउनुपर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जि ज्ञासादारी, परिकल्पनाकार उधमी प्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए । त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको जवाफ दिएका थिए । प्रस्तुती एबम सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयर धनी बिच समझको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उधमी बन्न उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउदै नेपाल महिला चेम्बर उधमशिलताको बिकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिब लिमा अधिकारी एबम पदाधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उधमी लगायत अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

काठमाडौं : पाँचौं सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित जुनकुरी रोधी साझमा एक कार्यक्रमबीच अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक तथा प्रमाण–पत्र प्रदान गरिएको हो ।

अवार्डको अध्यक्ष किरण अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका निर्देशक तथा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथी प्रकाश पारेका थिए ।

‘आफ्नै पन, आफ्नै शान, स्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको विकासमा वेग्लै हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन गइरहेको अवार्डको पाँचौ संकरण नेपाल बाहिर थाइल्याण्डमा हुने समेत जानकारी गराइएको थियो । अवार्डमा राष्ट्रिय गीत, तामाङ सेलो, म्याहेन्दोमाया, आधुनिक, पप र लोकदोहोरी गरि ४० विधामा मनोनयन सार्वजनिक भएको छ ।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार उत्तम के.सी. गीतकार भरत वम्जन, निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेव भट्टराई, गायक सिताराम पोखरेल, साकुरा नेपाल कन्सल्टेन्सीको प्रबन्धनिर्देशक अनुजकुमार श्रेष्ठ, लोकदोहोरी गायिका धनकुमारी थापा सरु तथा गीतकार राजेन्द्र पुरीलगायतले मनोनयनमा परेका सर्जकहरुलाई प्रमाण-पत्र प्रदान गरेका थिए ।

यसप्रकार छन् उत्कृष्ट पाँच:-

१) राष्ट्रिय भावको गीत

क) सुन्दर पन्त : मेरो देशको माटो ख) मित्रलाल पाण्डे : विश्वको अग्लो ग) नृपध्वज खड्का : हातको ठेला घ) अमृतलाल देवकोटा सुनार : ढाका टोपी ङ) वसन्त बित्यासी थापा : मैले टेक्ने जमीनमा

तामाङ सेलो

२) गायक

क) योगेश लामा : आमैले हो आमैले ख) प्रनिल तामाङ : मैच्याङ ग) अमर लो : पूर्वैमा मेची इलाम बजार घ) सुमन घले : गोल्जुङ लामै सै ब्योन ङ) रमेश गोम्जा : चिसो चिसो

३) गायिका

क) रेश्मा बमजन: आमैले हो आमैले ख) लक्ष्मी स्याङतान : सेलोमा डम्फु ग) टिका योकर : ल्हाहासा सुन घ) सुस्मिता स्याङतान : मैच्याङ ङ) विना घले : गोरी गोरी

म्हेन्दोमाया

४) गायक

क) विश्वपासा तामाङ : टाले टाले ख) कृति तामाङ : हावै जोरी ग) रोशन फ्युवा : वामताङ नामसारी घ) आरम्भ तामाङ : तामाङ ठिटी ङ) जगत ब्लेदेन तामाङ : छचा प्यारी च्यावा

५) गायिका

क) मनमाया वाइबा : बोम्ताङ नामसारी ख) जेसुम वाइबा : म्हर्की नली ग) टिका योकर : संगा मकै घ) छिमिमम्वा तामाङ : तामाङ ठिटी ङ) रमला पाख्रिन : हावै जारी

६) मोडल (पुरुष)

क) एरिन तामाङ : हावै जारी ख) राजकिङ वाइवा : हजार पचास ल ग) जगद ब्लेदेन : सिङ्ला माने घ) सलमान तामाङ : ढाकै चोरी ङ) आइतराम तामाङ : वाका राहा

७) मोडल (महिला)

क) एन्जिला वाइबा : म्हेन्दोमाया व्याटल ख) रुपा एस घले : आम्मा कसम ग) सुनिता वाइबा : सामरी नामर्स घ) सारमाया तामाङ : म्हेन्दोमाया स्यापलम ङ) पूर्णिमा लामा : ढाकै चोली

८) शब्द

क) बनुमाया लेप्चन : कु.कु. न्यावै वेलोरी ख) सन्तबहादुर तामाङ : बोमताङ नामसारी ग) सविना तामाङ : रच्चा मेच्चा घ) शिशिर योकर : कन्ज्योम सीम ङ) सिंह ब. तामाङ : गते ज्यावा

आधुनिक

९) गायक

क) योगेश काजी : थाहा छ मलाई ख) तारावीर पाण्डे : तिम्रो माया ग) ज्योति प्रकाश बिक : बिन्ति छ मलाई घ) सरद समिप : तिमी सुनसँग ङ) डेविड शंकर : सलल बगेको पानी

१०) गायिका

क) सहिमा श्रेष्ठ : सलल बगेको पानी ख) सारिका घिमिरे : दिल टुट्यो ग) मल्लिका कार्की : लाखौं छन् मेरा लागि मर्नेहरु घ) काव्या आचार्य : बाहिर माया देखाएर ङ) संगिता राना प्रधान : प्रतिविम्ब

११) गीतकार

क) दुर्गा खनाल घिमिरे : पशुपतिमा सुनैको गजुर ख) डा. डीआर उपाध्याय : स्वार्थी छ दुनियाँ ग) डा. बी.बी. थापा : कति हात छुटे घ) शिवराज पौड्याल : चरीले झैं गुँड ङ) माधव निर्दोश : मुटु बिना

१२) संगीतकार

क) सन्तोष श्रेष्ठ : स्वार्थी छ दुनियाँ ख) दिपक शर्मा : सलल बगेको पानी ग) मनोज चौलागाई : लभ गुरु घ) याम गुरुङ : कहानी एउटै ङ) रेखा पौडेल : न दिलमा वास दियौं

१३) आधुनिक मोडल (पुरुष)

क) प्रेम खड्का : सायद अब भेट हुँदैन होला ख) अर्जुन थापा : चङ्गा सरी ग) दृश्य सुवेदी : मायाँ गर्ने मान्छेको घ) अमन श्रेष्ठ : आखाको रङ ङ) प्रेम भारती : सान्नानी

१४) आधुनिक मोडल (महिला)

क) शिल्पा खड्का : सान्नानी ख) अनु पराजुली : आगो लगायौ ग) अमृता भट्ट : हिजो सम्म घ) मनिषा सापकोटा : हामी बादल भत्र ङ) विनु शाक्य : प्रतिविम्व तिम्रै

१५) निर्देशक

क) जनक सिंह : आगो लगायौ ख) चन्द्र पन्त : पशुपतिमा सुनैको गजुर ग) राजिव बलामी : मनको मिलन घ) सुवास प्रधान : प्रतिविम्ब ङ) सज्जन हमाल : मनको थैलि

१६) छायाँकार

क) मुकेश हुमागाई : तिम्रो आखाँको रंग ख) नवराज उप्रेती : हाम्रो माया जिन्दावाद ग) बिरेन्द्र भाट बिपिन : किन आउँछ तिम्रो याद घ) जनकराज अधिकारी : ओइ काली ङ) रेशम दर्लामी : मुटु विना

१७) सम्पादक

क) शिलन लम्साल : देशै खाने भई ख) विक्रम आदित्य शाह : पिरतीको झरी ग) टेकेन्द्र शाह : लाखौं छन् मेरा लागि मर्नेहरु घ) राजेश कुमार : हावाको झोका ङ) अनुप सिवाकोटी : मन परेर हा की

पप

१८) पप गायक क) शशिसेखर बुढाथोकी : झिल्के ख) पुरुषोत्तम दाहाल : पातली पातली ग) रमेशराज भट्टराई : बहुला ९२० राग्खी घ) चिरञ्जीवी भण्डारी : तिम्रो मायाले ङ) सपना श्रेष्ठ : बोली मिठो

१९) पप गायिका

क) प्रमिला पुन : नजरैमा ख) लक्ष्मी पुरी प्रधान : सिठ्ठी बजाउँछन् ग) सिर्जना खत्री : नौटंकीमाया घ) भावना आचार्य : मायाको विरुवा ङ) संगीता रायमाझी : आँखामा चयन

२०) मोडल (पुरुष/महिला)

क) दुर्गेश थापा : बहुला (२) ख) सरिस्मा मगर : मायाको विरुवा ग) बिकाश लामीछाने : फर्की आँउछु घ) अस्मिता पुरी (निशा) : मुलको पानी ङ) बबिता श्रेष्ठ : ढाट्यो मायाले

२१) पप गीत निर्देशक

क) क्रान्ति के.सी. : बहुला २ ख) शंकर वि.सी. : सिठ्ठी बजाउछन् ग) विभोर पोखरेल : ढाट्यो मायाले घ) राजिव समर : नौटंकी माया ङ) विक्रम चौहान : चालु रही छ यार

लोकदोहोरी

२२) गायक

क) प्रकाश कटुवाल : छेकेन जामाले ख) राजेन्द्र भण्डारी : दुई रुपैयाको सुपारी ग) सन्दिप न्यौपाने : लालु मै घ) मौसम गुरुङ : हारे मैले ङ) नविन पौड्याल : सुदुर पश्चिम घर मेरो

२३) गायिका

क) शुशिला गौतम : पाहुना ख) तुलसा क्षेत्री : चामल चौलानी ग) लक्ष्मी आचार्य : तीन साल अमेरीका घ) शर्मिला श्रेष्ठ : पुजा नगर मलाई ङ) सन्ध्या बुढा : मैलो रीवन

२४) शब्द

क) नवराज पन्थ : सालको पात टपरी ख) शिव हमाल : लालु मै ग) शान्त शिशिर : हाम्रो माया फूलै फूलको घ) रमेश परियार : बैशाखी ङ) रमेश बिजि : मुना मदन

२५) लय

क) रमेश श्रेष्ठ : घाइते मुटु उपहार ख) सज्जन बोहोरा : मल्लिका घुरी ग) भिषण मुकारुङ राइ : खुर्सानी डल्ले घ) कस्तुप पन्त : सरर बतासै चलाउनी ङ) कस्तुप पन्त : भेट हुँदा ठिक्क

२६) नव–गायक

क) सुरोज थापा : घाइते मुटु ख) विश्वास पराजुली : बग्यो त्रिशुली ग) तेज ब. कुमाल : कालो चश्मा घ) दुर्गा विरही : के छ कोसेली ङ) ध्रुव जिसी : भेट हुँदा ठिक्क

२७) नव गायिका

क) अन्जना राना : मनमै फूल्यो पिरती ख) सञ्जु न्यौपाने : लाहुर ग) सुजिता केसी : सुस्तरी ढोका खोल घ) पूजा क्षेत्री : तिम्रो मायाँ ङ) सपना थापा : जुनि जुनि

२८) मोडल पुरुष (अभिनय)

क) विषेश घिमिरे : जोशी ख) बुद्धविर थापा : बादल ग) ध्रुव हिमाली : नआउ मेरो सपनिमा घ) विमल अधिकारी : वलिदान ङ) सुमन खतिवडा : मुनामदन

२९) मोडल पुरुष (नृत्य)

क) राज तमाङ : डाली डालीमा ख) दिनेश थापा : ज्यानमाया ग) ओम श्रेष्ठ : करलो मुझे प्यार घ) कृष्ण रेउले : गाएँमा हल्ला चल्यो ङ) जेम्स बिसी : जारको पानी

३०) मोडल महिला (अभिनय)

क) सारिका के.सी : बलिदान ख) मन्जिता के.सी. : साउदी जेलमा ग) लिला के.सी. : कुर्दै कहाँ जाउ घ) आशा खड्का : नलाउ झुटो पिरती २ ङ) साया भण्डारी : बैशाखी

३१) मोडल महिला (नृत्य)

क) दिपासा वि.सी. : उम्लेको बैश ख) करिष्मा ढकाल : रेलको भाँडा ग) रितु तामाङ : म त यस्तै हो घ) टीका जैशी : मेरो वैंश  ङ) अञ्जलि अधिकारी : लालटीन

३२) नव–मोडल महिला

क) आयुश्मा कार्की : अनुसन्धान ख) शुशिला थापा : समय ग) प्रिति तामाङ : घाइते मुड घ) एलिना जोशी : बग्ने आँशु ङ) दुर्गा भट्ट : धान कुटेर चामल

३३) नव–मोडल (पुरुष)

क) प्रकाश अर्याल : बग्यो त्रिशुली ख) सागर थापा : बैशाखी ग) कृष्ण सापकोटा : छायाँ खोज्न जाम घ) किसन भण्डारी : परदेशी ङ) सरोज वस्ती : मायामा फेल भाको

३४) निर्देशक

क) कपिल लामा : वलिदान ख) वविता श्रेष्ठ : हजारको नोटले ग) मिलन श्रेष्ठ : ए काली घ) बाबुराम बाहोरा : सारङ्गीको धुन ङ) बबिता श्रेष्ठ : नलगाउँ झुठो पिरती २

३५) निर्देशक (नृत्य)

क) काजिस श्रेष्ठ : मान्छे फकाएर आफ्नो हुँदैन ख) विक्रम चौहान : खोलीमा माछी ग) मौसम हिमाली : लाहुर घ) शंकर वि.सी. : गाउँमा हल्ल चल्यो ङ) रविन शाह शंकर : करलो मुझ्से प्यार

३६) छायाँकार

क) सुरेश श्रेष्ठ : बलिदान ख) दुर्गा पौड्याल : गाउँमा हल्ला चल्यो ग) केशब अधिकारी : सुस्तरी घ) सागर गौतम : घाइते मुटु ङ) प्रकाख खड्का : खोलीमा माछी

३७) सम्पादन

क) दिपक विष्ट : वैशाखी ख) नविनघर्ती मगर : पान खायो मायाले ग) प्रकाश धमला : मुलबाटो घ) सुजन शाही : बलिदान ङ) रमीत वली : घाइते मुटु

३८) एरेञ्जर

क) जुजु गुरुङ : भेट्ने दिन ख) कृष्ण केसी : मेरी देउ मैया ग) बिलन थापा : पाहुना घ) आशिश अबिरल : पान खायो मायाले ङ) बिनोद बाजुराली : बलिदान

३९) दोहोरी नव प्रतिभा

क) स्मृति बजगाई : माछी र जलुको ख) अर्चना स्याङतान : मकवानपुरको ठिटो ग) अमृता बञ्जरा : कर्म खोटो रहेछ घ) मानबहादुर सत्संकर : नखोज भाउ ङ) सितल ठकुरी : राजा भाको छु

४०) शब्द/लय नव प्रतिभा

क) इन्द्र दाहाल : घाइते मुटु ख) छिरिङ दोर्जे लामा : मकवानपुरे ठिटोे ग) ओम छिनाल : हारे मैले घ) सजन धामी : हेर्दै टोलाको ङ) रोहित वि.सी. : राजा भाको छु ।

गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत

काठमाडौं- गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष ७नतसेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ । यस्तै वर्ष गीत
पुरस्कारबाट हाङयुसग अज्ञात पुरस्कृत भएका छन् । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भइको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको थियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद एक लाख र सम्मानपत्रले सम्मान गरियो । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई नगद ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।

पुर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए । ‘मुलुकमा भएका परिवर्तनका
आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७बmउस गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’,
‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई

काठमाडौं, असार  – नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाण्डौको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिवार काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाडौको गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । त्यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए । त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए । त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथम,अभिषेक पराजुली दोस्रो र नविन घरति मगरले तेस्रो स्थान हात पारे । त्यस्तै ५५ केजी समुहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समुहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । त्यस्तै ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो,अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए । महिलातर्फ खुल्ला तौल समुहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुल्लातर्फ सिरिष श्रेष्ठ पहिलो,सुदन लामा दोस्रो,सुदिप थापा तेश्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी गोगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष एबम पूर्व आईजिपी धुव्रवहादुर प्रधानले गरेका थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई राखेपका सदस्य अस्मिता गुरुङ,नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठ,सशस्त्र प्रहरीका एसएसपि केबी वर्माचार्य समाजसेवी प्रदिप पाठक ९सुमन पाठक०, सघका उपाध्यक्ष बाबुराजा महर्जन ,उपाध्यक्ष रमेश पौडेल,महासचिब उत्तम श्रेष्ठ लगायतले मेडल, प्रमाणपत्र तथा टफि वितरण गरेका थिए । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ , राखेपका पुर्वसदस्य नारायण पौडेल,साकुरा नेपालका अनुज कुमार श्रेष्ठ , नेपाल ओलम्पिक कमिटिका पतिनिधि निरज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । ओलम्पिक डे २०१९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेपाली साम्बोलाई जिल्लागत रुपमा पुरयाउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले बताए । साम्बो खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने , क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसर दिन प्रतियोगिताको आयोजना गरिएको नेपाल साम्बो फेडरेसनले जनाएको छ । खेलमा साम्बो महिला र पुरुष गरी १४ तौल समुहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

अमृतको निर्देशनमा फेरि बन्ने भो ‘फेरि फेरि तिमिले’

बिगत ८/१० बर्ष अघि नै निक्लेर चर्चित भएको र जन जिब्रो मा झुन्डिन सफल भएको गायक कर्मा मोक्तान को गित ” फेरि फेरि तिमिले मलाइ कंही कतै नभेट्नु” को म्युजिक भिडियो पुनः बन्ने भएको छ । गायक कर्मा मोक्तान स्वयंले रि भोकल र नया अरेन्ज्मेन्ट गरेको यस गित लाई अहिलेका व्यस्त छायांकार तथा निर्देशक अमृत सुनुवार ले छांयाक्न तथा निर्देशन गर्दै छ्न । स्टोरी बेसमा तयार हुने म्युजिक भिडियोको लागि हाल कथा बस्तु पूरा तयार भै सकेको र मुख्य कलाकारहरु को छनौट पनि चांडै सम्पन्न हुने निर्देशक सुनुवार बतांउछ्न । कलाकारहरुको बारे प्रश्न गर्दा निर्देश्क सुनुवार ठट्यौली पारामा बतांउछ्न, “गम्भीर र जिवन्त अभिनय गर्ने कलाकारको खोजी मा छु सम्भवत डेब्यु कलाकार नै राख्छु होला महंगो र चर्चित कलाकार राख्न आंट छैन पैसा पनि छैन ” गायक कर्मा मोक्तान को नया गित ” पीडा ” को म्युजिक भिडियो पनि तयार भै सकेको छ र सो भिडियो लाई सुनुवार स्वयंले नै छांयाकन तथा निर्देशन गरेका हुन ,भिडियो अर्को हप्ता बाट प्रशारण मा आउने छ । “फेरि फेरि तिमिले मलाइ” गित को भिडियोको बारेमा आफू निकै उत्साहित रहेको र बिगत को भिडियो ( निर्देशक आलोक नेम्बङ कृत) भन्दा नितान्त फरक रहने र अब बन्ने भिडियो स्वर्गीय निर्देशक आलोक नेम्बाङको सम्झना मा समर्पित रहने जानकारी निर्माण युनीटले दिएको छ ।