अमृतको निर्देशनमा फेरि बन्ने भो ‘फेरि फेरि तिमिले’

बिगत ८/१० बर्ष अघि नै निक्लेर चर्चित भएको र जन जिब्रो मा झुन्डिन सफल भएको गायक कर्मा मोक्तान को गित ” फेरि फेरि तिमिले मलाइ कंही कतै नभेट्नु” को म्युजिक भिडियो पुनः बन्ने भएको छ । गायक कर्मा मोक्तान स्वयंले रि भोकल र नया अरेन्ज्मेन्ट गरेको यस गित लाई अहिलेका व्यस्त छायांकार तथा निर्देशक अमृत सुनुवार ले छांयाक्न तथा निर्देशन गर्दै छ्न । स्टोरी बेसमा तयार हुने म्युजिक भिडियोको लागि हाल कथा बस्तु पूरा तयार भै सकेको र मुख्य कलाकारहरु को छनौट पनि चांडै सम्पन्न हुने निर्देशक सुनुवार बतांउछ्न । कलाकारहरुको बारे प्रश्न गर्दा निर्देश्क सुनुवार ठट्यौली पारामा बतांउछ्न, “गम्भीर र जिवन्त अभिनय गर्ने कलाकारको खोजी मा छु सम्भवत डेब्यु कलाकार नै राख्छु होला महंगो र चर्चित कलाकार राख्न आंट छैन पैसा पनि छैन ” गायक कर्मा मोक्तान को नया गित ” पीडा ” को म्युजिक भिडियो पनि तयार भै सकेको छ र सो भिडियो लाई सुनुवार स्वयंले नै छांयाकन तथा निर्देशन गरेका हुन ,भिडियो अर्को हप्ता बाट प्रशारण मा आउने छ । “फेरि फेरि तिमिले मलाइ” गित को भिडियोको बारेमा आफू निकै उत्साहित रहेको र बिगत को भिडियो ( निर्देशक आलोक नेम्बङ कृत) भन्दा नितान्त फरक रहने र अब बन्ने भिडियो स्वर्गीय निर्देशक आलोक नेम्बाङको सम्झना मा समर्पित रहने जानकारी निर्माण युनीटले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *