गायक नारायण बाबुको “तिम्रै नामको शहर” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायक नारायण बाबु कोइरालाको “तिम्रै नामको शहर” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका
सुमधुर आवाजका धनि गायक नारायण बाबुको यस गीतमा रोशन श्रेष्ठको शब्द तथा संगीतकार कल्याण सिंहको संगीत रहेको यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा अन्जली अधिकारि, समिर तामाङ र जीवन शाहीलाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *