Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको लागि आवेदन खुला,विजेताले स्कुटी सहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने

admin

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ ।
प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितवन र कावासोती (नवलपुर), ७ गते बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ ।
‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि एक सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ । ती मध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता दुई वर्ष ग्याप भएको थियो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगिताका विजेताले स्कुटीसहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय टुरको समेत अवसर पाउने आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको