उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्छौ : अध्यक्ष विकासमान श्रेष्ठ

ललितपुर, १४ अषाढ – ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्ने बताएका छन् । लगनखेलमा शनिवार आयोजित महालक्ष्मी महिला समुहको पाचौ बार्षिक साधारण सभामा उनले सो कुरा राखेका हुन । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने प्रयास बारेको प्रसगं कोट्याउदै उनले भने, ‘महिला समुहमा आवद्ध ईच्छुक महिला सदस्यहरुलाई उद्यम गर्नका लागि २ बर्षमा सावा फिर्ता गर्ने गरि वडाले अब १ लाखका दरले निर्ब्याजीमा बिज रकम उपलब्ध गराउने छ ।’ वडा अध्यक्ष श्रेष्ठले उक्त बिज रकमबाट वडावासी महिलाहरुलाई अर्थिक रुपमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने दावी समेत पेश गरे । त्यसैगरि, वडा सदस्य समेत रहेकी महालक्ष्मी महिला समुहका अध्यक्ष मैया रिजालले समूहमा आवद्ध महिलाहरुलाई दिईदै आएको विभिन्न तालिमबाट उनीहरु विगतको तुलनामा आत्मविश्वासी देखिएको बताईन् । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, थसिखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए । बाल क्लबलाई संगितका साधन त्यस्तै, ललितपुर ५ नम्बर वडाले वडा स्थित दुई बाल क्लबलाई संगितका साधन हस्तान्तरण गरेको छ । शनिवार लगनखेलमा आयोजित वडा स्तरिय बाल क्लबहरुको बार्षिक साधारण सभा माझ बाल प्रतिभा समुह र लगनेश्वर बाल समुहलाई वडाका तर्फबाट गीतार, पियानो लगायतका संगितका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीहरु वडा अध्यक्ष विकासमान श्रेष्ठले बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजाललाई हस्तान्तरण गरेका थिए । ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले बाल क्लबहरुले बाल क्लबका सदस्यहरुको क्षमता विकासका निम्ती सक्दो प्रयास गर्नुपर्ने तर्फ जोड दिदै वडाले बालबालिकालाई प्राथमिकतामा राख्दै आएको समेत स्पष्ट पारे । कार्यक्रममा बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजालले बालक्लबका सदस्यहरुका अलवा वडाबासी बालबालिकाको क्षमता अभिबृद्धिका लागि सिंगो क्लब परिवारले सक्दो प्रयास गर्दै आएको बताए । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यत्रय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल, पूर्व बालक्लब ग्राजुयट कृष्ण रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *