‘मिस एण्ड मिसेस जनजाती’का प्रतियोगीले देखाए प्रतिभा ,फिनाले आउदो २० गते

राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो  प्रतिभा पर्दशन गरेका थिए । चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । कोरियोगाफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्षा हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको हो । यहि आउदो २० गते सम्माननिय उपराष्टपति नन्द किशो पुनको पमुख आतिथ्यतामा राष्टिय नाचघरमा फाईनल कार्यक्रम सम्पन्न हुने आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङले बताईन ।
आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी,जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।
प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

योगेश काजी र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ सार्वजनिक (भिडियो सहित)

योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ ।

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् ।  आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए । ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने ।

भिडियो :

ओमेगा एसईई बास्केटबल कपमा रोमान्चक भिडन्त

ओमेगा कलेज कुमारीपाटीले दोस्रो ओमागा एसईई कप ३/३ बास्केटबल टुर्नामेन्टको आयोजना गरेको छ । ललितपुरको ओमेगा कलेज प्राङ्गणमा आयोजित प्रतियोगीतामा काठमाण्डौँ र ललितपुरका गरि ३४ वटा संस्थाका छात्र र छात्रा सहभागी छन् । विभिन्न संस्थाका छात्र र छात्राका गरी २७ वटा टिम विच प्रतिस्प्रर्धा हुने आयोजक संस्थाका अध्यक्ष सरद तिवारीले जानकारी दिए ।

यस प्रतियोगिताका सहभागीहरुले विभिन्न गिफ्टह्याप्पर पाउनुका साथै छात्र र छात्रा तर्फका विजेताले समान १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले समान ५/५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


यस प्रतियोगीताको प्रायोजकहरुमा क्वेष्ट इन्टरनेशनल कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज,पञ्चशिल मल्टिपल कोअपरेटिभ, एड्भान्स प्रिन्टर्स,वि एण्ड डि बुक्स एण्ड क्यास्टल, विद्या बुक्स एण्ड स्टेस्नरी, ओम शान्ति सुट हाउस, अन्नपूर्ण क्याटरिङ, जय लालिगुरास इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि प्राली, बुद्ध पब्लिकेशन प्राली लगायतका रहेका छन् । यस प्रतियोगीताको उद्घाटन नेपाल बास्केटबल एसोसिएसनका महासचिव नरेन्द्र थापाले गरेका थिए भने मनोज राजोपाध्यायले मुख्य रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

गीतकार अशोक कुमारको शव्दमा अन्जु पन्तको ‘हजार गल्ति’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हजार गल्ती’ सार्वजनिक भएको छ । गीतकार अशोक कुमार तामाङको शब्द रचना रहेको गीत सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन र प्रकाश केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीलाई फिचरिङ गरिएको छ ।
बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस :

‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि पुष्पा भट्राई र सन्देश ढुंगेलले जिते

पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश ढुंगेलले  जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र रोहन पुरीले जित्न सफल भए । उपाधी विजेताले उपाधीको साथै पेन्टागन ईन्टरनेशनल कलेज तथा जेसिआर टेक्निकल एण्ड हस्पिलिटी म्यानेजमेन्टले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो ।

सोनु श्रेष्ठ र निरुमा थापाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगीतामा सन्देश राई, तपीना पौडेल, रचना सुब्वा, सूर्यमणी निरौला, रोजन परियारले निणार्यक मण्डलको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतामा रहेका प्रतियोगीहरुको मेकअप मोर्डन व्युटि पार्लरले गरेको थियो भने ड्रेस डिजाईन भूमिका बुटिक तथा फोटोग्राफी ड्रिम्स विडिगं स्टुडियोले गरेको थियो ।

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा प्लानेट मल्टिमिडियाका सिइओ मोनित मर्हजनले जानकारी दिए।

ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

ललितपुर, २९ ज्येस्ठ- ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र श्रीजनसिल महिला सीप बिकाश केन्द्रको सह आयोजनामा संचालित उक्त तालिम एक महिनासम्म संचालनमा आएको थियो । तालिम सम्पन्न भएसँगै ज्येस्ठ २८ गते मंगलवार समापन कार्यक्रम राखिएको थियो । सोही कार्यक्रम माझ ललितपुर महानगरपालिका, समाज कल्याण समितिका संयोजक दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक कार्कीले ललितपुर महानगरपालिका क्षेत्र भित्र स्वरोजगारमुलक कार्यक्रमले प्राथमिकता पाउदै आएको बताउदै प्राप्त सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । त्यसैगरी ललितपुर महानगरपालिका ०५ वडाका अध्यक्ष विकास मान श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ निशुल्क तालिमको ब्यवस्था गरिएको बताउदै यस्ता जीवन उपयोगी शिपलाई ब्यबहारमा लागु गर्न सके मात्र तालिमको अौचित्य पुस्टि हुने धारणा राखे । तालिमका प्रशिक्षकद्वय दिपा शाक्य र निर्मला शाक्यले एडभान्स मखमली जुत्ता बनाउने तालिमबाट मनग्य आम्दानी गर्न सकिने जनाउदै आफूले सिकेको सिपलाई त्यसै खेर जान नदिन आग्रह गरे । कार्यक्रममा महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोक श्रेष्ठ, पुनम निरौला लगायतको ऊपस्थिती रहेको थियो ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीताको लागि आव्हान

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीताको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना हुने बताउँदै चलचित्रकर्मीहरुलाई सहभागीताको लागि आव्हान गरेको हो ।

चलचित्र महोत्सवमा सहभागिता जनाउन इच्छुक फिल्मकर्मीहरुले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्ममा आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलको तेश्रो संस्करण आयोजना हुन लागेको हो ।

यो वर्ष महोत्सवमा एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिएको हो ।

महोत्सवमा उत्कृष्ट हुने चलचित्रहरुलाई राशी पुरस्कार सहित पुरस्कृत गरिने पनि जनाइएको छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड, सर्बोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्बोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बागमती अर्वाड प्रदान गरिने भएको हो ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख राशीको नगदसहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु ५० हजार सहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई टफि प्रदान गरिने छ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई ट्रफि प्रदान गरिने भएको छ ।

साथै अगस्ट २१ देखि २७ सम्म प्रतिष्ठानले पटकथा लेखन कार्यशाला सञ्चालन गर्ने पनि जनाएको छ । कार्यशालामा सहभागिताको लागि जुन १५ वाट आवेदन खुल्ला गरिनेत । एक हप्ते कार्यशालामा ४० जना मात्र सहभागी गराइने प्रतिष्ठानले जानकारी दिएको छ ।

१८ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उपसचिव पक्राउ

ललितपुर । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विगत ३/४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरे ।

दुबै हात गुमाएकी मेघालाई नारी फाउन्डेसनले उपचारका लागि अमेरिका लैजाने

काठमाडौं, २६ ज्येष्ठ , संयुक्त राज्य अमेरिका स्थित वाशिङ्टन डि सिमा स्थापना भएको नारायण रिना मेमोरियल फाउण्डेसन – नारीले दुर्घटना परि दुबै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । नारी फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । पत्रकार सम्मेलन माझ नारीले मेघा घिमिरे स्माईलका साथै श्री एनिमल रेस्कु, टिका बिद्या आश्रम र बाजुराको बिद्यालयलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको जानकारी गराईएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रिमा कटुवालले नारी फाऊण्डेसन आफ्ना स्वर्गिय पिता नारायण केसी र स्वर्गिय बहिनी रिना केसीको स्‍मृतिमा खुलासा गर्दै हरेकको दुस्खमा साथ दिन संस्था कृयाशिल रहेको बताएकी थिईन । उनले किशोरावास्थामा दुबै हात गुमाएकी मेघा घिमिरेको हातको उपचारका लागि आवश्यक तयारी पुरा भैसकेको जानकारी गराएकी थिईन । साथै संस्थाले जनावरको ऊद्धार, भुकम्प प्रभावित बिद्यालय र विकट क्षेत्रमा संचालित विधालयलाई सहयोग गर्न ठोस कार्यक्रम अगाडी सारेको पनि स्पस्ट पारिन् ।  सोही कार्यक्रम माझ एनिमल रेस्क्युका संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरिएको थियो ।  कार्यक्रममा नेपाल अभिवावक महासंघका संयोजक तथा नारी फाउन्डेसनका कन्ट्री डाईरेक्टर शुप्रभात भण्डारी, पत्रकार ॠषि धमला, दुबै हात गुमाएकी किशोरी मेघा घिमिरे, एनिमल रेस्क्युका संस्थापक श्रीजना ठकुरी, टिका विधा आश्रमका प्राध्यान्ध्यापिका विमला लामिछाने लगायतले मन्तब्य धारणा राख्दै नारी फाऊन्डेसनले परोपकारको क्षेत्रमा उदाहरणिय कार्य गर्दै आएको बताए । पत्रकार ॠषि धमला दुबै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहानुभुती दिन छोरी एरिका सहित कार्यक्रम स्थल पुगेका थिए