अष्टेलियामा वल्र्ड तेक्वान्दो रेफ्रि रिफ्रेसर तथा सेमिनार ,५ नेपाली अन्तराष्ट्रिय रेफ्रिको सहभागिता

विश्व तेक्वान्दो संघको आयोजनामा अष्टेलियाको गोल्डक्वेष्टमा रेफ्रि रिफ्रेसर कोर्ष तथा रेफ्रि सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य नोर्बु लामा तथा हिरा बहादुर थापाले पुम्से तर्फ र ईन्टरनेशनल रेफ्रि रविन मल्ल र अशोक खड्काले ‘क्यूरुगी रिफ्रेसर कोर्ष’मा सहभागिता जनाएका थिए ।

यसै गरि उक्त सेमिनारमा संघका केन्द्रिय सदस्य तथा महिला व्यबस्थापन समितीका अध्यक्ष नन्दा बस्यालले क्यूरुगीमा सहभागीता जनाएकी थिईन । जुलाई १ देखी ४ सम्म चलेको ४ दिने सेमिनार सम्पन्न गरि निर्णायक मण्डल आईतवार नेपाल फर्कने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *