लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा आएको छ । गायक छन्त्यालको आफ्नै लय तथा शब्द रहेको ‘माया गरम भो, तिम्रो हाम्रो जोडी मिल्छ बिहे गरम भो’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठले साथ दिएकी छिन् ।

गीतले माया, प्रेमको भावलाई प्रस्तुत गर्न खोजेको छ । प्रदेशमा बसेर नेपाली लोकगीत संगितलाई माया गर्ने छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका गीतहरुले चर्चा बटुलिसकेका छन् ।

यस्तै गायिका श्रेष्ठले स्वर दिएका ‘डोला डोला हातमा मेहन्दी भरेछौ’, पिक्टर हिट लगायतका गीतहरु हिट छन् । काठमाडौंको फर्पिङ आसपासका रमणीय स्थानमा सुटिङ गरिएको यस गीतमा सन्दिप न्यौपाने र रिना थापा मगरको अभिनय देख्न सकिन्छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गायक छन्त्याल लामो समयदेखि कतारमा रहेर पनि मोलिक लोकगीतसंगीत बजारमा पस्किरहेका छन ।

भिडियो:

https://www.youtube.com/watch?v=en_0SZ84BqA&feature=share&fbclid=IwAR3bUNL6Zr7OEJuONRHmMhHumDGQ90ZYSpq-ZFtVxICz0uyYzyNGu-3GGoo

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *