संयोजकले सम्हाल्न सकेनन् ‘नेका’मा तनाव

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) गठन भएको एक वर्ष नपुग्दै तनाव र झमेलामा फसेको छ । सरोजकुमार बस्नेत अध्यक्ष बन्न लागि परेका छन् भने संयोजक सन्तोष प्याकुरेलले नेकालाई सम्हाल्नै सकेनन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा पराजित भई असन्तुष्ट बनेको समूह मिलेर सुरु गरेको नेकामा सुरुमा तदर्थ समितिको संयोजकका रुपमा प्याकुरेललाई सबैले स्विकार गरेका थिए तर समय घर्किदै गएपछी संस्थामा आर्थीक संकट सृजना भएको भन्दै उनले आफूले सम्हाल्न नसक्ने र आफ्ना सदस्यहरुले नै आफूलाई साथ नदिएको भन्दै स्वघोषित राजिनामा दिए ।

नेपाली कांग्रेस निकट परामर्श व्यवसायीको बाहुल्यता रहेको नेकामा अधिकासं लोकतान्त्रीक शैक्षिक परामर्श संघ डिक्यानका सदस्य छन् । बस्नेत र प्याकुरेल विच मतभेद भएकै कारण गत असार २० गते डिक्यानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्याकुरेल सहभागी पनि भएनन् । अन्य संघका परामर्श व्यवसायी संग पनि राम्रै सम्बन्ध विस्तार गरेका बस्नेत प्याकुरेलको व्यवहार प्रति सन्तुष्ट नभएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
नेका संस्थाका रुपमा गठन भइसकेपछि उनीहरुले साना तिना कामहरु पनि गर्दैै आएका थिए । तर उल्लेख्य रुपमा संस्थाले काम गर्न नसक्नुमा संयोजक प्याकुरेलालाई दोस दिँदै बस्नेतले आफू अध्यक्ष बन्ने चासो देखाएका हुन् । आर्थिक रुपमा संस्था सबल भइनसकेको र तदर्थ समितिका पनि सबै सदस्यले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने कार्यक्रम ल्याउन नसकेको भन्दै सदस्यहरु आक्रोसित भएका छन् । नेकाका एक सदस्यले भने “ बस्नेत र प्याकुरेलले संस्था सवल रुपमा चलाउन नसके संस्थाको नेतृत्व नै हस्तक्षेप गछौँ ” ।
बारम्बार यही कुरालाई दोहोर्याउँदै आफू संयोजक बन्दा संघकै साथिहरुबाट सहयोग नपाएको भन्दै प्याकुरेलले गत बैशाख २९ गते पत्रमार्फत आफूले एक वर्षपछि संयोजक पद छाड्ने र अध्यक्षका रुपमा बस्नेतलाई मान्ने बताइसकेका थिए ।
तर बस्नेत भने उक्त गोप्य पत्रलाई सबै सदस्यमाझ फैलाएर आफू अध्ययक्ष बन्ने तयारीमा रहेको जनाउ दिइसकेका छन् । बस्नेतले उक्त गोप्य पत्र सबै सदस्यलाई बाँडेपछि नेकामा तनाव सुरु भएको थियो ।
एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था सिर्जना भएपछि अहिले तदर्थ समितिका सदस्यहरुलाई मिलाउन हम्मे हम्मे परेको छ । नेकाको यो विवाद लम्बिँदै जाने हो र यसले बाहिर समेत असर पार्ने हो भने यसले संस्थाको भविष्य राम्रो नहुने भन्दै सदस्यहरु हैरान छन् ।
एकातिर एक वर्ष पनि नपुग्दै संस्था धरासायी हुने भएपछि सदस्यहरु इक्यान छाडेकोमा पछुतो मान्न थालेका छन् । फेरि संस्थामा आर्थिक समस्या सिर्जना हुनुलाई सदस्यहरुले यसको कारण मान्दै आएका छन् ।
तदर्थ समितिका सदस्यहरुले भने जति पैसा उठाउन नसक्नु र सदस्यहरुले पनि पैसा नदिँदा संस्थामा पैसाको खाँचो भइरहेको छ । एकातिर इक्यान र आइरिन जस्ता आर्थिक रुपमा बलिया संस्थासँग प्रतिष्पर्धा गर्नुपर्ने र अर्कोतिर आफू नयाँ संस्था त्यसमाथि कमजोर आर्थिक अवस्था र भद्रगोल तदर्थ समितिका कारण सदस्यहरुले दिक्क मानेका छन् ।
यसको जड समूहका सदस्यहरुले बस्नेतलाई दिँदै आएका छन् । प्याकुरेलले बस्नेतलाई एक वर्ष पुगेपछि अध्यक्ष पदमा सर्वसम्मतले नियुक्त गर्ने बचन दिइसक्दा समेत बस्नेतले हतार गर्नुलाई बस्नेतको कमजोरी भएको भन्दै बस्नेतले यस अगाडि सदस्य माझ कमाएको विश्वास समेत गुमाएको सदस्यहरु बताउँछन् ।
अबका दिनमा पनि बस्नेतलाई सहर्ष रुपमा अध्यक्षमा स्वीकार गर्न सक्ने अवस्था नरहेको सदस्यहरुले बताएका छन् । त्यसैले हाल जसरी भए पनि यो समस्या समाधानका लागि वरिष्ठ सदस्यहरुले कसरत सुरु गरेका छन् ।
तर हालसम्म पनि यसले सकारात्मक नतिजा निकाल्न सकेको छैन् । बस्नेतलाई कति खेर एक वर्ष पुग्ला र अध्यक्ष हुने रहरले नेकाको भविष्य खतरामा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *