चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक

साउन १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा चर्चित गायक राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, चर्चित गीतकार लोकराज अधिकारीको शब्द छ । सामाजिक प्रेमकथामा आधारित चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई नव–निर्देशक अनिश थापाले निर्देशन गरेका हुन् ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायांकन, अष्ट महर्जनको एक्सन छ  । चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *