शितल शर्माको तीज गीत ‘चौतारी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – सञ्चारकर्मी एवं गायिका शितल शर्माको तीजगीत ‘चौतारी’ सार्वजनिक भएको छ। गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी पारिएको ‘चौतारी’ बोलको गीत सार्वजनीक भएको हो।

गत वर्ष गायिका शर्माले  ‘महारानी’ बोलको तीज गीत ल्याएकी थिइन। यो वर्ष पनि उनले नारीहरूको महान चाँड हरीतालिका तिजको अवसर पारेर आज मात्रै गीत बजारमा पठाएको बताएकी छन्।
शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय कलाकार नीरु खड्का, किशोर निरौला, दिभाषा शर्मा लगायतको अभिनय देख्न सकिन्छ। मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्।

भिडियो :

https://www.youtube.com/watch?v=-lnBI7yG95k&feature=share

Leave a Reply

Your email address will not be published. Required fields are marked *