पहिलो ‘ राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न,प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ । राष्ट्रिय सभा गृहमा पहिलो ‘ राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न भएको छ । नेकपाकी स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पम्फा भुसालको आतिथ्यमा भएको कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिएको अवार्डका सदस्य सचिव गोकर्ण लामीछानेले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो । त्यस्तै गायिका तिर्थ कुमारी थापा लाई दीर्घ जीवन कलाकारिता सम्मान प्रदान गरिएको थियो भने गायक जीवन शर्मा लाई साधना विशेष सर्जक सम्मान प्रदान गरिएको थियो ।

साथै कला पत्रकारिता पुरस्कारमा राष्ट्रखवरबाट संचारकर्मी राज लुइँटेल, म्यूजिक खवरबाट संचारकर्मी सबिता पोखरेल र राम कुमार साहीले प्राप्त गरेको छन् । कार्यक्रममा बरिस्ठ अभिनेत्री बसुन्धरा भुसाल, गायिका देबिका बन्दना, चरीत्र अभिनेत्री रश्मि भट्ट, साहित्यकार दामोदर पुडासैनी, गायक बद्री पङेनी, निर्देशक शिव बिक, लगायत को उपस्थिति रहेको थियो । सो कार्यक्रमको अध्यक्षता सामना म्युजिक क्रियशन प्रालिका अध्यक्ष सामना साहले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *