म्यानमारमा मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्समा सोनु र नबिन प्रतिस्पर्धामा, भोटिङ गर्न सबैमा अपिल

काठमाडौं – मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दमककी सोनु श्रेष्ठ र चितवनका नबिन बिक प्रतिस्पर्धामा उत्रिएका छन । म्यानमारको याङुनमा भई रहेको उक्त ब्युटि प्याजेण्टमा सहभागीता जनाईरहेका उनीहरु २३ अगस्टबाट बन्द प्रशिक्षणमा ब्यस्त रहदै आएका छन । ३१ अगस्टमा सम्पन्न हुने अन्तरराष्ट्रिय स्तरको उक्त प्याजेण्टमा ३२ देशको सहभागीता रहेको छ । यो प्रतियोगिता अन्तर्गत दोस्रो संस्करण हो । यस अघि नेपालमा पहिलो पटक सम्पन्न मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल २०१९ बाट छनौट भई नबिन र सोनुले म्यानन्मारका लागि आफ्नो सिट सुरछित पारेका थिए । उक्त प्याजेण्टको नेपाल आयोजकमा प्लानेट मल्टी मिडिया इन्टरनेशनल रहेको छ । प्लानेटका सिइअो मोनित महर्जनका अनुसार नेपालका विभिन्न शहरमा गरिएको छनौट चरण पार गरी ६० प्रतिस्पर्धी मध्यबाट नबिन र सोनु अन्तरराष्ट्रिय मंचमा पुगेका हुन । प्रतिस्पर्धा अन्तर्गत हाल च्वाईस पोलका लागि अनलाईन भोटिङ सुरु भएको र मिस्टर तथा मिस क्याटेगोरीका लागि प्रतिस्पर्धी र देशको नाम अंकित गरी भोटिङ खुला भएको पनि उनले जानकारी दिए । शनिबार ३१ अगस्ट, ४ बजे सम्मका लागि भोटिङ खुला रहेको बताउदै उनले सबैलाई भोटिङका लागि अपिल समेत गरे ।

नेपाल चलचित्र तथा सांस्कृतीक प्रतिष्ठानको चित्लाङ्गमा चलचित्र लेखन सम्बन्धि कार्याशाला गोष्ठि

नेपाल चलचित्र तथा सांस्कृतीक प्रतिष्ठानको आयोजनामा मकवानपुरको चित्लाङमा साताव्यापी स्क्रिन राईटिङ्ग वर्कशप २०१९ को आयोजना भैरहेको छ।
भदौ ४ गते देखि १० गते सम्म चल्ने उक्त कार्याशाला गोष्ठीमा नेपाल,भारत, अमेरिका लगायतका विशिष्ठ कलाकारहरुले सहभागिता जनाएका छन ।

सात दिन सम्म चल्ने सो कार्यशालामा नेपालका प्रतिष्ठित चलचित्र लेखकहरु शिवम अधिकारी, अभिमनु निरहवी लगायतका लेखकहरुको सहभागिता छ । कार्यशालामा प्रशिक्षकको रुपमा अमेरिकाबाट कलाकार,निर्माता जेफ मोनाहन आएका छन उनी अमेरिकामा चलचित्र लेखन सम्बन्धि विषय पढाउछन।


त्यस्तै अर्का प्रशिक्षकमा हिन्दि चलचित्रका चर्चित एवं वरिष्ठ चलचित्र लेखक रोबिन भट्ट छन । आशिकी,बाजिगर,दिल हे के मानता नहि,राजा हिन्दुस्तानी,सडक,मोहबते,कोहि मिलगया,ॐअकारा लगायत थुप्रै चलचित्र हिट छ्न। आगामी फेब्रुरी १३ देखि १७ सम्म तेस्रो नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सवको तयारी तिव्र पारिरहेको आयोजक कमिटिले वर्कशपबाट उठेका विचार विमर्श महोत्सवमा थप उजागर गरिने जानकारी दिएको छ। अहिले उक्त महोत्सवको बिश्वभरीको लागि आवेदन खुल्ला रहेको छ।
आगामी दिनमा समेत यस किसिमको कार्याशाला गोष्ठीको आयोजना भईरहने जानकारी आयोजक संस्थाले दिएको छ।

“फन्की काठ्मान्डु” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चर्चित ब्लुज रक ब्यान्ड द मिडनाइट राइडर्स ट्रीओ को नया एल्बम “बैगुनी लाई ब्लुज ले मार्नु पर्छ” मा समावेश एउटा गित “फन्की काठ्मान्डु” को म्युजिक भिडियो बजार मा आयेको छ ।  काठ्मान्डु परिवेश को चित्रण गरियेको उक्त भिडियो को कथा सार एक युवा को नजर मा काठमाडौ को सेरो फेरो र जीवन चक्र को अवस्था को अनुभुती दर्शाइयेको छ ।  युवा को भुमिका एपि वान टिभी का संचारकर्मी तथा छांयाकार निक बिश्ट ले गरेका हुन । भिडियोमा ब्यान्ड को प्रस्तुती पनि रहि आयेको छ् जुन क्लब ट्वेन्टिफाइभ आओर्स मा छांयाकन गरियेको हो ।  भिडियो को छांयाकन आवेश बज्राचार्य ले गरेका हुन, सम्पादन माधब बेल्बासे को रहेको छ भने भिडियो का निर्देशक अमृत सुनुवार हुन ।

गायक रामकृष्ण श्रेष्ठ कतारमा सर्वोत्कृष्ट युगल गायकको अवार्ड जित्न सफल

गायक रामकृष्ण श्रेष्ठले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट युगल गायकको अवार्ड जित्न सफल भएका छन् ।
संचारकर्मी समेत रहेका गायक श्रेष्ठले गायिका मिलन अमात्यको संयुक्त आवाजमा रहेको रुपैको गीतबाट उक्त अवार्ड हात पार्न सफल भएका हुन । रचनाकार अम्बिका गुरुङ्गको शव्द तथा संगीत अशुसेन लामाको रहेको गीतलाई निकै रुचाईएको थियो ।
डेढ दशकदेखी निरन्तर विभिन्न लोकप्रिय गीत मार्फत दर्शक श्रोताको मन जित्दै आएका गायकले यस अघि पनि थुप्रै अवार्ड जितिसकेका छन ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो ।

मिस चन्द्रागिरी प्रिन्सेस नेपालको ताज सबिनाको हातमा

मिस चन्द्रागिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन् । सविनाले ताज सहित नगद ३० हजार पुरस्कार हात पारेकी छिन । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङले आयोजना गरेको उक्त प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । त्यस मध्ये फाइनल राउण्डमा पुगेका १२ प्रतिस्पर्धीबाट विजेता चयन गरिएको हो ।

प्रतिस्पर्धामा लचना शाक्य फष्ट रनरअपको उपाधि सहित नगद २० हजार तथा प्रेमा शेर्पा सेकेण्ड रनरअपको उपाधी सहित नगद १० हजार नगद हात पार्न सफल भइन् । त्यसैगरी, रबिका डंगोल मिस सोसियल एम्बास्डर घोषित भइन् ।
चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा म्युजिक सिटी हल बालकुमारीमा सम्पन्न भएको कार्यक्रमको निर्णायकमा मेकअप आर्टिष्ट टेकराज पाण्डे, कोरियोग्राफर बेबीजान तिमिल्सिना, गायक निर्णय श्रेष्ठ र सङ्गीतकार शान्तिराम राई रहेका थिए ।
कार्यक्रमबाट उत्साहित बनेकी आयोजक चांदनी गिरीले कार्यक्रम सफल पुर्याउन योगदान दिनेलाई धन्यवाद दिएकी थिईन । प्रतियोगीताको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो ।

वरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेलाई कतारमा अन्तराष्ट्रिय अवार्डस

सौन्दर्य प्रतियोगीता, फेशन शो लगायत थुप्रै म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन् ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो ।

भारतको दिल्लीमा स्पेशल मेकअप कोर्श पास गरेर राष्ट्र अन्तराष्ट्र क्षेत्रमा चर्चा बटुल्न सफल सौन्दर्य व्यबसायी टेकराज पाण्डेले २०१२ बाट औपचारिक रुपमा राज मेक स्टुडियाको स्थापना गरि हालसम्म सयौको संख्यामा मेकअप आर्टिष्टहरुलाई सफलता पूर्वक अन्तर्राष्ट्रियस्तरको मेकअप क्लासको सफल तालिम दिईसकेका छन् । सौन्दर्य व्यबसायीको रुपमा उत्कृष्ट योगदान दिए बापत विभिन्न संघ संस्थाबाट थुप्रै सम्मान र अवार्ड प्राप्त गरिसकेका टेकराज पाण्डे एक सफल ईभेन्ट आयोजक पनि हुन ।

फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनीक फ्रेमिङ्ग हाउसको औपचारिक शुभारम्भ

चर्चित फोटोग्राफर च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको उक्त फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो ।

जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिकाहरु अर्पणा श्रेष्ठ पुजा सुनुवार लगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले कलाकार अनुपम श्रेष्ठलाई सिबि माउण्ट फ्रेम पसल का ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरेका हुन् । फ्रेम हाउसमा झण्डै ४० प्रकारका विभिन्न आकर्षक फ्रेमहरु उपलब्ध छ ।
सञ्चालक लामाले भनेका छन , ‘यो पेशामा सम्भावना भन्दा चुनौती धेरै छ । अचेल त फ्रेम प्रयोग गर्ने परिपाटी बिस्तारै घट्दै गएको छ । पहिला पहिला फ्रेम बनाउदा काटी किला हातैले ठोक्नुपर्ने बाध्यता थियो तर अहिले सबै मेसिनबाट फिट गर्न मिल्छ ।’ २०५२ सालबाट च्याङ्बाले फोटोग्राफी सुरु गरेका थिए । प्रसिद्द फोटोग्राफर राजिब श्रेष्ठबाट फोटोग्राफीको तालिम लिएर फोटो खिच्न सुरु गरेका उनले यो बीचमा थुप्रै सेलिब्रेटीको सुन्दर फोटो कैद गरिसकेका छन् । फ्रेम हाउसमा ८ जनालाई रोजगारी समेत दिएका छन् । फ्रेमको डिजाइन कै कारण चरिकोट, भरतपुर, ओखलढुङ्गा र भारतको सिमाना सम्मबाट आफूलाई फ्रेमको अर्डर आउने गरेको उनको तर्क छ ।

नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता सम्पन्न

काठमाण्डौं, १६ श्रावण- नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरे । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी परामर्शमुलक विविध कार्यक्रम आयोजना गरि जानकारी उपलब्ध गराईने उल्लेख गरिएको छ । सो सम्झौता कार्यक्रममा बोल्ने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्याउने धारणा राखेकी थिईन । ‘महिला उद्यमीहरुले कर, लेखा र बित्त सम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङा बन्नेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भनिन ।

त्यस्तै सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले महिला उद्यमीहरुलाई यस्ता परामर्शमुलक कार्यक्रमका माध्यमबाट निर्धक्क साथ ब्यापार ब्यवसाय संचालन गर्ने वातावरण तयार पार्न सनराईज बैंकले सधैं नै सहयोगीको भूमिका निर्वाह गर्ने बताए । साथै उनले संघमा आवद्ध महिला आयातकर्ता एबम् निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ्ग सुविधा बारे जानकारीमुलक कार्यक्रम गरि अन्तरराष्ट्रिय बजार पहूच तथा क्षमता विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

गिता रिजालले दिइन कक्षा १२ उत्र्तिर्ण गर्ने विद्यार्थीलाइ शुभकामना

स्वतन्त्र शैक्षिक प्ररामर्श संघ फेकनकी उपाध्यक्ष गिता रिजालले कक्षा १२ उत्र्तिर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिदैँ विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई सुझाव दिएकि छिन् । उनले लामो समयदेखी निमास एजुकेशन मार्फत शैक्षिक परामर्श प्रदान गर्दै आएकी छिन् ।

विद्यार्थीलाइ शुभकामना
कक्षा १२को नतिजा प्रकाशन भएपश्चात सफल हुने विद्यार्थीहरुलाई शुभकामना र असफल हुने विद्यार्थीहरुलाई अझ मिहनेत गरेर अध्ययन गरेर सफल हुन शुभकामना व्यक्त गर्दछु । कक्षा १२को नतिजा राम्रो ल्याएर विदेश अध्ययनमा जाने सोचमा हुनुहुन्छ भने एक पटक निमास एजुकेशनमा परामर्श लिएर आफ्नो गन्तव्य छनोट गर्न आग्रह गर्दछु । विदेश अध्ययनमा जान रहर भएर मात्र पुग्दैन । विदेश अध्ययनमा जान विद्यार्थीको इच्छा अभिभावकको चाहना, आर्थिक क्षमता लगायतका विषयमा बुझरे मात्र हामिले विश्वविद्यालय शिक्षाबारे शैक्षिक परामर्श प्रदान गर्दै आएका छौँ । विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि निमास एजुकेशनमा स्वागत गर्दछु । यदि तपाईहरु पिटिइ, आइइएलटिस लगायतका भाषा परिक्षामा सहभागी हुने सोचमा हुनुहुन्छ भने हाम्रोमा कक्षा सञ्चालन भईरहेका छन् । विदेश अध्ययनमा जाने गन्तव्यहरु मध्य अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका युरोप लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएका छौँ ।तपाईहरु निमास एजुकेशनको बाजबजार स्थित कार्यालयमा आउन सक्नुहुनेछ ।