वरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेलाई कतारमा अन्तराष्ट्रिय अवार्डस

सौन्दर्य प्रतियोगीता, फेशन शो लगायत थुप्रै म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन् ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो ।

भारतको दिल्लीमा स्पेशल मेकअप कोर्श पास गरेर राष्ट्र अन्तराष्ट्र क्षेत्रमा चर्चा बटुल्न सफल सौन्दर्य व्यबसायी टेकराज पाण्डेले २०१२ बाट औपचारिक रुपमा राज मेक स्टुडियाको स्थापना गरि हालसम्म सयौको संख्यामा मेकअप आर्टिष्टहरुलाई सफलता पूर्वक अन्तर्राष्ट्रियस्तरको मेकअप क्लासको सफल तालिम दिईसकेका छन् । सौन्दर्य व्यबसायीको रुपमा उत्कृष्ट योगदान दिए बापत विभिन्न संघ संस्थाबाट थुप्रै सम्मान र अवार्ड प्राप्त गरिसकेका टेकराज पाण्डे एक सफल ईभेन्ट आयोजक पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *