फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनीक फ्रेमिङ्ग हाउसको औपचारिक शुभारम्भ

चर्चित फोटोग्राफर च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको उक्त फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो ।

जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिकाहरु अर्पणा श्रेष्ठ पुजा सुनुवार लगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले कलाकार अनुपम श्रेष्ठलाई सिबि माउण्ट फ्रेम पसल का ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरेका हुन् । फ्रेम हाउसमा झण्डै ४० प्रकारका विभिन्न आकर्षक फ्रेमहरु उपलब्ध छ ।
सञ्चालक लामाले भनेका छन , ‘यो पेशामा सम्भावना भन्दा चुनौती धेरै छ । अचेल त फ्रेम प्रयोग गर्ने परिपाटी बिस्तारै घट्दै गएको छ । पहिला पहिला फ्रेम बनाउदा काटी किला हातैले ठोक्नुपर्ने बाध्यता थियो तर अहिले सबै मेसिनबाट फिट गर्न मिल्छ ।’ २०५२ सालबाट च्याङ्बाले फोटोग्राफी सुरु गरेका थिए । प्रसिद्द फोटोग्राफर राजिब श्रेष्ठबाट फोटोग्राफीको तालिम लिएर फोटो खिच्न सुरु गरेका उनले यो बीचमा थुप्रै सेलिब्रेटीको सुन्दर फोटो कैद गरिसकेका छन् । फ्रेम हाउसमा ८ जनालाई रोजगारी समेत दिएका छन् । फ्रेमको डिजाइन कै कारण चरिकोट, भरतपुर, ओखलढुङ्गा र भारतको सिमाना सम्मबाट आफूलाई फ्रेमको अर्डर आउने गरेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *