मिस चन्द्रागिरी प्रिन्सेस नेपालको ताज सबिनाको हातमा

मिस चन्द्रागिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन् । सविनाले ताज सहित नगद ३० हजार पुरस्कार हात पारेकी छिन । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङले आयोजना गरेको उक्त प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । त्यस मध्ये फाइनल राउण्डमा पुगेका १२ प्रतिस्पर्धीबाट विजेता चयन गरिएको हो ।

प्रतिस्पर्धामा लचना शाक्य फष्ट रनरअपको उपाधि सहित नगद २० हजार तथा प्रेमा शेर्पा सेकेण्ड रनरअपको उपाधी सहित नगद १० हजार नगद हात पार्न सफल भइन् । त्यसैगरी, रबिका डंगोल मिस सोसियल एम्बास्डर घोषित भइन् ।
चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा म्युजिक सिटी हल बालकुमारीमा सम्पन्न भएको कार्यक्रमको निर्णायकमा मेकअप आर्टिष्ट टेकराज पाण्डे, कोरियोग्राफर बेबीजान तिमिल्सिना, गायक निर्णय श्रेष्ठ र सङ्गीतकार शान्तिराम राई रहेका थिए ।
कार्यक्रमबाट उत्साहित बनेकी आयोजक चांदनी गिरीले कार्यक्रम सफल पुर्याउन योगदान दिनेलाई धन्यवाद दिएकी थिईन । प्रतियोगीताको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *