नेपाली रैथाने खानाको खोजिको लागि सेफ तामाङको १०१ दिने भ्रमण

काठमाडौं- नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न सेफ प्रेमलाल तमाङले नेपाल भ्रमण गर्ने भएका छन् । तमाङ आश्विन १३ गतेबाट देश दौडाहामा निक्लन लागेका हुन । नेपाली मौलिक खानाको पहिचान गरि उक्त खानाहरुलाई अन्तरराष्ट्रियकरण गर्ने उदेश्य सहित तमाङले नेपाली रैथाने खानाको खोजिको लागि पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०१ दिन को भ्रमण गर्नेछन् । यसै माझ तमाङको सम्मानमा ग्लोबल नेप्लिज सेफ फेडेरेशनले बिदाई गरेको छ । फेडेरेशनका सचिव समेत रहेका तमाङलाई पर्यटन बोर्डमा आज आयोजित कार्यक्रम माझ उनको यात्राको सफलताको कामना गर्दै पर्यटन विभागका महानिर्देशक ढुन्डु राज घिमिरे, विश्व साईकल यात्रि पुस्कर शाह, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी एवम् पदाधिकारी, वरिष्ठ सेफ लगायतले बिदाई गरेका थिए । सेफ तमाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफुले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एबम विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव , पोषण आदीको बिषयमा खोज र अन्वेषण गर्ने बताए । कार्यक्रम माझ पर्यटन विभागका महानिर्देशक ढुन्डु राज घिमिरेले नेपाली खानाको प्रवद्र्धन गर्ने प्रयासको सर्हाना गर्दै नेपाली मौलिक खानालाई विश्व माझ चिनाउन सेफको ठुलो हात रहने हुँदा हरेक नेपाली सेफले नेपाली मौलिक खानाको विशेषता बारे थाहा पाउन आवश्यक रहेको बताए । विश्व साईकल यात्रि पुस्कर शाह नेपाली मौलिक खानाको स्वादलाई विदेशीको जिब्रोमा झुण्डाउन सके त्यसबाट नेपालले ठुलो लाभ लिन सक्ने बताए । त्यस्तै, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानाको प्रवद्र्धनमा सरकारले यथेष्ट ध्यान दिन नसकेको अौल्याउदै नेपाली खानालाई अन्र्तराष्ट्रियकरण गर्न विलम्ब गर्न नहुने तर्क पेश गरे । कार्यक्रममा सेफ एशोसियसन नेपालका अध्यक्ष श्रीराम अधिकारी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका बरिष्ठ उपाध्यक्ष नारायण बहादुर थपलिया र महासचिव मोहन गजुरेलले नेपाली खानाको मह्त्व बारे प्रकाश पार्दै संस्थागत रुपमा सेफ संगठन र सेफहरुले नेपाली खानाको प्रवद्र्धनका निम्ती चाल्दै आएको भूमिकाको चर्चा गरेका थिए । सोही कार्यक्रम माझ कुलिनरी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएका संघ संस्था, संचार निकाय तथा कर्पोरेट हाउसहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

पेजेन्ट नेपालले उतार्यो २४ जना देशभरीका सौन्दर्य प्रतियोगीताका विजेतालाई एउटै र्याम्पमा

देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले छायां सेन्टरमा टाईटल विनर फेशन शोको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न गरेको छ ।

देशभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको उक्त फेशन शोमा नेपालका चर्चित फेशन डिजाईनरहरु ममथा बस्नेत, अनु श्रेष्ठ, रिना कायस्थ , रचना शर्मा तथा सरस्वती काफ्ले का उत्कृष्ट डिजाईनमा तयार भएका ड्रेस पहिरेर विजेताले र्याम्प शो गरेका थिए । भ्रमण वर्ष मुख्य थिम रहेको शोमा नेपालको परिवेश अनुसारको भेषभुषा, परिकार एवं संस्कृति झल्कने ड्रेसलाई भने आईसी कलेजका फेशन डिजाईनहरुले तयार गरेका ढाका एवं कल्चरल सिक्वेन्स अन्तर्गत मोडलहरुले र्याम्प शो गरेका थिए ।
नेपाल महिला चेम्बर्सकी अध्यक्ष तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शोमा वरिष्ठ गायक सीताराम पोखरेल, ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनका अध्यक्ष लब वहादुर कार्की ,वरिष्ठ मोटिभेटर एवं शिक्षाविद पूर्ण लामा लगायतको विशेष आतिथ्यता रहेको शोमा नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शो का लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका यस फेशन शोमा नेपालका चर्चित कलाकारहरु योगेश काजी, नन्दा वस्याल, यमन श्रेष्ठ, बुनु राई,महादेव त्रिपाठी जादुगर,विनोद ढकाल, सारिका घिमिरे,सुशिला थापाको प्रस्तुती समेत रहेको थियो । संचारकर्मी एवं कलाकार दिनेश डिसीले कार्यक्रम संचालन गरेको शोमा ५ वटा सिक्वेन्स रहेको शो मा १ शो कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, सिग्नेचर ह्स्किी, तथा बिग मास्टरको ड्रेस डिजाइृन गरि नायिका सारिका घिमिरे, मोडल सुशिला थापा तथा मोडल सुमी बानियांले ब्राण्ड प्रवद्र्धन गरि र्याम्प शो गरेका थिए । नेपाल टेलिकमको मुख्य प्रायोजनमा भएको उक्त शोमा लोकप्रिय ब्राण्ड बिगमास्टर, सिग्नेचर ह्सिकी, टुबोर्ग वियर, एनआइसी एसिया बैंक,हुलास, नेपाल दुरसंचार प्राधिकरण,स्टार ढाका, लगायतले सह प्रायोजन गरेका थिए ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न अवार्ड, फेशन शो लगायत कार्यक्रमहरु गरेर चर्चा कमाउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने आयोजक तथा पेजेन्ट नेपालकी प्रमुख ममथा बस्नेतले जानकारी दिइन ।
ईन्फिनिटी एडभरटाईजीङ्गको व्यबस्थापनमा भएको उक्त फेशन शोमा नेपाल भ्रमण वर्षलाई लक्षित गरि विभिन्न मौलीक पहिरनहरु समेत प्रवद्र्धन गरि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यबस्थापक ईन्द्र श्रेष्ठले जानकारी दिए ।

रचनाकार युवराज अधिकारीको दशै बिशेष गीत “अक्षता र जमरामा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान चाड वडा दशै नजिकदै गर्दा दशै तिहार चाडपर्व सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । यही अवसरको सदुपयोग गर्दै वरिष्ठ रचनाकार युवराज अधिकारीले दशै तिहार बिशेष गीत “अक्षता र जमरामा” सार्वजनिक गरेका छन । रोजगारीका लागी विदेशीएका कैयौ नेपालीहरु यसै चाडको प्रतिक्षामा वसेका हुन्छन । कहिले दशै आउला र घर फर्किन पाईएला भनेर तर विडम्बना अनेक कारण कति नेपाली घर फर्कन पाएका हुदैनन त्यसैको भाव बोकेको गीतलाई श्रृजना गरेका रचनाकार युवराज अधिकारीको उक्त गीतमा दिप श्रेष्ठ स्वर रहेको छ भने सुरेश अधिकारीको संगीत रहेको छ ।

रचनाकार अधिकारीको आफ्नै युट्यूब च्यानल ‘युवराज अधिकारी’ बाट सार्वजनिक गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा दुवईमा रहेर संगित श्रृजना तथा कलाकारितामा सक्रिय आशिष पुरुष र जानुका पौडेलको अभिनय रहेको छ । दुवईका विभिन्न शहर तथा नेपालमा छायांकन गरिएको उक्त गीतको भिडियाको छायांकन धिरज जंग शाहले गरेका हुन भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

भिडियो :

 

युरोपमा रहेका नेपाली माझ लोकप्रिय सन्तोष कुमार भट्टराईद्वारा एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आशन्न विश्व सम्मेलनको पूर्वसन्ध्यामा जर्मनीका सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । बिश्व भरका ७८ देशमा फैलिएको (एन आरएनए ) को बिश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौमा हुदैछ ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले ९ औं विश्व सम्मेलनको पूर्व सन्ध्यामा आईपुगेको छ। उनले उम्मेदवारी घोषणा गर्दै लेखेका छन् -‘स्थापना भएपछिका समयमा पञ्जीकृत  सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ।’ भट्टराईले नेतृत्व गर्छु भन्नेको संख्या बढ्नु स्वभाविक प्रक्रिया हो भन्दै आफू पनि त्यसको एउटा हिस्सा भएको बताए ।

‘विगतको निर्वाचनमा विश्वभरिबाट प्राप्त मतले पनि संस्थामा रहेर काम गर्नुपर्ने नैतिक ज़िम्मेदारी थपिदिएको उनको भनाई छ ।  म प्रति हिजो मत मार्फ़त र आजभोलि प्रतक्ष्य,फ़ोन र वैकल्पिक सम्पर्क माध्यमबाट ज़ाहेर भएको र भैरहेका अभिमत र भावनाहरूलाई क़दर गर्दै यस संस्थामा रहेरकाम गर्ने निर्णयमा म पुगेको छु’- उनले भने । भट्टराईले उम्मेदवारीका लागि मात्र उम्मेदवारी नभई ज़िम्मेवार तवरले भावनात्मक रूपमै देशको सम्वृद्धिको अभियानको साथै स्थानीय आवश्यकता र समस्यामा समेत योगदान गर्न सक्षम छु भनेका छन् । ब्यक्ति भन्दा संस्था र पद भन्दा परिणाम महत्वपूर्ण हो भन्ने कुराको राम्रो हेक्का राखेर आफ्ना विचारहरूलाई राख्ने पनि उनले बताए ।

विभिन्न परोपकारी कार्यहरू, परियोजनाहरू, निति र सांगठनिक गतिविधी तथा विपत्तकालिन कामहरूमा समय समयमा जोड़िन पाएकोले पनि संस्थासँग मोह बढेको उनले बताए । ‘खास गरी नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटनको प्रबर्द्धन, सिप साधन र स्रोतको परिचालन, तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहलहुन ज़रूरी देखिन्छ उनले भने संसारभरी बढिरहेको आप्रावासन र विदेश वसाईले जन्माएका केहि महत्वपूर्ण विषयहरूलाई उल्लेख गर्न चाहान्छु।’-माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृति लगायतका समस्या, व्यवसायिक स्थायित्व, लगानिका संम्भावना, क्षेत्रीय कोष आदि महत्वपूर्ण विषय भएको उनले बताए ।

विशेषगरी यूरोप क्षेत्रमा यस्ता विषयहरूमा कार्यदल बनाएर विषेश पहल गर्नु पर्ने आवश्यकता उनले देखाए । गैरआवासिय नेपालीहरूको ठूलो बाहुल्यता रहेको यूरोपमा दोश्रो पुस्ताको संख्या पनि ठूलै छ। दोश्रो पुस्तालाई नेपाल र हाम्रो संस्कृति संग जोड्ने ठूलो चुनौति पनि यथावत् छ। अहिले यूरोप अमेरीका लगायतका देशहरूमा समस्याहरू पनि बढेका छन्। भाषाको कमि र कानुनको अनभिज्ञता को कारण झेल्नु परेका समस्याहरू पनि धेरै छन्।

विपतकालिन अवस्थामा राहतको निम्ति आर्थिक सहयोगको आह्वान गर्ने र संकलन गर्दा गर्दै तत्कालीन राहतको समय गज्रने र कतिपय अवस्थामा कवुल गरेको रक़म नै जम्मा नहुने कारणले प्रभावकारी सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै एउटा क्षेत्रीय कोषको अवधारणालाई अघि बढाउन ज़रूरी देखिएको समेत उनको भनाई छ । नेपाली नागरिकताको निरन्तरता, ब्यापार तथा पर्यटन प्रबर्द्धन र नेपालमा एनआरएनएको सस्थागत लगानि भट्टराईको चुनावी घोषणा पत्रमा उल्लेख छ ।

आउदो शुक्रवार छायां सेन्टरमा पेजेन्ट नेपालको ‘टाईटल विनर फेशन शो’ ,२४ जना विजेताले गर्दैछन र्याम्प शो

पेजेन्ट नेपालले आउदो शुक्रवार छायां सेन्टरमा गर्न लागेको टाईटल विनर फेशन शो को तयारी तिव्र पारेको छ । देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य हलमा टाईटल विनर फेशन शोको आयोजना गर्न लागेको हो ।

नेपाल अधिराज्यभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको फेशन शो को लागी हाल स्वस्तिका लामाको कोरियोग्राफीमा ठमेलस्थित छायां सेन्टरमा ट्रेनिङ्ग भईरहेको छ ।

नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शो का लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका यस फेशन शोमा नेपालका चर्चित कलाकारहरु योगेश काजी, नन्दा वस्याल, यमन श्रेष्ठ, बुनु राई,महादेव त्रिपाठी जादुगर,विनोद ढकाल, सारिका घिमिरे,सुशिला थापाको प्रस्तुती समेत रहनेछ । भने शो स्टपर्समा चर्चित नायिका रहने जानकारी प्याजेन्ट नेपालका सिईओ तथा फेशन डिजाईनर ममता बस्नेतले जानकारी दिइन । संचारकर्मी एवं कलाकार दिनेश डिसी तथा नायिका एनी कुंवरले संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने शोमा ४ वटा सिक्वेन्स रहने शो मा नेपालका चर्चित फेशन डिजाईनर ममथा बस्नेत, अनु श्रेष्ठ, रिना सिंह तथा रचना शर्मा का उत्कृष्ट डिजाईनमा तयार भएका पहिरनलाई १२ पुरुष विजेता तथा १८ महिला विजेताले र्याम्प शो गर्नेछन । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको उक्त शोमा लोकप्रिय ब्राण्ड बिगमास्टर, सिग्नेचर ह्सिकी, टुबोर्ग वियर, एनआइसी एसिया बैंक,हुलास, नेपाल दुरसंचार प्राधिकरण लगायतले सह प्रायोजन गरेका छन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न अवार्ड, फेशन शो लगायत कार्यक्रमहरु गरेर चर्चा कमाउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।
ईन्फिनिटी एडभरटाईजीङ्गको व्यबस्थापनमा हुने उक्त फेशन शोमा नेपाल भ्रमण वर्षलाई लक्षित गरि विभिन्न मौलीक पहिरनहरु समेत प्रवद्र्धन गरि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्य लिएको व्यबस्थापक ईन्द्र श्रेष्ठले जानकारी दिए ।

चर्चित कोरियोग्राफर रोजिनलाई दुबईमा इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड

आ आफ्नो क्षेत्र र विधामा लामो समयको अनुभव, उपलब्धी र निरन्तरताको कदर गर्दै विभिन्न विधाका व्यक्तिहरुलाई इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । जस अन्तर्गत विगत दुई दशक देखि फेसन र ब्युटी पेजेन्टको कोरियोग्राफीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहँदै आएका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर गएको असोज ३ गते दुबई स्थित एभरेष्ट क्लबमा संचालन गरिएको इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०१९ अन्तर्गत कोरियोग्राफर रोजिनलाई सो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुविकास मन्त्री चक्रपाणी खनालले उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
यस अघि वेष्ट अन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अफ द इयर, मिष्टर भर्सटाइल अफ द इयर, इन्टरनेसनल एक्सीलेन्स अवार्ड तथा लिजेन्द«ी फेसन कोरियोग्राफरको अवार्ड प्राप्त गरिसकेका रोजिन कोरियोग्राफी बाहेक कार्यक्रम उद्घोषण, समाचार वाचन, फेसन पत्रकारिता, कलेज अध्यापन आदि विधामा पनि सक्रिय रहँदै आएका छन् । कार्यक्रममा रोजिन संगै दुई दर्जन बढी ब्यक्तिहरुलाई सो अवार्ड बाट पुरस्कृत गरिएको थियो ।


जस अन्तर्गत पत्रकारिता विधाबाट वरिष्ठ पत्रकारहरु ओम शर्मा, खिल बहादुर भण्डारी, सुरेश चन्द« अधिकारी, पत्रकारिता विधामै दुबईमा रहेका लक्ष्मण खनाल र विनोद बाबु श्रेष्ठ, फोटोग्राफी विधा अन्तर्गत ग्ल्यामर फोटोग्राफर राज भाई सुवाल, फोटोपत्रकार लेख बहादुर श्रेष्ठ, स्टुडियो फोटोग्राफर भवदेव थापा मगर, फ्रिलान्स फोटोग्राफर दिपेन्द« महर्जन पुरस्कृत गरिएका थिए । कार्यक्रममा दुबईमा रहेका उद्यमी एवं व्यवसायी डा.दिनेश आचार्यलाईलाई मल्टिडिसिप्लीनरी अन्टरप्रिनरशीपको अवार्ड प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ युएईको सहकार्यमा सिजन मिडिया प्रा.लि.ले आयोजना गरेको सो अवार्ड कार्यक्रममा लोकगायक दिप बहादुर थापा मगर, महिला उद्यमीहरु विजया कोइराला, रेजिना तुलाधर तथा गर्ली अग्रवाल, समाजसेवी सन्तोषी शाही, महिला अधकारकर्मी शोभा कुमारी गिरी, लेखक पुष्पलता आचार्य लगायतकाहरु सम्मानीत भएका थिए ।

दुवईमा अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड २०१९ सम्पन्न

काठमाडौँ । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यमा नेपाल लगायत यूएईमा वसोवास गर्ने नेपालीहरुलाई सम्मान तथा इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मा सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी पत्रकारहरु किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, लक्ष्मण खनाल ,यस्तै रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेवापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

युएईमा सफल हुनु भएका नेपाली व्यवसायी एवम् समाजसेवी डा. दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो । यस्तै यूएईमा पर्यटन व्यवसायीमा क्रियाशिल एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा,वरिष्ट फोटोग्राफर राजभाइ महर्जन सुवाल,फोटोपत्रकार सागर श्रेष्ठ,फोटोग्राफर दिपेन्द्र मर्हजन,भवदेव थापालाई फोटोग्राफी क्षेत्रमा विशेष योगदान वापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो त्यसै गरि शिक्षा व्यवसायी सिजी एजुकेशनका हेड गार्ली अग्रवाल, यातायात व्यवसायी देबेन्द्र प्रधान, बुढानिलकण्ठ नगरपालीका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, हेन्डीक्राफ्ट व्यवसायी हरि सेन्चुरी विक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, माधव प्रसाद अधिकारी,कराते प्रशिक्षक पूर्ण प्रसाद श्रेष्ठ, समाजसेवी शोभा कुमारी गिरी अधिकारी, युवा व्यवसायी राम नारायण घिमिरे, पवन अधिकारी, कोरीयोग्राफर रोजिन शाक्य, महिला नेतृ सन्तोषी शाही, रेजिना तुलाधर, महिला व्यवसायी विजय कोइरालालाई समेत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान समेत गरे । कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ. मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने सुरेश ढाकाल,कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बु संकर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

ग्रेस ईभेन्टको दोश्रो वार्षिकोत्सव तथा मिस्टर एण्ड मिस ग्रेस प्लस टु को ट्यालेन्ट शो आश्विन १० मा हुदै

काठमाडौँ — आश्विन ६ । राजधानी तथा मोफसलमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस ईभेन्टको आयोजनामा चावहिलस्थित जूम क्याफेमा ग्रेस ईभेन्टको दोश्रो वार्षि्कोत्सवको अवसरमा आश्विन १० गत्ते मिस्टर एण्ड मिस ग्रेस प्लस टु को ट्यालेन्ट शो साथै हिन्दु धर्मावलम्वीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान-प्रदान गर्दै सम्पन्न हुने भएको छ ।

राजधानी तथा राजधानी बाहिरका बिभिन्न कलेजहरुबाट प्रतिनिधित्व गर्दैअडिसन मार्फत छनौट भएका २० जना युवा तथा युवती मोडलहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्रफर, व्युटिसियन, कलाकार लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिएको ग्रेस ईभेन्टकी प्रोग्राम को अर्डिनेटर अनिता श्रेष्ठ प्रजापतिले जानकारी दिईन ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्दन गर्ने उद्देश्यले राजधानीभित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गरिनुपर्छ भन्दै बिभिन्न समयमा फेशन पारखीहरुको हव बन्दै गएको मोफसलहरुमा समेत ब्युटि पेजेन्ट मार्फत त्यहि क्षेत्रका लुकेर रहेका प्रतिभा तथा आफुमा अन्तर्निहित प्रतिभा हुदाहुदै पनि प्रस्फुटन गरऔने उचित अवसर नपाएका प्रतिभाहरुको लागि ग्रेस ईभेन्टले विगत लामो समयदेखि यस्ता सौन्दर्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको र यस पटक राजधानीमा मिस्तर एण्ड मिस ग्रेस प्लस टू आयोजना गरिएको ग्रेस ईभेन्टका सचिव पवन कोइरालाले जनाए ।

दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन, कर्पोरेटका प्रबन्ध निर्देशक सुष्मा महरा पुन कोषाध्यक्षमा निर्वाचित

काठमाण्डौं -कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका प्रबन्ध निर्देशक सुषमा महरा पुन नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको कोषाध्यक्षमा निर्वाचित भएकी छन् । महरा यस अघि तदर्थ समितिमा पनि कोषाध्यक्षको भुमिकामा थिईन् । बरिष्ठ ब्युटिसियन समेत रहेकी महरा जुझारु महिला ब्यवसायीका रुपमा समेत परिचित छिन् । विभिन्न संघ सस्थामा आवद्ध रहेकी महराले व्यवसायीहरुको हक हितका निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी छिन् । व्यवसायिक वातावरणका लागि भष्टा«चारको विरुद्धमा समेत आवाज उठाउदै आएकीे महरालाई एक निडर एवं सक्षम महिला उद्यमीका रुपमा हेरिदै आईएको छ । दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको प्रथम वार्षिक साधारण सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा हेमराज ढकाल, जयप्रकाश शिवाकोटी, राजेन्द्र शेरचन, महासचिवमा रमणा श्रेष्ठ, सचिवमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुषमा महरा, सहकोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा नानीराज घिमिरे, अमूलकाजी तुलाधर, प्रदीपमान प्रधान, सतिश श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, दीपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरतराज घिमिरे, खेमबहादुर स्वार निर्वाचित भएका छन् ।