गायक एवं मोडल रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अमेरिका रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय गायक एवं मोडल रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

करिब २ दशक भन्दा लामो समय देखि विदेशमा रहेर पनि कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका गायक रविले नायिका सुरविना कार्कीसँग अभिनय गरेका छन । मोडल रोहन सुवेदीको समेत अभिनय रहेको गीतको शव्द रचना नवराज कार्कीको रहेको छ । कृष्ण पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतलाई बादल लिम्बुले संगीत तथा एरेन्ज गरका छन ।

गायक सुवेदीको सुुमुधर आवाज रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका कैयौं नेपालीहरुको यथार्थतालाई एउटा गीत भित्र वास्तविक चित्रण गरिएको छ । युवराज खत्रीको छायांकन रहेको गीतको भिडियोमा धुलीखेल वरपरका रमणीय दृश्यहरु कैद गरिएको छ ।

अमेरिकामा रहेर पनि प्रत्येक वर्ष नेपाल आउदा नयां गीत श्रृजना गरि सार्वजनिक गर्दै आएका गायक रवि करीव ३ दशकदेखी सांगितिक क्षेत्रमा सक्रिय रहदै आएका उनका थुप्रै गीतहरु बजारमा लोकप्रिय रहेको छ ।

भिडियो हेर्नुहोस :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *