एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् । प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि शुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक् रमेश पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *