जेसिआई काठमाडौँ लेडी तथा सौराह जेसिजद्वारा चितवनमा हाती परिचालक अभिमुखीकरण तालिम

भ्रमण वर्ष २०२० सफल र बनाउने उधेश्यका साथ २०७६-भाद्र ३१ गते मंगलबार सौराह चितवनको रास्ट्रिय प्रकृति संरक्षणको सभाहलमा जेसिआई काठमाडौँ लेडी तथा सौराह जेसिज को संयुक्त आयोजना नेपाल भ्रमण वर्ष २०२० प्रबर्धन कार्यक्रम रास्ट्रीय वन जंगल,बन्यजन्तु एवं पर्यापर्यटन तथा हात्ती परिचालक अभिमुखीकरण तालिम सम्पन्न गरियो र साथै रास्ट्रीय निकुन्जका ५० जना माहुतेहरुलाई जेसिआई काठमाडौँ लेडी द्वारा प्रदान गरिएको भ्रमण वर्ष २०२० लोगो अंकित पोशाक प्रमुख अतिथि जेसिआई नेपालका रास्ट्रिय अधक्ष्य तथा नेपाल भ्रमण वर्ष २०२० रास्ट्रिय पर्यटन प्रबर्धन अभियान मुल समितिका कार्यकारिणी सदस्य जेसिआई सिनेटर महेश पौडेल तथा बिशिस्ट अतिथि रत्न नगर नगरपालिका का नगर प्रमुख श्री नारायण वन ज्युले बितरण गर्नु भएको थियो । साथै हात्ती , माउते र पर्यटक संग को आपसी सम्बन्ध तथा पर्यटक संग गर्नु पर्ने ब्यबहार बिषयमा डा. भिषण गजमेर , किरण राई , अमिर सगौला तथा जेसी शिव प्रसाद भुषाल ले प्रशिक्षण दिनु भएको थियो |

नेपाल भ्रमण वर्ष २०२० रास्ट्रिय पर्यटन प्रबर्धन अभियान मुल समितिका कार्यकारिणी सदस्य जेसिआई सिनेटर महेश पौडेलज्युले बिश्वको १२० वटा भन्दा बढी देशमा जेसिआईको शाखाहरु संचालन भएकोले भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल जेसिज र नेपाल जेसिजसंग आबद रहेको १५० वटा शाखाले उतिकै भूमिका निर्बाह गर्ने बताउनु भयो |जसको शुरुवात जेसीआई काठमाडौँ लेडी र सौराह जेसिजले गरेकोमा शुभकामना सहित धन्यबाद ब्यक्त गर्नुभयो साथै जेसिआई नेपालका रास्ट्रिय अधक्ष्यज्युले आफु स्वयम भ्रमण वर्ष २०२० रास्ट्रिय पर्यटन प्रबर्धन अभियान मुल समितिका कार्यकारिणी सदस्य रहेकोले हामी जेसिजकर्मी हरुको लागि अवसर र चुनौती दुवै रहेकोले यसलाई सफल बनाउन सबै शाखाहरुलाई लाग्न आग्रह गर्नुभयो | जेसीआई काठमाडौँ लेडीकी अधक्ष्य अर्चना श्रेष्ठ मुनंकर्मीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनको लागी काठमाडौँ लेडी र सौराह जेसिज संलग्न हुनु पाउनु हाम्रो सौभाग्य हो र साथै बर्सेनि सयौं बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई यस सुन्दर रमणीय रास्ट्रिय निकुञ्जमा प्रकृतिलाई नजिकबाट निहाल्न र मनोरंजन गराउन हुने माउतेहरुको काम लाइ उच्च मुल्याकन गर्दै वहाहरु सम्मान गर्न पाउदा हर्ष प्रकट गर्नु भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *