चर्चित कलाकार तथा जादुगर महादेव त्रिपाठीको अमेरिकाको विभिन्न शहरमा एकल शो हुदै

लोकप्रिय चर्चित कलाकार तथा जादुगर महादेव त्रिपाठी आफ्नो एकल प्रस्तुती लिएर म्याजिक ,म्यूजिक कमेडी शो लिएर अमेरिका टुर गर्ने भएका छन । सेप्टेम्वर २१ देखी नोभेम्वर १७ सम्म अमेरिकाको कोलोराडो, भर्जिनिया, वासिङ्गटन डिसी,टेक्सास लगायत ठुला शहरहरुमा आयोजना हुने उक्त शो लाई कार्की आईएनसी तथा जेपी ईन्टरनेशनल ग्रोसरी स्टोरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

लोकप्रिय कलाकार महादेव त्रिपाठीलाई लिएर अमेरिकामा यस किसिमको प्रस्तुती राख्न पाउदा आयोजक पक्ष सहित अमेरिकी वासी नेपाली दाजुभाई निकै उत्साहित रहेको जानकारी आयोजकले दिएका छन । आउदो १२ गते अमेरिका प्रस्थान गर्न लागेका महादेवले फरक स्वादमा आकर्षक प्रस्तुती दिने र कार्यक्रममा आफुलाई विश्वास गरि महत्वपूर्ण अवसर प्रदान गर्ने कार्यक्रमका सल्लाहकार नवराज श्रेष्ठ ,मधुकुमार श्रेष्ठ , अमेरिकामा रहेका नेपाली एवं आयोजक प्रति धन्यवाद व्यक्त गर्दै सवैले आशा राख्नु भएको प्रस्तुती दिने वचनवद्धता व्यक्त गरेका छन । स्टेज कार्यक्रममा पहिलो रोजाईमा पर्ने कलाकार एवं जादुगर महादेव प्रत्येक दिन जसो २ वा ३ वटा कार्यक्रममा आफ्नो प्रस्तुती दिदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *