छोटो समयमै चर्चामा रचनाकार यमु शर्मा रचित ‘तिमी हांस्दा’ (भिडियो सहित)

रचनाकार यमु शर्मा रचित तथा कविता श्रेष्ठको आवाजमा सजिएको गीत ‘तिमी हांस्दा’को भिडियो सार्वजनिक भएको छोटो समयमा नै लोकप्रिय भएको छ । नायिका शिल्पा पोख्रेल, सुमित थापा र योगिशा खत्रीको अभिनय रहेको गीतको भिडियोलाई निर्देशन आयुष क्षेत्रीले गरेका थिए भने  राजेश कुमार श्रेष्ठको एरेन्ज रहेको छ ।
अमेरिकामा रहेर गीत संगीतमा समेत सक्रिय रचनाकार यमुले समाजको वास्तविक घटनालाई शव्दमा व्याख्या गर्दै गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ । भोज राज प्रसाईको संगीत रहेको गीतले १ मिलियन भ्यूवर्स पुगेको अवसरमा रचनाकार एवं समाजसेवी यमुले कलाकार सुलेमान शंकर(ईकु)ले संचालन गरेका मुलपानी स्थित स्नेह बाल आश्रमका लागी लोकप्रिय गायक राजेश पायल राईको हातबाट ५० हजार नगद तथा ५० हजार बरावरको स्टेशनरी सामान सहयोग गरेकी थिईन ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *