आउदो शुक्रवार छायां सेन्टरमा पेजेन्ट नेपालको ‘टाईटल विनर फेशन शो’ ,२४ जना विजेताले गर्दैछन र्याम्प शो

पेजेन्ट नेपालले आउदो शुक्रवार छायां सेन्टरमा गर्न लागेको टाईटल विनर फेशन शो को तयारी तिव्र पारेको छ । देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य हलमा टाईटल विनर फेशन शोको आयोजना गर्न लागेको हो ।

नेपाल अधिराज्यभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको फेशन शो को लागी हाल स्वस्तिका लामाको कोरियोग्राफीमा ठमेलस्थित छायां सेन्टरमा ट्रेनिङ्ग भईरहेको छ ।

नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शो का लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका यस फेशन शोमा नेपालका चर्चित कलाकारहरु योगेश काजी, नन्दा वस्याल, यमन श्रेष्ठ, बुनु राई,महादेव त्रिपाठी जादुगर,विनोद ढकाल, सारिका घिमिरे,सुशिला थापाको प्रस्तुती समेत रहनेछ । भने शो स्टपर्समा चर्चित नायिका रहने जानकारी प्याजेन्ट नेपालका सिईओ तथा फेशन डिजाईनर ममता बस्नेतले जानकारी दिइन । संचारकर्मी एवं कलाकार दिनेश डिसी तथा नायिका एनी कुंवरले संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने शोमा ४ वटा सिक्वेन्स रहने शो मा नेपालका चर्चित फेशन डिजाईनर ममथा बस्नेत, अनु श्रेष्ठ, रिना सिंह तथा रचना शर्मा का उत्कृष्ट डिजाईनमा तयार भएका पहिरनलाई १२ पुरुष विजेता तथा १८ महिला विजेताले र्याम्प शो गर्नेछन । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको उक्त शोमा लोकप्रिय ब्राण्ड बिगमास्टर, सिग्नेचर ह्सिकी, टुबोर्ग वियर, एनआइसी एसिया बैंक,हुलास, नेपाल दुरसंचार प्राधिकरण लगायतले सह प्रायोजन गरेका छन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न अवार्ड, फेशन शो लगायत कार्यक्रमहरु गरेर चर्चा कमाउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।
ईन्फिनिटी एडभरटाईजीङ्गको व्यबस्थापनमा हुने उक्त फेशन शोमा नेपाल भ्रमण वर्षलाई लक्षित गरि विभिन्न मौलीक पहिरनहरु समेत प्रवद्र्धन गरि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्य लिएको व्यबस्थापक ईन्द्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *