व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं, कार्तिक  अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए । । उनले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउन पहल गर्नेसमेत बताए । यस्तै, स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले राजदूतकोरुपमा आफ्नो पहिलो अनुभव भएको भन्दै उच्च मनोबलका साथ काम गर्ने बताइन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तु निर्यात गराउन, पर्यटन एवं लगानी भित्र्याउन पहल गर्न राजदूतहरुलाईं आग्रह गरे ।

फेसियल हाउसमा रक्षा नेपालको देउसी भैली कार्यक्रम

काठमाडौं, १० कार्तिक – रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ । सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती एबम बालिकाको टोलीले अाइतबार देउसी भैली खेलेको हो । सो अवसरमा भैलेनीहरुले नेपाली सांस्क्रितक एबम मौलिक गीतमा निर्त्य गर्नुका साथै देउसी भट्टाएका थिए । उक्त प्रस्तुतीलाई फेसियल हाउसकी प्रबन्ध संचालक एबम् बरिस्ठ सौन्दर्यविद् सुश्मा महरा, युवा उधमी तथा कर्पोरेट ग्रुपका अध्यक्ष उज्ज्वल जङ शाह, कर्पोरेट म्यागाजिनका सम्पादक सरोज ओझा, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, स्व राजा विरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, फेसियल हाउसका कर्मचारी लगायतले हेरेका थिए  ।

घन्काइदेउ मादलु सार्वजनिक (भिडियो सहित)

कार्तिक ८, सुर्खेत । चलचित्र एकादेशको कथा मा समावेश गरिएको चर्चित गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक गरिएको छ । ओ.एस.आर. म्युजिक मार्फत सुर्खेतमा छायांकन गरिएको चलचित्रको यो गीत रिलिज गरिएको हो । नेपालकै चर्चित लोक दोहोरी गायिका टीका पुन र शिव संगीतको स्वरमा रहेको यो गीतमा नायक धिरेन शाक्य, मोडेल तथा कलाकार शंकर वि.सी., गौरभ पहाडी, दिपाशा बिसि, सीता भण्डारी, यामनाराण आचार्य लगायतले अभिनय गरेका छन् । नेपालकै लोकपृय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेलको रचना तथा नृत्य निर्देशक कुलमान नेपालीको संगीत रहेको यो गीत फाष्ट विट तथा झ्याउरे भाकामा रहेको छ । चलचित्रका निर्माता भरत चन्द र यामनारायण आचार्य रहेका छन् ।

तिहार र मेकअप टीप्स : वरिष्ठ सौन्दर्यविद सुष्मा महरा

तिहार र मेकअप टीप्स (वरिष्ठ सौन्दर्यविद सुष्मा महरा) तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ । नेवारहरुको म्ह पुजा र नेवारहरुले मनाउदै आएको सबै भन्दा पुरानो सम्वत नेपाल सम्वत पनि यहि समयमा पर्छ । साथै, तराई मधेशमा मनाईने छठ पर्व समेत जोडिएकोले यस समयले विशेष महत्व बोक्दै आएको छ । तिहार चाडसंगै मौलिक पर्व समेत जोडिएकोले यस समयमा विशेष खालको रौनकता छाउने गर्दछ । तिहारमा कस्तो मेकअप गर्ने ? तिहारसंगै चिसो मौसमको समेत आगमन हुने भएकाले स्कीनहरु ड्राई हुन शुरु भएको हुन्छ । त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ । चिसो मौसममा राति पनि हामिले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ । यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ । यसरी गरिने मेकअप लामो समय सम्म टिकाउ पनि रहन्छ । चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाटी तिर आएर नअल्झाउने किसिमले गर्नु उपर्युक्त रहन्छ । साथै, यस चाडको बेलामा पुजा पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ ।

वरिष्ठ ब्युटीसियन सुष्मा महरा फेसियल हाउसकी प्रबन्ध निर्देशक हुन ।

८औं ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया) ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ । म्यूजिक खबर म्यूजिक अवार्डको संयोजक सविता पोखरेलका अनुसार आगामी मंसिर गते 2० काठमाडौंमा सम्पन्न हुनेछ ।

उत्कृष्ट पाँचको मनोनयन

१.उत्कृष्ट ५ राष्ट्रिय भावको गीत
क) जननी जन्मभूमिश्च रमेश दाहाल MKA 001
ख) ढाका टोपी दौरा सुरुवाल अमृतलाल देवकोटा सुनार MKA 002
ग) नेपाल हो आफ्नो देश बी.बी. थापा MKA 003
घ) विश्वको अग्लो हिमाल पुरुषोत्तम सानु MKA 004
ङ) हिमाल शीर हाम्रो पारसमणि बराल MKA 005

२.उत्कृष्ट ५ पप गायिका
क) टीका प्रसाई लुकी लुकी MKA 006
ख) नम्रता तामाङ ओइ सानी MKA 007
ग) लक्ष्मी पुरी सिठ्ठी बजाउँछन् MKA 008
घ) सहिमा श्रेष्ठ उम्ल्यो उम्ल्यो MKA 009
ङ) सिर्जना खत्री डब्बल माया MKA 010

३.उत्कृष्ट ५ पप गायक
क) चिरञ्जीवी भण्डारी तिम्रो मायाले MKA 011
ख) प्रेमप्रकाश वली कर्ली कर्ली कपाल MKA 012
ग) महेन्द्र रायमाझी हेर यी आँखामा MKA 013
घ) सचिन रौनियार ए मान्छे MKA 014
ङ) सुरज कुमार थापा नाचन नाचन MKA 015

४.उत्कृष्ट ५ पप संगीतकार
क) आशिष अबिरल लुकी लुकी MKA 016
ख) डेनी निरौला यो केटो त MKA 017
ग) दिपकराज विश्वकर्मा आँखैमा हेरेर MKA 018
घ) हरिशरण सायमी बैंशालु ती डाली MKA 019
ङ) शंकर थापा ‘स्माइल’ आँखामा गाजल MKA 020

५.उत्कृष्ट ५ पप गीतकार
क) दाना श्रेष्ठ कादम्बरी लैजाउन मलाई MKA 021
ख) डीपी खनाल आँखामा गाजल MKA 022
ग) प्रकाश बाबु थापा तिमीसम्म MKA 023
घ) रमेश दाहाल यो केटो त MKA 024
ङ) शैलेन्द्र शरद खनाल यो मन उड्यो MKA 025

६. उत्कृष्ट ५ चलचित्र पाश्र्व गायिका
क) अन्जु पन्त तिम्रो लागि (ब्ल्याक) MKA 026
ख) दिपा लामा सक्दिनँ म बाँच्न (क्याप्टेन) MKA 027
ग) प्रविशा अधिकारी फूल होइन काँडा (रोज) MKA 028
घ) मनिषा पोखरेल माया पिरिम (जात्रैजात्रा) MKA 029
ङ) विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा ३) MKA 030

७.उत्कृष्ट ५ चलचित्र पाश्र्व गायक
क) डेविट शंकर पहिलो नम्बरमा (छक्का पञ्जा ३) MKA 031
ख) युवराज चौलागाई मिसावट छ पिरतीमा (लीला) MKA 032
ग) रुपक डोटेल वनको चरी (प्रसाद) MKA 033
घ) सुगम पोखरेल तिम्रो लागि (ब्ल्याक) MKA 034
ङ) सुमन के.सी. सक्दिनँ कि बाँच्न (क्याप्टेन) MKA 035

८.उत्कृष्ट ५ चलचित्र संगीतकार
क) आशिष अबिरल जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर३) MKA 036
ख) एलिश कार्की फूल होइन काँडा (रोज) MKA 037
ग) दिपक शर्मा पहिलो नम्बरमा (छक्कापञ्जा ३) MKA 038
घ) महेश खड्का तिम्रो लागि (ब्ल्याक) MKA 039
ङ) विपिन आचार्य दाइको सालो (घनचक्कर) MKA 040

९.उत्कृष्ट ५ चलचित्र गीतकार
क) एकनारायण भण्डारी जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर ३) MKA 041
ख) डा.कृष्णहरि बराल मिसावट छ पिरतीमा (लीला) MKA 042
ग) दिग्गज द्यौराली रहर छ मलाई (क्याप्टेन) MKA 043
घ) लेखु सहयात्री माया पिरिम (जात्रैजात्रा) MKA 044
ङ) राजेश कुमार श्रेष्ठ फूल होइन काँडा (रोज) MKA 045

१०.उत्कृष्ट ५ लोकगीत
क) अशोक मुकारुङ चैते दशैंलाई MKA 046
ख) कृष्णा परियार खबर पाइनँ MKA 047
ग) भिषण मुकारुङ खोर्सानी डल्ले MKA 048
घ) विमल परियार अधुरो पिरती MKA 049
ङ) सन्दिप ग्याबा तामाङ परदेश लागियो MKA 050

११.उत्कृष्ट ५ सांस्कृतिक गीत
क) हरिमाया गुरुङ÷कृष्णमान श्रेष्ठ लमजुङ्गे ठाडो भाका MKA 051
ख) प्रकाश गुरुङ÷शर्मिला गुरुङ माथी है लेकमा MKA 052
ग) युवराज मगर÷देवी घर्ती मयाली MKA 053
घ) सागर गुरुङ÷पूजा गुरुङ सम्झनालाई गलबन्दी MKA 054
ङ) सिर्जना कार्की कान्छा (मारुनी) MKA 055

१२.उत्कृष्ट ५ नव प्रतिभा महिला लोकदोहोरी
क) अनिता कुँवर बासना MKA 056
ख) टीका सानु झिल्के माया MKA 057
ग) सपना थापा जुनीजुनी MKA 058
घ) सुस्मिता घर्ती आकाश रुन्छ MKA 059
ङ) सुमित्रा तामाङ चौतारीको बर MKA 060

१३.उत्कृष्ट ५ नवप्रतिभा पुरुष लोकदोहोरी
क) देवानारायण मगर आकाश रुन्छ MKA 061
ख) भरत परियार राप्ती कर्णाली MKA 062
ग) विवश बस्नेत पिरतीमा कर MKA 063
घ) विक्रम राना साइँलो MKA 064
ङ) शोभाकर संगीत देउता MKA 065

१४.उत्कृष्ट ५ संगीत संयोजन लोकदोहोरी
क) आशिष अबिरल लालुमै MKA 066
ख) जुजु गुरुङ माया गर्थें मैले MKA 067
ग) झलक संगीतम् झिमझिम पानी MKA 068
घ) विश्वास नेपाल देउता MKA 069
ङ) बी.बी. अनुरागी मुखैमा चिनी MKA 070

१५. उत्कृष्ट ५ मिक्सिङ लोकदोहोरी
क) कुमार राना फल मिठो MKA 071
ख) मानबहादुर बराल बोल माया MKA 072
ग) एच.बी.एन. किस्मत लालुमै MKA 073
घ) राजकुमार बगर काउली फूल्ने MKA 074
ङ) श्यामश्वेत रसाइली मुखैमा चिनी MKA 075

१६.उत्कृष्ट ५ शब्द लोकदोहोरी
क) किस्ना आचार्य बासना MKA 076
ख) नवराज पन्त सालको पात MKA 077
ग) रमेश बिजी छोरो अमेरिका छ MKA 078
घ) रमेश श्रेष्ठ तस्वीर हेरेर MKA 079
ङ) शिव हमाल लालुमै MKA 080

१७.उत्कृष्ट ५ भाका लोकदोहोरी
क) प्रकाश सपुत मुखैमा चिनी MKA 081
ख) पवन ओली माछी बस्यो MKA 082
ग) वसन्त थापा लोभी आँखा MKA 083
घ) राजेश बर्देवा फल मिठो MKA 084
ङ) सुजन लम्साल फुल जस्तै MKA 085

१८.उत्कृष्ट ५ गायिका लोकदोहोरी
क) अन्जु गौतम काउली फुल्ने MKA 086
ख) जुना श्रीष जाम सुस्तै MKA 087
ग) लक्ष्मी मल्ल लोभी आँखा MKA 088
घ) सञ्जु न्यौपाने लाहुर MKA 089
ङ) सम्झना भण्डारी औंठी बेरुवाको MKA 090

१९.उत्कृष्ट ५ गायक लोकदोहोरी
क) कुलेन्द्र वि.क. सालको पात MKA 091
ख) विक्रम परियार चौतारीको वर MKA 092
ग) रन्जित परियार रेलको भाडा MKA 093
घ) सन्दिप न्यौपाने लालुमै MKA 094
ङ) सुसन साम्सोहाङ झापाको सुपारी MKA 095

२०. उत्कृष्ट ५ दोहोरी गीत
क) गलबन्दी प्रकाश सपुत MKA 096
ख) मुखैमा चिनी सुनिता दुलाल MKA 097
ग) लालुमै सन्दिप न्यौपाने MKA 098
घ) लोभी आँखा अनिल केसी MKA 099
ङ) सालको पात कुलेन्द्र वि.क. MKA 100

२१.उत्कृष्ट ५ मोडल पुरुष लोकदोहोरी
क) आशिर प्रताप जंग अभाव MKA 101
ख) दिनेश थापा काँ होला र सुन जस्तो MKA 102
ग) पिएन सापकोटा के छ कोसेली MKA 103
घ) सन्दिप न्यौपाने लालुमै MKA 104
ङ) श्याम घिमिरे फूल जस्तै MKA 105

२२.उत्कृष्ट ५ मोडल महिला लोकदोहोरी
क) अन्जली अधिकारी पान खायो मायाले MKA 106
ख) अन्जु निरौला मायाको झण्डा MKA 107
ग) जुना सुन्दास फूल जस्तै MKA 108
घ) ज्योति खड्का काउली फुल्ने MKA 109
ङ) शशि पुन देशार चोखो माया लाको MKA 110

२३.उत्कृष्ट ५ निर्देशक लोकदोहोरी
क) प्रकाश भट्ट लालुमै MKA 111
ख) मौसम हिमाली फूल जस्तै MKA 112
ग) बबिता श्रेष्ठ एक हजारको नोट MKA 113
घ) स्मृति तिमिल्सिना अभाव MKA 114
ङ) शंकर बिसी पान खायो मायाले MKA 115

२४.उत्कृष्ट ५ गजल
क) कुनै दिन त भेट होला डा.कृष्णहरि बराल MKA 116
ख) चुपचाप छौ सुदन डोटेल MKA 117
ग) तिमीसँग छुटेपछि माधव निर्दोष MKA 118
घ) भए पनि अफगान लोकराज अधिकारी MKA 119
ङ) समय आएपछि ध्रुव केसी MKA 120

२५.उत्कृष्ट ५ नवप्रतिभा पुरुष सुगम संगीत
क) अमर राई के पायौ र धन MKA 121
ख) आशिष सचिन पिरिम नलाउने MKA 122
ग) जीवन थापा मगर आउँछु म फर्केर MKA 123
घ) नारायण थापा आजकलका मुना मदन MKA 124
ङ) सुसन कुइँकेल कान्छी MKA 125

२६.उत्कृष्ट ५ नवप्रतिभा महिला सुगम संगीत
क) पूर्णिमा लामा फूल भनुँ MKA 126
ख) बेनिशा पौडेल आँखैमा लाउने MKA 127
ग) सुदृष्टि राई मेरो गाउँ मेरो भाषा MKA 128
घ) पविता शर्मा सोह्र वर्षे MKA 129
ङ) शर्मिला राई आँखामा गाजल MKA 130

२७.उत्कृष्ट ५ संगीत संयोजन सुगम संगीत
क) उदयराज पौडेल मेरो भागको खुशी MKA 131
ख) पुस्कर सुनुवार आकाशको जून MKA 132
ग) मनोज चौलागाईं यो नाटक जस्तो MKA 133
घ) मनोहर सुनाम मन दिएँ मुटु दिएँ MKA 134
ङ) रिकेश गुरुङ धनले होइन MKA 135

२८.उत्कृष्ट ५ ध्वनि सम्पादक सुगम संगीत
क) किशोर थापा धनले होइन मनले MKA 136
ख) प्रकाश मिश्र कस्तो नशालु MKA 137
ग) भोला पौडेल मन दिएँ मुटु दिएँ MKA 138
घ) मनोज परियार किराना पसल–२ MKA 139
ङ) महेश्वर राजभण्डारी मेरो भागको खुशी MKA 140

२९.उत्कृष्ट ५ मोडल महिला सुगम संगीत
क) अनामिका चौलागाई याद तिम्रो MKA 141
ख) उषा सुवेदी धोका MKA 142
ग) मेलिना सुवेदी तिमी सँग यो जुनी MKA 143
घ) विनु शाक्य नाकैको टुप्पोमा MKA 144
ङ) सुनिशा बजगाई धनले होइन मनले MKA 145

३०.उत्कृष्ट ५ मोडल पुरुष सुगम संगीत
क) कमल सिंह नजिक यति भएर MKA 146
ख) गुणराज श्रेष्ठ निवेदन MKA 147
ग) जीवन खड्का व्यथा MKA 148
घ) बिनोद न्यौपाने सलल बगेको पानी MKA 149
ङ) सनम कठायत नभुल्न सक्ने MKA 150

३१.उत्कृष्ट ५ छायाँकार सुगम संगीत
क) बुद्ध थापा मेरो भागको खुशी MKA 151
ख) राजेश घिमिरे त्यो रात बिर्सन MKA 152
ग) रामसिंह भाट बिर्सियौ कि MKA 153
घ) सुदिप बराल सलल बगेको पानी MKA 154
ङ) ज्ञानेन्द्र शर्मा बस बस रे MKA 155

३२.उत्कृष्ट ५ भिडियो सम्पादक सुगम संगीत
क) विष्णु शर्मा त्यो रात बिर्सन MKA 156
ख) विकास ज्ञवाली बस बस रे MKA 157
ग) वीरेन्द्र भाट ‘विपिन’ बिर्सियौ कि MKA 158
घ) विनोद बम घुटुघुटु MKA 159
ङ) विकास दाहाल म निदाएसी आयौ MKA 160

३३.उत्कृष्ट ५ म्यूजिक भिडियो निर्देशक सुगम संगीत
क) दिपकराज पाठक मैले भन्दा धेरै माया MKA 161
ख) प्रकाश धिताल म निदाएसी आयौ MKA 162
ग) राजु अधिकारी सलल बगेको पानी MKA 163
घ) राजीव बलामी मनको मिलन MKA 164
ङ) हेम प्रभास आज म तिमीलाई MKA 165

३४.उत्कृष्ट ५ युगल गायन
क) टीका प्रसाईं÷सञ्जीव पराजुली कर्के नजर MKA 166
ख) ध्रुव विस्को÷सरु गौतम प्रेम प्रस्ताव MKA 167
ग) रामकृष्ण ढकाल÷मेनुका पौडेल वेदको अक्षर झैं MKA 168
घ) सहिमा श्रेष्ठ÷डेविट शंकर सलल बगेको पानी MKA 169
ङ) सिमान्त सन्तोष÷बबिना भट्टराई तिम्रो पछि लाग्ने MKA 170

३५. उत्कृष्ट ५ गीतकार सुगम संगीत
क) अमर वान्तु हिंड्नु पर्ने MKA 171
ख) अर्जुनरत्न भिखारी धनले होइन मनले MKA 172
ग) डी.आर. छ्ट्ने हैन हाम्रो MKA 173
घ) नारायण खतिवडा स्वदेश छोडी MKA 174
ङ) बीबी थापा कस्तो नशालु MKA 175

३६.उत्कृष्ट ५ संगीतकार सुगम संगीत
क) दिपक शर्मा पिरिम नलाउनी MKA 176
ख) ज्योति प्रकाश विन्ती छ मलाई MKA 177
ग) मनोज चौलागाई यो नाटक जस्तो MKA 178
घ) राजेश थापा गोधुलीमा उनीलाई MKA 179
ङ) सुनिल मास्के धनले होइन मनले MKA 180

३७.उत्कृष्ट ५ गायिका सुगम संगीत
क) अन्जु पन्त हिंड्नु पर्ने MKA 181
ख) कुन्ती मोक्तान स्वदेश छोडि MKA 182
ग) मिना निरौला देउरालीको फूल MKA 183
घ) रेनु मोक्तान दिलै आज MKA 184
ङ) रिता केसी मुटु चुडिन्छ MKA 185

३८.उत्कृष्ट ५ गायक सुगम संगीत
क) प्रकाश रेग्मी तिमी बिना MKA 186
ख) प्रमोद खरेल यो कुरा गोप्य MKA 187
ग) रमेशराज भट्टराई राखी MKA 188
घ) सरोज कोइराला सासै फेर्न गाह्रो MKA 189
ङ) शिव परियार मेरो भागको खुशी MKA 190

३९.उत्कृष्ट ५ एल्बम सुगम संगीत
क) अमर भावना अमर वान्तु राई MKA 191
ख) आकृति सरोज कोइराला MKA 192
ग) ढुकढुकी नारायण खतिवडा MKA 193
घ) पञ्चामृत अर्जुनरत्न भिखारी MKA 194
ङ) लभ गुरु बी.बी. थापा MKA 195

४०.उत्कृष्ट ५ गीत (आधुनिक÷पप)
क) अर्को जुनी सरोज वली MKA 196
ख) नाच फिरिरि महेश काफ्ले MKA 197
ग) पिरिम नलाउनी आशिष सचिन MKA 198
घ) लुकी लुकी टीका प्रसाई MKA 199
ङ) यो कुरा गोप्य प्रमोद खरेल MKA 200

आफु र आफ्नो मन परेको स्रष्टालाई भोट गर्नको लागि MKA (स्पेस) आफ्नो कोड टाइप गरि 34343 मा पठाउनुपर्ने छ ।

कात्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका  १२ गते तोकिएको छ ।

किहु अरुणोदय समाज काठमाडौंद्वारा सिग्देल र थापा सम्मानित

काठमाडौं, ०६ कार्तिक – तनहुँ स्थित भिमाद नगरपालिकाको किहु र अरुणोदय क्षेत्र थातथलो भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका तनहुँवासीको साझा मंच किहु अरुणोदय समाज काठमाडौंले क्रमश अस्ट्रेलिया र चेक रिपब्लिकलाई कर्माथलो बनाउदै आएका सुरेन्द्र सिग्देल र लोकबहादुर थापालाई सम्मान गरेको छ । किहु अरुणोदय क्षेत्र पैत्रिक थलो भएका सिग्देल र थापाले विदेशी भुमीमा रहेर आफ्नो थातथलोको बिकास र उन्नयनका निम्ती गर्दै आएको प्रयासको कदर गर्दै सम्मान अर्पण गरेको हो । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रम माझ उनीहरुलाई संस्थाका अध्यक्ष निर्मल कुमार ‘लाटो मगर’ र उपाध्यक्ष महेन्द्र सिग्देलले सम्मान गरेका थिए । सम्मानित भए लगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले मानिस जहाँसुकै गए पनि र जस्तो सुकै अवस्थामा भए पनि आफ्नो पुर्ख्यौली थलोलाई बिर्सन नसक्ने कुरा राख्नुका साथै सम्मान कार्यक्रमले आफ्नो गाउठाउको बिकासमा लाग्न थप उत्प्रेरणा मिलेको बताए । समाजका अध्यक्ष निर्मल कुमार ‘लाटो मगर’ ले सामाजिक मुल्य मान्यतामा राजनीतिकरण हुँदै गइरहेको प्रति रोस ब्यक्त गर्दै किहु अरुणोदय समाजले कुनै सिद्धान्तका आधार कोहिकसैलाई पनि भेदभाव र वर्जित नगरि सुख दु:खमा सबैलाई साथ सहयोग गर्ने गर्दै आएको र आफ्नो बाजे बराजु देखी प्रचलनमा रहेका मौलिक संस्क्रितीको जगेर्ना र विकासमुलक काममा लागि पर्दै आएको बत्ताए । त्यस्तै, समाजका उपाध्यक्ष महेन्द्र सिग्देलले किहु अरुणोदय क्षेत्रबाट बसाई सराई गरि जानेको संख्यामा बर्शेनी ब्रिद्धि हुँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै गाउँ फिर्ती अभियानको खाचो औल्याए । राजु दर्लामीको संयोजनमा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी एवम तनहुँवासीको उपस्थिती रहेको थियो ।

प्लस साइज युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो संस्करणको अडिसन कार्तिक ३० मा हुने

काठमाडौँ — कार्तिक ५। धेरै युवतीहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुँदैछ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्प्ष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौँको बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गत्ते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साईज नेपाल आयोजना गर्दै आएको छ । इभेन्ट आयोजना गर्नुको उदेश्य बारे प्रकाश पार्दै ओमानीयाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन ‘प्लस साइज (मोटोपना)का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्धी गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो। प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता “वर्ल्ड टप प्लस साईज, २०२०” मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराईन । उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कार्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।

अपराध नियन्त्रणका लागि हाई टेक क्यामेरा जडान गर्दैछौ : वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदी

काठमाण्डौं, कार्तिक – महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकामा फेसियल डिटेक्सन गर्न सक्ने उच्च प्रविधीयुक्त हाई टेक क्यामेरा जडान गर्ने तयारीमा रहेको बताएका छन् । मैतीदेवीमा नेपाल प्रहरी, स्थानिय तह, समुदाय र सामाजिक संस्थाको संयुक्त आयोजनामा भएको सुरक्षा सम्बन्धी अन्तर्क्िरया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै उनले सो कुरा खुलासा गरेका हुन् । सुवेदीले समुदायको रमाईलो नै प्रहरीको खुसी रहेको बताउदै प्रहरी नागरिकको शान्ति सुरक्षामा दत्तचित्त भएर लाग्दै आएको पनि बताए । वरिष्ठ प्रहरी उपरिक्षक सुवेदीले दशैमा उपत्यकाको घर छाडेर गाउं वा घुमफिरका लागि अन्यत्र जादां प्रहरीलाई खवर गर्न नेपाल प्रहरीले जारी गरेको अनुरोध सफल साबित भएको बताउदै उक्त सुचनाका आधारमा करिव ५०० जनाले जानकारी गराई गएकामा ३ वटा घरमा चोरी प्रयास भएको र ती घरहरुमा चोरी हुन पुर्व नै चोर पक्रिन सफल भएको जानकारी गराएका थिए । साथै उनले शहरी क्षेत्रमा रहेका घरको मुल्य लाखौं करौडौ पर्ने भए पनि सुरक्षाका लागि हजारको आकडामा पाईने सिसिक्यामरा जडान गर्न खासै चासो दिने नगरेको प्रति कटाक्ष समेत गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै काठमाण्डौं महानगरपालिका ३० नंबर वडाका वडाध्यक्ष दलबहादुर कार्कीले नेपाल प्रहरी र समुदाय बीचको समन्वयका कारण पछिल्लो समयमा अपराधिक घटनाहरुमा न्यूनिकरण हुदै गएको उल्लेख गर्दै समुदाय, प्रहरी र स्थानिय तह बीचको समन्वयमा जनचेतनामुलक कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन अझ लागिपर्नुपर्ने आवश्यकता औंल्याए । वडाध्यक्ष कार्कीले घरमा कस्तो मानिस राख्दैछौं भन्ने सवालमा पनि घर धनीले सावधानी अपनाउन सके आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पुग्ने धारणा राखेका थिए । कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख, प्रहरी नायव उपरिक्षक भरत बाबु विकले समुदायबाट प्राप्त हुने सहि सुचना एवं साथ सहयोगले अप्रिय घटना रोक्नमा सघाउ पुग्ने जनाउदै आफ्नो टोल छिमेकलाई सुरक्षित बनाउन नागरिक स्तरबाट समेत आवश्यक जिम्मेवारीबोधका साथ अघि बढदै सहयोग पुर्याउन आग्रह समेत गरे । प्रहरी नायव उपरिक्षक विकले आउदै गरेको चाड तिहारमा वायु प्रदुषण जन्य पटका, विकृतिजन्य जुवातास र मादक पद्धार्थ सेवन गरि वातावरण प्रदुषण तथा सामाजिक मुल्यमान्यता माथि खलल पुर्याउने जो कोहि पनि कानुनी दृष्टिले कसुरदार ठहरिने हुदाँ त्यस्ता विकृतजन्य क्रियाकलापमा संलग्न नहुन आग्रह गरे । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज र प्रहरी बीचको साझेदारीले हिंसा र आतंक न्यूनिकरणमा टेवा मिल्दै आएको बताए । मैतिदेवी युनाईटेड युथ क्लबका अध्यक्ष राम कुमार खड्कीले सुरक्षित समाज निर्माणमा युवा लक्षित सचेतनामुलका कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखेका थिए । अन्तक्र्रिया कार्यक्रममा जन समुदायको तर्फबाट आ आफनो राय, सुझाव एवं धारणा व्यक्त गर्दै चेतनामुलक कार्यक्रमका विषयमा धेरै भन्दा धेरै जनसंख्यासम्म सुचना एवं जानकारी नपुग्ने गरेको, लागु औषध, फोहर मैला, राजनैतिक खिचातानी आदी विषयले शान्ति सुरक्षा भंग हुने गरेको कुरा राखेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, सामुदायिक सेवा केन्द्र कालोपुलका अध्यक्ष चन्द्रबहादुर खत्री, काठमाण्डौं महानगरपालिका ३० नंबर वडाका वडा सदस्यहरु, महानगरीय प्रहरी परिसर, काठमाडौंका समुदाय शाखा प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेल, कमलपोखरी ट्राफिक इन्चार्ज प्रहरि उपरिक्षक सुनिल कार्की लगायतका प्रहरी अधिकृत, नगरवासी, राजनितिक दलका प्रतिनिधी, समानसेवी, बुद्धिजिवीको उपस्थिती रहेको थियो । सो अन्तक्र्रिया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । . रक क्याफेमा आयोजित सो कार्यक्रम समुदाय प्रहरी वडा र टोल समिति, कामपा ३०, महानगरिय प्रहरी वृत्त, कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्साल र मैतिदेवी युनाईटेड क्लबले संयुक्त रुपमा गरेका हुन् ।