गायक ध्रुव विस्कोले नयाँ देउडा गीत सार्वजनिक गरेका छन। ध्रुव कै कम्पोजमा तयार भएको “मनको कुरा” बोलको गीतमा कृष्ण केसिको शब्द रचना रहेको छ भने गीतलाई नरेन्द्र बियोगिले एरेन्ज गरेका हुन्।
ध्रुवकै कथा र निर्देशनमा तयार भएको गीतको भिडियोमा नायक पुष्प खड्काको मार्मिक अभिनय देख्न सकिन्छ। भिडियोमा पुष्प संगै दिनेश डिसि, रश्मि भट्ट, सारदा गिरि, रमेश केसि, संगम भट्टराई लगायतका थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ। चक्र बहादुर बरालले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन्।