पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।

नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । गत वर्ष राजधानी काठमाण्डौ स्थित भृकुटीमण्डपमा पौष २, ३ र ४ गते भव्य रुपमा सम्पन्न भएको यस कार्यक्रमलाई यस वर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ पौष२४, २५ र २६गते गर्ने उदेश्य लिएको छ । ३ दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपाली कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र को प्रदर्शनी समेत गरिने आयोजक समितिले जानकारी गराएको छ । महोत्सवमा नेपाली कथानक चलचित्र तर्फ हाँस्य र समाजिक गरी २ विधाका लागी निर्देशक, लेखक, नायक÷ नायिकाको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रध हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक ÷ नायिकाको विधामा प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ ।

फिल्म मेकर्सहरुलाई अन्तराष्ट्रिय स्तरको चलचित्र, वृत्तचित्र, लघुचलचित्र निर्माण गर्न प्रोत्साहन गर्दै पर्यटन वर्ष २०२० लाई भव्य रुपमा स्वागत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ । कार्यक्रमको समापन २६ गते शनिवार धनगढी रंगशालामा एक भव्य सांगितिक कर्यक्रममा विचमा समापन गरिने भएको जसमा नेपालका ख्याति प्राप्त गायक÷गायिका, नायक÷ नायिकाको समेत उपस्थिति रहने संस्थाका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।

म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान

मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो ।

शुभकामना मिडिया शोलुसन प्रा।लि।को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यता एवम् म्युजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

मनोनयन प्रमाण पत्र प्रदान कार्यक्रममा पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एस।पी। कोइराला, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतता राना प्रधान, सङ्गीत उद्योग सङ्घ नेपालका अध्यक्ष सूर्य मगर, प्रभु पेको तर्फबाट नारायण ढकाल, म्युजिक खबरका सल्लाहकार लेखक निर्देशक मोहन निरौला, सङ्गीतकर्मी एवम् व्यवसायी पृथ्वी थकाली, सङ्गीतकर्मी आरसी कोइराला, सङ्गीतकर्मी एवम् व्यवसायी उज्ज्वलजंग ठकुरी, अभिनेता विनोद श्रेष्ठ, आइआइएफटी स्कुल अफ फेसनका तेन्जिङ शेर्पालगायत अतिथिहरुको उपस्थिति रहेको थियो । अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य दिँदै अवार्डलाई गरिमालाई बढाउने क्रममा म्युजिक खबरले यात्रा अगाडि बढाएको बताए । अतिथिहरुले शुभकामना मन्तव्य राख्दै गीतसङ्गीतमा पत्रकारिताका माध्यमले होस् या अवार्डका माध्यमले म्युजिक खबरले महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए ।

सञ्चारकर्मी लोकराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सुमन पण्डितले अवार्डमा सहभागी भएको सम्पूर्ण कलाकार नै म्युजिक खबर परिवार भएको बताए ।

गीतसङ्गीतका ४० विधामा आयोजना गरिएको यो अवार्डको आठौं संस्करण यही मंसिर २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न हुँदैछ ।

लज्जाशरणम् ! दुई तिहाईकाे सरकारले के दियाे ?

बिगतका विश्व युद्धहरुमा संसारका कयौं शक्ति सम्पन्न देशहरु अनेकन साम्राज्य र उपनिवेश बने, बहादुर शाह र पृथ्वीनारायण शाहहरुले बाईसे र चौबिसे राज्यहरुलाई एकत्रित गरे देखि नै स्वतन्त्र, सार्बभौम र निर्भीक राष्ट्र “नेपाल” आज रोएको छ । हिजोका रास्ट्रवादी वीर गोर्खाली भक्ती थापा, बलभद्र कुँबरहरुको अदम्य शाहस, पौरख र ममताले टिष्टा, कांगडा र नालापानीमा बग्न नदिएको ईतिहास आज लिपुलेक, लिम्पियाधुरा र सुस्ता हुँदै कालापानीमा बगेको देख्दा हरेक नेपाली मनहरु रोएका छन तर कठोर, निर्लज्ज र लम्पसारवादी बर्तमान दुईतिहाईको ओली सरकार भारतको गुलाम र चिनको मतियार हो कि जस्तो लाग्छ  !

तत्कालीन एमाले र प्रचण्ड नेतृत्वको माओवादी मिलेर बनेको नेकपाका शिर्ष नेताहरु नेपालका लेण्डुप हुन कि जस्तो  पनि लाग्छ, होली वाईनका एजेन्ट बनेर नेपाललाई धार्मिक, सांस्कृतिक र राजनैतिक बिचलनको प्रयोगशाला बनाएर राष्ट्रिय एकता र अस्मिता बेच्ने नव-सामन्तवादी भरियाहरु हुन कि जस्तो लाग्छ ! अब नेपाली जनताहरु फगत रेल, ग्याँस र पानी जहाजका खोक्रा आदर्श र दर्शन भन्दा माथी उठौँ । राजनैतिक नैतिकता र ईमान्दारीता बन्धक राख्ने अवसरवादी कम्युनिस्टहरुको पहिचान गरौँ ।

बर्तमान सरकारले गर्नुपर्ने दायित्वमा नपरेका जस्तै भ्रष्टाचार, बलात्कार, बढ्दो महङ्गी, र नागरिकको असुरक्षाको बिरोध गर्ने बेला आएको छ !

संगीताको निर्देशनमा ‘टिलपिल टिलपिल तारा…’ (भिडियोसहित)

काठमाडौं, मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।
संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।
गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।

कतारमा नेपाली कामदार गोर्खबहादुर राईलाई नगद इनाम

दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् । २००८ मा कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका राई अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । कार्पेन्टर, स्टिल फिक्स्चर, मेसनको काममा पनि राई सिपालु भएका छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेर नै आफूले पुर्व झापामा जग्गा जोडेको राई बताउँछन् । ईनाम पाएर खुशी भएका उनले, आफुले पाएको रकम छोराको पढाईमा खर्च गर्ने बताएका छन् । साथै, राईले कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएको बताउदै उनले सबै कामदारहरुसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्दै आएको ख्लासा गरे । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुसँग मित्रवत व्यवहार गर्ने गरेको राईको भनाई छ । लगनशिल, कर्तव्यनिष्ठ र इमान्दार भई काम गर्ने आफना कामदारहरुलाई समयसमयमा प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका कम्पनीका मालिक नासर अल अलीले आफना कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका २५ जना कामदारहरुलाई भर्खरै मात्र पनि ५ -५ ग्रामको सुनको सिक्का इनाम स्वरुप प्रदान गरेको पनि उनले जनाए ।

मिस एण्ड मिसेस व्युटिफुल नेपालको पांचौ संस्करण को अडिसन पौष ५ गते हुँदै

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ४ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल-२०२० को अडिसन यहि आउदो पौष ५ गते शनिबार रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वरमा गर्ने आयोजक सस्थाका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन l यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।

चर्चित कोरियोग्राफर अश्विनी झालाई सिङ्गापुरमा ईन्टरनेशनल गोल्डेन ब्राण्ड अवार्ड

काठमाडौँ , सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विश्व भरका विभिन्न ३० राष्ट्रबाट आएका २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हज द्वारा सम्मान गरिएको थियो ।

त्यसैगरि महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा ब्यबासयी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए ।

सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनि ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन् । उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समुहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा बिगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् । राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएका झा बिबाहित महिलाहरुको लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिब समेत रहेका छन् ।

त्यसैगरी, लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकि बिजेता हुन् भने उनि युवा ब्यबसायी, समाजसेवीको रुपमा समेत परिचित छिन । महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन ।

नवीकरणिय उर्जा प्रवर्द्धनका लागि संयुक्त राज्य दुतावास युवा परिषद-गियर समुहको कार्यशाला

सरोज ओझा
काठमाडौं, ०८मङ्सिर – संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी दुतावासका सुलभ भट्टले प्रमुख वक्ताका रुपमा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रम युवाहरुलाई आपसमा जोड्ने र उत्प्रेरणा दिने समाधानका रुपमा रहनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गरे ।

कार्यक्रममा डा। श्रेष्ठद्वारा प्रस्तुत बुदाँमा वनमारा, सल्लाको सुइरो, सालको पात, आरो पस्चात निक्लने धुलो लगायतका बनस्पतिय अपशिष्टको प्रयोग गरि बायो उर्जा उत्पादन गर्न सकिने र मुख्य ईन्धनको स्रोत प्रयोगमा नआएका ग्रामिण बस्तीमा बायो उर्जालाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्न सकिने उल्लेख थियो । साथै, उनले नेपालको नवीकरणिय उर्जाको क्षेत्रमा प्रविधी हस्तान्तरण, पारिस्थितिक प्रणाली, जनमानसमा प्रयुक्त अचेतन आदीलाई मुख्य चुनौतीका रुपमा प्रस्तुत गरेका थिए ।

त्यसैगरि, कार्यक्रममा क्लिन कूक अलायन्सकी करुणा बज्राचार्यले असल अभ्यास र जीवकोपार्जनमा यसको तात्पर्य बिषयमा प्रस्तुतीकरण दिएकी थिईन । प्रस्तुतीका क्रममा बज्राचार्यले स्वास्थको दृष्‍टिकोणबाट पनि जनमानसमा मौजुद दाउरा बाल्नुपर्छ भन्ने मान्यता र चलनमा बदलाव ल्याउन नवीकरणिय उर्जाको महत्व बारे जानकारी दिलाउन आवश्यक रहेको सन्दर्भ उजागर गरिन् । साथै, शुद्ध प्रविधीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिईन् ।

कार्यशाला माझ विण्ड पावर नेपालका संस्थापक एवम् प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले ठुलो प्रकृतीका बायोग्यास प्लान्टका चुनौती बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । सो क्रममा उनले आफुहरुले एलपिजी ग्यासको विकल्प खोज्दै पोखरामा चार हजार क्युविक मिटर आकारको प्लाटबाट सिलिण्डरमा बायोग्यास भर्दै बिक्री गर्दै आएको जनाउदै आफ्नो कम्पनी बायोग्यास उत्पादन गर्ने नेपाल कै पहिलो कम्पनी रहेको जानकारी गराएका थिए । साथै, नेपालमा ठुलो परिमाणमा बायोग्यास उत्पादन गर्ने कम्पनीको उदेश्य रहेको बताउदै उनले ठुलो परिमाणमा उत्पादन गर्न कम्पनीले गर्दै आएको प्रयास र चुनौतीका बारेमा प्रकाश समेत पारेका थिए ।
ततपस्चात् युएसवाईसी अन्तर्गतको ग्रीन ईनर्जी एसेसमेंट रिसर्चकी प्रोजेक्ट लिडर सिजल पोखरेलले हरित उर्जा मुल्यांकन अनुसन्धान अर्थात गियर कार्यक्रमको निचोडका बिषयमा प्रस्तुती दिएकी थिईन् । प्रोजेक्ट लिडर पोखरेलले त्यसै खेर जाने वानस्पतिक स्रोत भएका ठाउँमा नवीकरणिय उर्जा उत्पादन गरि प्रयोगमा ल्याउदाको अवस्थामा उर्जा विविधिकरणको सम्भावना रहने औंल्याईन । साथै, पोखरेलले फर्निचर, प्लाईउड जस्ता उद्योगमा रहने अधिक मात्राको अपविष्टलाई पेलेट अर्थात गोलीको रुपमा प्रयोगमा ल्याउन सकिने स्पष्ट पारिन् ।
ततपस्चात् नेपालमा नवीकरणिय उर्जा प्रविधीको प्रवर्द्धन गर्ने उदेश्य प्रेरित समस्याको मिहिन पहिचान, अवसर र भावी रणनितीको खोजका लागि कार्यशाला माझ ब्यवसायी, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा निजी क्षेत्र सम्बद्ध प्रतिनिधी बिच समुह छलफल गराईएको थियो । यस सत्र माझ ईमर्जिङ टेक्नोलोजीका अभिशेक यादव, नवीकरणिय उर्जा, पानी आपुर्ती तथा फोहर मैला ब्यवस्थापन केन्द्र९ चितवनका प्राचिन लाल श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रतिमा केसी, बायोमास ईनर्जी इन्टरप्रेनर एशोसियसन नेपालका अध्यक्ष सुशिल ज्ञवालीले वक्ताको रुपमा बोलेका थिए । सो अवसरमा प्रस्तुतकर्ताहरुले हालसालैको अध्ययनले वानस्पतिक बुटयानबाट दुई दशमलव सात छ मिलियन बायोमास पेलेटका रुपमा उत्पादन गर्न सकिने र त्यसलाई उद्योगहरुमा तापिय उर्जाका रुपमा प्रयोगमा ल्याउन सकिने औंल्याएका थिए । त्यसो गर्न सकिएको खण्डमा वातावरणिय सुरक्षा र नेपालको व्यापार घाटा कम गर्न मद्दत मिल्ने उनीहरुको सुझाव छ ।

ग्रीन ईनर्जी एसेसमेंट रिसर्च प्रोजेक्टकी लिडर सिजल पोखरेलले कार्यशालाको उद्देश्य वातावरण मैत्री उर्जा समाधानका लागि भावी दिनमा हुने छलफल र कार्यगत एकतामा सहयोग पुर्याउने रहेको बताईन् । साथै, यस क्षेत्रका विज्ञ, विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थी, अन्वेषक, अनुसन्धानकर्ता र सरोकारवाला बिच समन्वय स्थापित गराउन कार्यशाला फलदायी बन्नेमा आफू लगायत गियर टिमका सदस्यहरु विश्वस्त रहेको पनि उनले स्पष्ट पारिन् ।

थाईलैण्डमा हुन लागेको ग्लोवल स्टार अवार्डलाई नेपालकै अग्रणी ट्राभल्स संस्था कान्तिपुर होलीडेजको साथ

काठमाडौं । नेपाली कला,संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा,सर्जकहरुलाई विश्वव्यापी पहिचानका लागी अंग्रेजी नव वर्ष २०२० को अवसरमा थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुने भएको छ । वल्र्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना हुन लागेको अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा गीत तर्फ नेपाली तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गीतहरुको दर्ता गर्न सकिने छ भने अन्य विधामा समेत नेपालबाट अवार्डका लागी छनौट भएका आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।
नेपालबाट छनौट भएका करीव ४० जना स्रष्टाहरुलाई थाईलैण्डमा हुने उक्त भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनुका साथै नेपालका चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । नेपालको विश्वसनीय ट्राभल्स संस्था कान्तिपुर होलीडेजले कार्यक्रममा सहभागी कलाकारहरुको भ्रमण व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ । सहभागी कलाकारहरुलाई थाईलैण्डको बैंकक तथा पटायाका विभिन्न रमणीय स्थानको अवलोकन गराउनुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखेका नेपालकै सर्वाधिक गुणस्तरीय ट्राभल्स संस्थाको उपमा पाएको कान्तिपुर होलीडेजका महाप्रबन्धक हेमराज भट्ले जानकारी दिए ।