Logo
20 Apr 2024    ८ बैशाख २०८१, शनिबार

ताजा खबर

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘हेल्लो’ सार्वजनिक (भिडियो सहित)

admin

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ ।

भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोतारदर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता तथा दर्शकको रोजाइमा रहेका छन् ।

‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘हेल्लो’ स्रोता तथा दर्शक माझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेशले भने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको