Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

हार्ट फेलियर हुनबाट जोगिए शाह

admin

काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा।अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह खतरा मुक्त भएको बताए । खोज पत्रकारितामा दक्खल राख्ने शाह नेपाली पत्रकारीता क्षेत्रमा नविन सिर्जना भित्र्याउने आयाम बोकेका ब्यक्तिका रुपमा परिचित छन् । पछिल्लो समय काठमाण्डौ मलको भ्रष्टचारको विषयमा कलम चलाउदै गर्दाको अवस्थामा गत बैशाख ३ गते उनी माथि काठमाण्डौ मल परिसरमै सांघातिक हमला भएको थियो । रड हमलाबाट घाईते बनेका शाह तीन हप्तासम्म नर्भिक अस्पतालमा उपचारका लागि बस्नु परेको थियो । ज्यानै लिने गरि भएको सो आक्रमणपछि शाह अस्वस्थ रहदै आएका छन् । शाहलाई आक्रमणकारीहरुले छात्ती र खुट्टामा प्रहार गरेकाले दुबै ठाउँमा दखल पुगेको थियो । जुन अहिले बल्झिएको उनको भनाई छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको