गायक सपन श्रेष्ठको “लै बरी लै” म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा (भिडियो सहित)

गायक सपन श्रेष्ठ स्वरवद्ध तथा रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा परिरहेको छ । नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिजि भएको भिडियोले सर्वत्र सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।  सार्वजनिक भए संगै चर्चामा आउन सफल भैसकेको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।

गायक श्रेष्ठको भिडियोमा नेपालका चर्चित मोडलहरु तनुजा गुरूङ, सुष्मा अधिकारी ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारी लगायतकालाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गायक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ।
निकै उत्कृष्ट देखिएको भिडियो लाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् । दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
एउटै गीतमा एक साथ चर्चित मोडलहरु एक साथ देखिनुमा ‘गीतकै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु ‘ गायक श्रेष्ठले भने।
ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत भिम बिकलाई सहयोग गर्ने, समाजसेवी अन्जना श्रेष्ठले बताईन ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *