मिस एण्ड मिसेस व्युटिफुल नेपालको पांचौ संस्करण को अडिसन पौष ५ गते हुँदै

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ४ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल-२०२० को अडिसन यहि आउदो पौष ५ गते शनिबार रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वरमा गर्ने आयोजक सस्थाका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन l यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *