‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ सम्पन्न

काठमाडौं । लालिगुराँस नेसनल एकेडेमीले ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ आयोजना गरेको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए ।

‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानकारी गराउदै लालिगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बढाथोकीले भने ‘विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउने मञ्च भनेको विद्यालय हो । विद्यालयमा फरक फरक क्षमता भएका विद्यार्थीहरू रहेका हुन्छन् । मिस नेपाल उषा खड्गी , नायक श्रीदेव भट्राई लगायतको निणार्यक टोलीले निणार्यक भूमिका निर्वाह गरेका थिए ।

उनीहरूको क्षमतालाई पहिचान गरी प्रस्फुटन गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले पठनपाठनलगाएत विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि र भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सफलता हासिल गर्न सकून् भनेर विगतदेखि नै यस्ता कार्यक्रमहरू गर्दै आइरहेको बताए ।

प्रिन्सिपल बुढाथोकीले थुप्रै चुनौतीका बाबजुत यो शैक्षिकसत्रदेखि कक्षा ११ को पठनपाठन शुरू गरिएको जानकारी दिदै उनले शुरूकै वर्षमा ५१ जना विद्यार्थीहरू भर्ना हुनु आफूहरूप्रतिको विश्वास भएको र यसलाई आफूहरूले घात गर्न नदिने प्रतिबद्धता जनाए । साथै, उनले विस २०६५ सालमा जम्मा २८ जना विद्यार्थीहरू भर्ना गरेर शुरू गरिएको लालिगुराँस नेसनल एकेडेमीमा अहिले १६ सय ७० जना विद्यनर्थीहरू रहेको जानकारी गराए ।

उक्त विद्यार्थीहरूमध्ये ३ देखि ७ कक्षासम्मका ६७ जनाले ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ मा सहभागीता जनाएका थिए । विभिन्न समूहबीच भएको प्रतिस्पर्धामा प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो गरी ३ जनालाई मुख्य विजेता, सहविजेता र उपविजेता धोषणा गरिएको थियो ।
प्रतियोगीको ड्रेस डिजाईन पेजेन्ट नेपालकी प्रमुख तथा फेशन डिजाईनर ममोथा बस्नेतले गरेकी थिईन ।

विजेता प्रतियोगी छात्रछात्राहरूः

क० जुनियर छात्रतर्फ विजेताः

१० मुख्य विजेताः अभिषेकजंग प्याकुरेल
२० फस्ट रनरअपः बुभुत्सु सुवेदी
३० सेकेन्ड रनरअपः अग्रीमराज तिवारी

ख० जुनियर छात्रातर्फ विजेताः
१० मुख्य विजेताः जोहना केसी
२० फस्ट रनरअपः प्रियान्सु भट्टराई
३० सेकेन्ड रनरअपः सिमरन घले

ग० सिनियर छात्रतर्फ विजेताः
१० मुख्य विजेता स् सौगात शाह
२० फस्ट रनरअप स् सगुन महर्जन
३० सेकेन्ड रनरअप स् सम्वृद्धजंग ओझा

घ० सिनियर छात्रातर्फ विजेताः
१० मुख्य विजेता स् प्रिन्सा थापा
२० फस्ट रनरअप स् कृति गुरुङ
३० सेकेन्ड रनरअप स् नामसाङ लिम्बु

ङ० पब्लिक च्वाइसतर्फका विजेताहरूः

१० सिनियरतर्फ–
छात्रबाट– सम्वृद्धजंग ओझा
छात्राबाट– सेरियाना बेगम

२० जुनियरतर्फ–
छात्रबाट– अभिषेकजंग प्याकुरेल
छात्राबाट– स्मृति जोशी

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘ मेरो मायाले छुन्छ छुदैन’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको ‘ मेरो मायाले छुन्छ छुदैन’बोलको रोमान्टीक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत रचना तथा साहित्यिक विधामा थुप्रै रेकर्डहरु कायम गरि गिनिज बुक वल्र्ड रेकर्ड बनाएर चर्चा पाउन सफल गीतकार डा.डि.आर. उपाध्यायको शब्द, चर्चित गायक एवं संगीतकार योगेश काजीको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ ।

भिडियोमा अर्जुन तिवारीको डिओपी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ । भिडियोलाई डिआर म्यूजिक एण्ड क्रियसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता तथा दर्शकको रोजाइमा रहेका छन् । यस अघि यि दुई जोडीको हेलो बोलेको गीत निकै चर्चामा रहेको थियो ।
हेलोलाई जसरी दर्शक श्रोताले चर्चाको शिखरमा पुर्याए त्यसै गरि यस गीतबाट पनि उतिकै माया पाउनेमा गायक योगेश तथा गायिका सारिका बताउछन ।

म्यूजिक भिडियो :

फेसियल हाउस स्थापनाको १२ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौंं, सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय संसद सदस्य, सांसद शान्ता चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योगग वाणिज्य महासंघ प्रदेश नं ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा, कर्पोरेट ग्रुपका अध्यक्ष उज्जवल जंग शाह लगायत रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्दैं कर्पोरेट ग्रुपका अध्यक्ष तथा फेसियल हाउसका सल्लाहकार उज्जवल जंग शाहले फेसियल हाउसको उमेरसँगै यसकोे जिम्मेवारी पनि बढेर गएको बताए । उनले फेसियल हाउस व्यवसायमुखी मात्र नभएर सेवामुखी रुपमा अगाडी बढेको बताए । फेसियल हाउसले धेरै महिलालाई तालिम प्रदान गरी उद्यमी बनाउनुका साथै देशका विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरी सेवा पुर्याउँदै आएको बताए । उनले सरकारले लागु गरेको कर प्रणालीका कारण सानादेखि ठूला सबै व्यवसायी मारमा परेकाले यसको उचित समाधान खोजिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा बोल्दै सांसद शान्ता चौधरीले महिलाहरुलाई घरभित्र मात्र सिमित नभएर आफ्नो दक्षता र क्षमता अनुसारको आयआर्जनको काममा संलग्न हुन आग्रह गरिन । उनले आफ्नो संघर्षको बारेमा बताउँदैं संघर्ष विना सफलता असंभव रहेको बताइन् ।

कार्यक्रममा आफ्नो विचार राख्दैं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले महिला उद्यमीका लागि दिइएको सहुलियत सकारात्मक रहेको बताए । उनले महासंघले सधैभरी उद्यमीको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले फेसियल हाउस उपभोक्ताहरु माझ सुपरिचित नाम बनेको जिकिर गर्दै आउदा दिनमा समेत गुणस्तरिय सेवा प्रवाह गर्दै जान सकोस भन्ने भाव प्रकट गरे । त्यसै गरी नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले घरदेखि व्यवसायमा आउने चुनौतीलाई पार गर्दै एक महिला उद्यमीको रुपमा आफूलाई स्थापित गर्दै यो स्थान सम्म आउन सफल भएकोमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । बार्षिकोत्सवका अवसरमा फेसियल हाउसले विभिन्न व्यक्तिहरुलाई अवार्डका साथै मायाको चिनो प्रदान गरेको थियो । हाउसले बेस्ट स्किन केयर सर्भिस अवार्ड बृन्दा लामालाई प्रदान गरेको छ । त्यसै गरी बेस्ट पंचुवालिटी अवार्ड सैगीता रानालाई प्रदान गरेको छ भने वेस्ट हेयर स्टाइलिस्टु तथा वेस्ट प्रमोशन सपोटिङ अवार्डु सोनु के शर्मालाई प्रदान गरेको छ । बेस्ट म्यानेजमेन्ट अवार्ड सौलुजा चौधरीले हात पारिन भने बेस्ट स्टुडेन्टको अवार्ड सरु हमालले प्राप्त गर्न सफल भएकी छिन् । त्यसै गरी सिटिसि मलमा रहेको शाखाले बेस्ट ब्रान्चुको अवार्ड हात पारेको छ । कार्यक्रमको समापन गर्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले १२ औं बर्ष सम्म फेसियल हाउसलाई ल्याइ पुर्याउन सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरेकी थिइन् । उनले आफ्नो एकल प्रयासले मात्र यो संभव नभएको र फेसियल हाउसमा कार्यरत कर्मचारी तथा सुभचिन्तकको साथ र मायाले यहाँ सम्म आउन सफल भएको बताएकी थिइन् ।

मिसेस् नेपाल युके युनिभर्स विनु मिसेस् युनिभर्स २०१९ मा

चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् ।

मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर एक्सिलेन्स अवार्ड २०१९ का विजेता मनिशा डंगोल श्रेष्ठद्वारा संचालित लन्डन फेसन हाउसको आयोजनामा संचालन भएको टुडेज् वुमेन मिसेस् नेपाल युके २०१८ की विजेता विनु लामिछाने पेशाले डेन्टल नर्स हुन् । सन् २००९ देखि लन्डनमा बसोबास गर्दै आएकी एक सन्तानकी आमा विनु लन्डनस्ति ह्यारो विल्ड डेन्टल प्राक्टिसमा प्राक्टिस म्यानेजरका रुपमा कार्यरत छिन् । समाज सेवामा अभिरुचि राख्ने उनी फुर्सदको समयलाई समाज उपयोगि र परोपकारी कार्यमा सदुपयोग गर्न रुचाउँछिन् । यही मेसोमा आगामी फेब्रुअरी महिनामा उनको सक्रियतामा एनएनए युकेको आयोजनामा ओरल हेल्थ डेन्टल अवेरनेस कार्यक्रम संचालन हुन लागेको छ । हाल उनी एनएनए युकेका कोषाध्यक्ष पनि हुन् । मिसेस् युनिभर्स २०१९ का लागि उनको व्यवस्थापन र संयोजन लन्डन फेसन हाउसले गरेको हो भने सोही संंस्था उनका लागि अफियल वार्डरोब पार्टनर पनि हो । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् युनिभर्स २०१९ मा सहभागिता लागि विनुले अन्तर्राष्ट्रिय अवार्ड विजेता फेसन कोरियोग्राफर रोजिन शाक्यबाट आवश्यक अभिभुखीकरण र तालिम प्राप्त गरेकी छिन् ।

मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि जनवरी १ तारिख सम्म चीनको ग्वान्जोमा संचालन हुनेछ । ४२औं संस्करणको मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा तय गरिएको छ । प्रतियोगितामा विश्वका ८० बढी मुलुकका विवाहिता महिलाहरुको सहभागिता रहनेछ । मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यो प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ ।

मनिष र सजलको भिडियोमा ”रावण” को रुपमा देखा परे गजित, (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक गजित बिष्ट हालै सार्वजनिक भिडियोमा ”रावण” को रुपमा देखा परेका छन् । पछिल्लो पटक चलचित्र हैरान निर्माण गरेका गजित बिष्ट विगतका भन्दा केहि फरक ढंग बाट दर्शकहरु माझ प्रस्तुत भएका छन् । भिडियोमा उनकै आफनै भाइ गम्भीर बिष्टको निर्देशन रहेको छ भने गजित आफैले यस भिडियोको कोरियोग्राफी समेत गरेका छन् ।

मनिष वशिष्टको शब्द रहेको रावण बोलको गित बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा संगीत रहेको छ । रावणलाई देख्नासाथ राम मुग्ध भएर भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षण युक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने सायद उनी देवलोकको पनि स्वामी बन्ने थिए ।’ यही श्लोकमा रहेर रचनाकार वशिष्ठले यस गीतलाई रचना गरेका छन ।

हिन्दु धर्मग्रन्थ अनुसार रावण एक खलपात्र हुन् । धर्मग्रन्थमा लेखिए अनुसार रावणलाई नकारात्मक दृष्टिकोणबाट मात्र चित्रण गरिएको छ, तर रावण भित्र पनि सकारात्मक गुणहरुको खोजि गरेर कलात्मक हिसाबले यस भिडियोको कथा बस्तु तयार पारिएको निर्देशक गम्भीर बिष्ट बताउछन । नवराज उप्रेतीको छायाङ्कन रहेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन ।
भिडियो हेर्नुहोस :

स्थगित फेकन फुटसलको फानइनल शनिवार हुने

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आयोजना गरेको फुटसल प्रतियोगिताको रोकिएका खेलहरु सुचारु हुने भएको छ । राजधानीको जि फोर फुटसल ग्राउण्डमा पुनः सञ्चालन हुन लागेको प्रतियोगितामा विजेताको छिनोफानो लाग्ने फेकन फुटसल टुर्नामेन्ट आयोजक समितिका संयोजक उमेश कुशवारले जानकारी दिए ।
फेकनले आफ्ना सदस्यहरु विच विभिन्न छुट्टा छुट्टै टिमहरु बनाएर सञ्चालन गरेको प्रतियोगिताका केहि खेलहरु सञ्चालन भएपश्चात विशेष कारणबस स्थगित गरिएको थियो ।
स्थगित प्रतियोगिता सुचारु गरी विगतामा भएका कमिकमजोरीलाई सच्चाउदै यस फाइनललाई भव्य अनि सभ्य बनाउन आवश्यक रहेको फेकन अध्यक्ष युवराज कटुवालले जानकारी दिए । उनले भने “ अब सबै जना मिलेर पुराना कुरा विर्सेर यस प्रतियोगिताको भव्य समापन गर्नु पर्छ ” ।
भोलि मंसिर २८ गते शनिवार विहान ११ बजे देखी ३ बजेसम्म प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । सेमिफाइनल गेम सेतो गुरास र प्राइम इन्टरनेशनल विच हुनेछ भने यसको विजेता संग यसअघि नै फाइनल प्रवेश गरेको आसागो लायन्ससंग अन्तिम फाइनल खेल हुनेछ । यसको प्रत्यक्षप्रसारण गोलनेपाल डट कममा हेर्न सकिने छ भने विजेताले नगद रु ५० हजार , उपविजेता टोलिले नगद रु ३०हजार र तृतिय स्थान हासिल गर्नेले २० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता र कम गोल खाने गोलकिपरले नगद रु ५ हजार प्राप्त गर्नेछन् ।
फेकन युके एजुकेशन सम्बन्धी तालिम सम्पन्न
फेकनले राजधानीको हार्दिक होटलमा आफ्ना सदस्यहरुलाई एकदिने युके एनुकेशन सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । शुक्रवार आफना सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको र यसले सबै सदस्यहरुको हितमा काम गर्ने फेकन उपाध्यक्ष गिता रिजालले जानकारीे दिइन् । उनले यस्ता कार्यक्रमले कन्सलट्यान्टहलाई व्यवसायीक बन्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा ५० वटा भन्दा बढि सस्थाहरुको उपस्थिति रहेको थियो ।

रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )

काठमान्डौ । नेपाली गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएकी नेपालको पहिलो महिला चलचित्र संगीतकार तथा गायिका रेखा पौडेल र गायक मेख खड्काको आवाजमा सजिएको ”बेईमाना पाराको ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।
गोविन्द प्रसाद उपाध्ययको शब्द तथा रेखा पौडेलको संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । रामेश्वर कार्कीको छायाँकन , भुपेन रायमाझीको सम्पादन तथा रामजी लामिछानेको निर्देशन भिडियोमा रहेको छ ।”बेईमाना पाराको ”गीतमा शिशिर भण्डारी , आश्ष्मिा नकर्मी , सारिका केसी , इन्द्र रायमाझी , गोविन्द श्रेष्ठ , सर्मिला भटट , सिफल जिसी र कुश थापा को अभिनय रहेको छ ।
”बेईमाना पाराको ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

“मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न,अर्को अडिसन यहि पौष ५ र १२ गते

हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको हो। हेटौडामा आयोजित प्रत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाका अनुसार पहिलो अडिसनको समाप्तिसंगै रहर हुँदाहुदै बिभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन यहि पौष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड,हेटौंडामा हुने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै “मकवानपुर लिटल स्टार,२०२०” का उत्क़ृष्ट १० प्रतिस्पर्धीहरुले भारतमा आयोजना हुने “ईन्डिया किड्स फेसन वीक”मा सहभागी हुन पाउनेछन । प्रतियोगिताको बिजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरु्लाई बिभिन्न म्युजिक भिडियो, बिज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाले बताए l यस सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले अडिसन फाराम भर्नको निम्ति निम्न व्याक्ति र सम्पर्क नम्वरहरुमा सम्पर्क गरि भाग लिन सक्ने छन । सद्दाम हुसैन — ९८६५१२८३२६ बिबेक बिक्रम शाहा — ९८४५५०३९४० आर्यन बिक्रम नेपाल — ९८६८१३७३०८ आदिल अन्सारी — ९८४२१३१८९८ गौरव सिग्देल — ९८०६८९२६११ सोफिया फागो — ९८११२९९०८६ स्वीकृती ढुङ्गेल — ९८०४२४००६

‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते

शान्तिनगर, वानेश्वरमा रहेको ग्ल्यासियर इन्टरनेशनल कलेजको आयोजनामा ‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते हुने भएको छ । १३ प्रतियोगि रहेको उक्त ‘मिस्टर एण्ड मिस ग्ल्यासियर’ को फाइनल कलमादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो ।

विगत ३ वर्षदेखि भवानी इन्टरटेनमेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस ग्ल्यासियरको आयोजना हुँदै आएको छ । यस वर्ष तेश्रो संस्करण अन्तर्गत पुस ६ गते फाइनल गरिने भएको हो इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले बताए । जसमा अफिसियल फोटोग्राफर युवराज नेपाल, अफिसियल कोरियोग्राफर दिया श्रेष्ठ र संयोजक पूर्व मिस एण्ड मिस्टर ग्ल्यासियर विजेता द्धय विश्व घिमिरे, युना गुरुङ रहेकी छिन् ।

कक्षा ११ विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ उतिर्ण विद्यार्थीहरुको विदाई कार्यक्रमका विच गरिने उक्त मिस्टर एण्ड मिस ग्ल्यासियरको विजेतालाई एक वर्षको छात्रवृद्धि, एअरहोस्टेज ट्रेनिङ्ग साथै अन्य उपहार प्रदान गरिनेछ ।

पढाइसंगै ग्ल्यासियर कलेजले विद्यार्थीको सर्वागिण शिक्षालाई जोड दिँदै आइरहेको छ । जसको लागि मिस्टर एण्ड मिस ग्ल्यासियरको आयोजना गरिएको क्याम्पस प्रमुख दिवस शाक्यले बताए ।