खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते

काठमाडौं । खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् । काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका भारतीय नागरिक २५ वर्षीय प्रदीपकुमार कुशवाह घाइते भएका हुन् ।

घाईतेका सहोदर दाजु शेष कुमारका अनुसार घटना आइतबार रातिको हो । घाईते कुशवाहालाई तत्कालै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगे पनि आईसियु खाली नभएको भन्दै फर्काएपछि उनलाई किर्तिपुर अस्पताल लगिएको थियो । हाल घाईतेको उपचार भइरहेको छ ।
खाना पकाउने क्रममा सिद्धार्थ ग्यास कम्पनीको सिलिण्डर पड्किएर उक्त घटना भएको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *