Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण सिड्नीमा फेरि चक्कु प्रहार बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक

admin

काठमाडौं : इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आसिस अभिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।

गीत युट्युबमा सार्वजनिक हुनु पुर्व नै टिक टकमा निकै रुचाइएको थियो ।

गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन । भिडियोलाई दोहोरी गीतमा सधैं नयाँ प्रयोग र नयाँ कन्सेप्ट दिन सफल निर्देशक शिव बिकले निर्देशन गरेका छन ।

भिडियोमा कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ । अजय रेग्मीको छायान्कन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन ।

गीत उत्तिकै राम्रो र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन ।

केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा असी लाख भन्दा धेरै भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितिरहेको छ । इनाक्षीका अन्य गीतले जस्तै ‘छोटो कपाल’ले पनि दर्शक स्रोताको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको कंडेलले बताए ।

भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=8ERkKRPmmiU


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको