स्थगित फेकन फुटसलको फानइनल शनिवार हुने

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आयोजना गरेको फुटसल प्रतियोगिताको रोकिएका खेलहरु सुचारु हुने भएको छ । राजधानीको जि फोर फुटसल ग्राउण्डमा पुनः सञ्चालन हुन लागेको प्रतियोगितामा विजेताको छिनोफानो लाग्ने फेकन फुटसल टुर्नामेन्ट आयोजक समितिका संयोजक उमेश कुशवारले जानकारी दिए ।
फेकनले आफ्ना सदस्यहरु विच विभिन्न छुट्टा छुट्टै टिमहरु बनाएर सञ्चालन गरेको प्रतियोगिताका केहि खेलहरु सञ्चालन भएपश्चात विशेष कारणबस स्थगित गरिएको थियो ।
स्थगित प्रतियोगिता सुचारु गरी विगतामा भएका कमिकमजोरीलाई सच्चाउदै यस फाइनललाई भव्य अनि सभ्य बनाउन आवश्यक रहेको फेकन अध्यक्ष युवराज कटुवालले जानकारी दिए । उनले भने “ अब सबै जना मिलेर पुराना कुरा विर्सेर यस प्रतियोगिताको भव्य समापन गर्नु पर्छ ” ।
भोलि मंसिर २८ गते शनिवार विहान ११ बजे देखी ३ बजेसम्म प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । सेमिफाइनल गेम सेतो गुरास र प्राइम इन्टरनेशनल विच हुनेछ भने यसको विजेता संग यसअघि नै फाइनल प्रवेश गरेको आसागो लायन्ससंग अन्तिम फाइनल खेल हुनेछ । यसको प्रत्यक्षप्रसारण गोलनेपाल डट कममा हेर्न सकिने छ भने विजेताले नगद रु ५० हजार , उपविजेता टोलिले नगद रु ३०हजार र तृतिय स्थान हासिल गर्नेले २० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता र कम गोल खाने गोलकिपरले नगद रु ५ हजार प्राप्त गर्नेछन् ।
फेकन युके एजुकेशन सम्बन्धी तालिम सम्पन्न
फेकनले राजधानीको हार्दिक होटलमा आफ्ना सदस्यहरुलाई एकदिने युके एनुकेशन सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । शुक्रवार आफना सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको र यसले सबै सदस्यहरुको हितमा काम गर्ने फेकन उपाध्यक्ष गिता रिजालले जानकारीे दिइन् । उनले यस्ता कार्यक्रमले कन्सलट्यान्टहलाई व्यवसायीक बन्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा ५० वटा भन्दा बढि सस्थाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *