तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक

काठमाडौं : इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आसिस अभिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।

गीत युट्युबमा सार्वजनिक हुनु पुर्व नै टिक टकमा निकै रुचाइएको थियो ।

गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन । भिडियोलाई दोहोरी गीतमा सधैं नयाँ प्रयोग र नयाँ कन्सेप्ट दिन सफल निर्देशक शिव बिकले निर्देशन गरेका छन ।

भिडियोमा कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ । अजय रेग्मीको छायान्कन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन ।

गीत उत्तिकै राम्रो र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन ।

केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा असी लाख भन्दा धेरै भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितिरहेको छ । इनाक्षीका अन्य गीतले जस्तै ‘छोटो कपाल’ले पनि दर्शक स्रोताको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको कंडेलले बताए ।

भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=8ERkKRPmmiU

‘तिमी नै हौ मेरो’ बोल को गित को भिडियो सार्वजानिक (भिडियो सहित)

नेपाली गित संगित र कलाकार हरु को जमघट मा अर्का एक नव गायक अमृत बुडाप्रीथी को पनि आगमन भयेको छ। गायक/ कलाकार अमृत को हालै मात्र “तिमी नै हौ मेरो” बोल को गित को भिडियो सार्वजानिक भयेको छ । शब्द संगित गायक स्वयं कै रहेको येस भिडियो मा अभिनय अमृत र अश्मिता को रहेको छ।माया प्रेम को मीठो गुनासो बोकेको यो भिडियो का सम्पादक माद्जब बेल्बासे हुन भने छांयाक्न/ निर्देशन अमृत सुनुवार को रहेको छ ।

 

मिस लेडी नेपालको उपाधी ओकी किमोची विष्टलाई

काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले बिधागत तर्फको मोस्ट क्रिएटिभ र अर्गनाइजर च्वाइस अवार्ड समेत उचाल्न सफल भइन् ।

प्रतियोगितामा शुभेच्छा खड्गी फस्ट रनर अप चयन हुँदा खुशी बनले सेकेन्ड रनर अपको ताज आफ्नो हातमा पार्न सफल भईन। ईमेज च्यानल,असोसिरिज नेपाल र किङ्ग्स हिल वाईनको सहयकार्य र रिचार्जर एपको प्रस्तुतीमा सम्पन्न भएको समरोहमा भोटिङ पार्टनरको रुपमा ग्लोबल अनलाईन पे रहेको प्रतियोगितामा बिधागततर्फ भने शुभेच्छाले वेष्ट ड्रेस, वेष्ट पर्सनालिटी, वेष्ट कन्फिडेन्ट र वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् भने खुशीले मस्ट फ्रेन्ड्ली विधाको अवार्ड आफ्नो नाममा दर्ता गरेकी थिइन् । कविता गुरुङ्लाई भ्युअर च्वाइस विधाको विजेताका रुपमा ताज पहिर्‍याइएको थियो साथै उनले बेस्ट वाक र मस्ट डिसिपिलिनको उपाधी समेत आफ्नो हातमा पारिन।

त्यस्तै मिस पपुलर र मिस मल्टिमिडिया स्मिता केसी, कोरियोग्राफर चोईस सुस्मिता सुन्दास, बेस्ट स्माईल सबिना सिवाकोटी, बेस्ट हेयर र बेस्ट स्किनको उपाधी शान्ति थीङले प्राप्त गरिन । मिस भ्याल्ली आईकनको कोरियोग्राफीमा प्रियंका श्रेष्ठ र सगुन श्रेष्ठ रहेका थिए ।

अनिल बुर्जा मगरको निर्देशन तथा रोजिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख निर्णायकको भुमिकामा लभ कार्कीको साथै मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी, वरिष्ठ उद्यमी कर्मा गुरुङ, र्याप गायक तथा निर्माता निर्णय एन एस के र नायिका बिन्दा खतिवडाले निर्णायकको भूमिका निभाएका थिए ।

सभ्य एवं भव्य रुपमा सम्पन्न भएको प्रतियोगितामा नव प्रतिभालाई उचित स्थान दिन यस्ता सौन्दर्यसम्वन्धी कार्यक्रमहरु आउँदो दिनमा पनि निरन्तर गर्दै जाने कथा ईभेन्ट्सकी प्रमुख गनिका गुरुङले बताइन।

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु,३ जना घाइते

काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो । दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टराईले पुष्टि गरे ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । जीपमा १८ जना सवार थिए ।

 

खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते

काठमाडौं । खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् । काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका भारतीय नागरिक २५ वर्षीय प्रदीपकुमार कुशवाह घाइते भएका हुन् ।

घाईतेका सहोदर दाजु शेष कुमारका अनुसार घटना आइतबार रातिको हो । घाईते कुशवाहालाई तत्कालै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगे पनि आईसियु खाली नभएको भन्दै फर्काएपछि उनलाई किर्तिपुर अस्पताल लगिएको थियो । हाल घाईतेको उपचार भइरहेको छ ।
खाना पकाउने क्रममा सिद्धार्थ ग्यास कम्पनीको सिलिण्डर पड्किएर उक्त घटना भएको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

उपत्यकामा टिपर आतङ्क, दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नौ घण्टाको फरकमा भएका दुवै दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँको कलंकी र भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो । कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै सोमबार बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिएको थियो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारको क्रममा सवा ६ बजे उनको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । दुर्घटना पश्चात टिपरसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै, भक्तपुरको सिर्जनानगरमा आइतबार बेलुकी टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २७ वर्षीय समिर विकको मृत्यु भएको हो ।

बेलुकी सवा ८ बजे बा३ख २५३१ नम्बरको टिपरले विकलाई ठक्कर दिएको थियो । सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे विकको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने

काठमाडौं ,अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यस पटक १४ वटा फिल्म समावेश छन्।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म समावेश छन्। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ। यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिने छन्।

यसबाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ। स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्।

चिसोबाट हुने निमोनियाबाट बच्न ज्येस्ठ नागरिक लक्षित कार्यक्रम

ललितपुर, १४ मङ्सिर -ज्येस्ठ नागरिकलाई चिसोबाट हुने निमोनियाबाट कसरी जोगिने भन्ने सिकाउने उदेश्यका साथ लगनखेलमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर ०५, वडा स्वास्थ्य कार्यान्वयन समितिले पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार आयोजनामा आएको हो । ७० बर्ष र सो भन्दा माथिको उमेरका करिब डेढ सय ज्येस्ठ नागरिकको उपस्थिती माझ पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालका चिकित्सक डा. राजेश किशोर यादवले स्लाईड सो मार्फत प्रशिक्षण दिएका छ । प्रशिक्षणका क्रममा डा. यादवले चिसो मौसममा ज्येस्ठ नागरिकमा देखिने समस्या, त्यसबाट बच्नु पर्ने उपाय, भ्याक्सिन लगाउनु पर्ने उमेर र कारण, भ्याक्सिन लगाउदा लाग्ने खर्च आदीका बारेमा प्रकाश पारेका थिए । ‘ललितपुर महानगर भित्र रहेका ७० बर्ष भन्दा माथिका ज्येस्ठ नागरिकलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेकोले उक्त भ्याक्सिन लगाउनु पूर्व त्यसको महत्व उजागर गर्ने मुख्य उदेश्यका साथ जानकारीमुलक कार्यक्रमका रुपमा यस कार्यक्रमको आयोजना गरिएको हो’ ललितपुर महानगरपालिका वडा नम्बर ०५ का अध्यक्ष बिकासमान श्रेष्ठले बताए । वडा स्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभा देवी प्रधान श्रेष्ठले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रममा वडा सदस्यद्वय अशोक श्रेष्ठ र पुनम निरौला, ललितपुर महानगरपालिका जनस्वास्थका सानुमाया डङ्गोल र मुना लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।