सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड गोपाल ढकाल ‘छन्दे’ले हात पारे

काठमाडौं।ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देले सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड पाएका छन् । तनहुँको भिमादमा जन्मेका गोपाल ढकाल (छन्दे) ले धनगढीमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम) नेपाल फिल्म फेस्टिवल २०७६ मा नेपाली कथानक चलचित्र लभ यु हमेशावाट सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्ड पाएका हुन्।पिम फिल्म फेस्टिवलमा छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले अवार्ड प्रदानगरेका हुन्।

फिल्म फेस्टिवलमा उद्योग पर्यटन तथा वातावरणमन्त्रि माया भट्ट ,पीम नेपालका अध्यक्ष माधवराज खरेल , पिम नेपाल फिल्म फेस्टिवल २०७६का अध्यक्ष कमला जोशी लगायतले ढकाललाइ बधाई दिएका थिए । करिव १७ वर्षदेखि अनावरत रुपमा कलाकारिता क्षेत्रमा लागेका हांस्य अभिनेता गोपाल ढकाल छन्देले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारेका छन्। हालै मात्र थाईलैण्डमा ग्लोबल ईन्टरनेशनल अवार्ड तथा दुवईमा भएको छायांछवी अनर अवार्ड समेत हात पार्न सफल भएका थिए ।

पत्रकार सोनितराज ढुंगेल जेसीआई इमाडोलको अध्यक्षमा निर्वाचित

जुनियर च्याम्बर इन्टरनेशनल (जेसीआई) इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल निर्वाचित भएका छन् । इमाडोल स्थित इन्द्रेणी बैँक्वेटको हलमा सोमबार भएको नवौँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट ढुंगेलको नेतृत्वमा १० सदस्य कार्यसमिती गठन भएको हो । यस्तै कार्यकारीणी उपाध्यक्षमा कृती भट्टराई र इच्छा गुरुङ निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा सन्जु कुइकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत निर्वाचित भएका छन् ।

उक्त हलबाट कानुनी सल्लाहकारमा राजु सुवेदी, महासचिवमा सुदन थापा, कोषाध्यक्षमा बिना दाहाल, तालिम संयोजकमा प्रकाश आचार्यलाई अध्यक्ष ढुंगेलले मनोनित गरेका छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया सीका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सोभा खरेल, एरिया सीका राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्ष राम बहादुर बोगटी, मातृशाखा सितापाइला जेसीसका अध्यक्ष अभिसेक दुलाल, वडाअध्यक्ष लक्ष्मण रोका लगायत जेसीससंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा जेसी रमा प्याकुरेल, जेसी विकाश मानान्धर, जेसी अमिश ढकाल र गौरीदेवी ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा २०१९ की अध्यक्ष सावित्री ढुंगानाले २०२० नवनिर्वाचित अध्यक्ष सोनीतराज ढुंगेललाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेकी थिइन् । यस्तै आफ्नो सपथ पश्चात अध्यक्ष ढुंगेलले आफ्नो कार्यसमितीलाई सपथ ग्रहण गराएका थिए । मेगा टेलिभिजनको शिक्षा विभाग प्रमुख रहेका ढुंगेल भवानी इन्टरटेडमेन्टका अध्यक्ष तथा शिक्षा उद्यमी पनि हुन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका सरानाको आवाजमा “पानी छायां ” सार्वजनिक(भिडियो सहित)

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठले एकै गीतमा आवाज भरेका छन् । ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दिप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक दीपाश्री निरौला लगायतले ‘सिग्नेचर स्टेप’ गर्दै भिडियो सार्वजनिक गरे । भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरानाको साथमा कोविश पाण्डे, आर्शिना भट्टराइको अभिनय छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियो :

ललितपुर -५ मा बृहद सरसफाई कार्यक्रम सम्पन्न

ललितपुर, १० माघ -ललितपुर महानगरपलिका वडा नं ०५ का अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा शुक्रबार बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ललितपुर ०५ लाई ‘स्वच्छ, सफा हराभरा र धुवा-धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज आयोजित सो कार्यक्रमको उद्घाटन संघिय सांसद पम्फा भुषालले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद भुषालले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन स्थानिय तहसँगसंगै, सामाजिक एवम् व्यवसायिक संघ-संस्था तथा प्रतिष्ठान, नगरबासी, सरकारी कार्यालय लगायतको संयुक्त पहल आवश्यक रहने औल्याउदै ललितपुर ०५ नम्बर वडाले वातावरणिय स्वच्छताका लागि देखाउदै आएको तदरुकताको तारिफ समेत गरिन् । तत्पश्चात उनी फोहर संकलन कार्यमा सरिक रहदै झाडु लगाउने, फोहर टिप्ने जस्ता गतिविधीमा संलग्न समेत भईन । त्यसो त सांसद भुषालका अलवा नेकपाका ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, प्रदेश सांसद राजकाजी श्रेष्ठ, वडाध्यक्ष विकासमान श्रेष्ठ लगायतले अभियानमा उसैगरि सकृयता देखाउदै सरसफाईजन्य गतिविधीमा आफूलाई सरिक गराए । महालक्ष्मीस्थान स्थित महालक्ष्मी पार्टि प्यालेसबाट शुरु भएको उक्त सरसफार्इ कार्यक्रम अन्तर्गत विभिन्न ०५ टोलीले निर्धारित रुट हुँदै वडा क्षेत्रको सरसफाई गरेको थियो । जसमा संघिय सांसद भुषाल , नेता ब्यन्जन्कार, प्रदेश सांसद महर्जन सहित टोल विकास संस्थाका प्रतिनिधि, पाटन अस्पतालका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, गोर्खा ब्रिटिश क्याम्प, स्थानिय क्लब, महिला समुह, वातावरणसँग सम्बन्धित संस्थाहरु नेप्सेम्याक र बहुउदेश्यीय संस्थाका अभियन्ता, विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्यनरत विद्यार्थी एबम शिक्षक शिक्षिका, व्यवसायी, वडा स्थित जनप्रतिनिधी, कर्मचारी, वडाबासी लगायत सम्मिलित थिए । उक्त टोलीहरुको नेतृत्व क्रमश: ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठ, महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक कुमार श्रेष्ठ तथा मैया रिजाल, वडा सचिव मुकुन्द रन्जित र वडा समिति सल्लाहकार तारक सिंह बस्नेतले गरेका थिए । वडा स्थित विभिन्न क्षेत्रको परिक्रमा गर्दै फोहर संकलन तथा सडक एबम सडक पेटी सफाई कार्य टुङिए लगत्तै मानभवन स्थित कृष्टल पार्टि प्यालेसमा एक औपचारिक सभाको आयोजना गरिएको थियो । सो अवसरमा नेकपाका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार र प्रदेश सांसद राजकाजी महर्जनले कार्यक्रमलाई संबोधन गर्दै स्वच्छ, सफा र हरियाली वातावरण निर्माणमा ०५ नंबर वडाले देखाउदै आएको सकृयताको मुक्तकण्ठले प्रशंसा गर्दै ललितपुर ०५ नंबर वडाले नमुनागत विशेषता बोक्दै आएको स्मरण गरे । त्यस्तै, ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठले सरसफाई कार्यक्रम नियमित गर्नुपर्ने कार्य भएको सुझाउदै अभियान संचालनको मुलभुत उदेश्य सबैलाई वातावरणमैत्री बन्न उत्प्रेरित गर्नु रहेको बताए ।

लोकप्रिय गायक दिनेश गौतमको ‘म मरि सकेपछि’ गीतको भिडियो सार्वजनिक( भिडियो सहित)

काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन् ।

भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।

माया गर्नुको के अर्थ आँशु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरु रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतमले बताए । भिडियो गायक गौतमको यु ट्युब च्यानल Dinesh Gautam बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :

सन्तोषीलाई मिसेस ब्युटी क्विन २०२० को ताज

२०७६ साल माघ ३ गते, शनिवार काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् ।
विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल भइन ।
यस्तै ‘फस्ट रनरअपमा सविता शर्मा भइन भने उनले मिसेज पपुलरको अवार्डपनि हातपार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल चयन भएका छन् भन उनीले पनि वेष्टवाकको अवार्ड पनिहात पार्न सफल भइन साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन् ।थर्ड रनर अपमा रञ्जना निरौला, र ‘फोर्थ रनर अपमा देवकला पुन छनोट भएका छन् । यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, , सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड,रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हातपार्न सफल भइने ।

सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपाल लाइफ इन्सुरेनसका प्रमोसन हेड मेगेन्द्र प्रकाश गिरी,नेपाल टेलीभिजनकी समाचार सम्पादक सिवानी थापा वस्नेत ,सिसनयर व्यूटीसियन सिता पाठक,प्रदेश एकका आनका संयोजक पवन अधिकारी,जुम्वा प्रशिक्षक सोनाम केसी,मिसेज व्यूटी क्वीन २०१८की विजेता सुदिक्षा आचार्य र सिनियर विमान परिचारीका अन्जली खनाल रहनु भएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

चलचित्र ‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक,२१ चैतबाट देशव्यापी प्रदर्शन

चलचित्र ‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक गरिएको छ । २१ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रका बारेमा राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, बब्लु गिरीको सङ्गीत तथा बब्लु र गायिका मिना निरौलाको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देखाइएको छ । गीतको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको रोमान्सलाई देखाइएको छ । यसैगरी अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा सिवाकोटी पनि जोडीको रूपमा रहेका छन् ।

गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता सरोज खनाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, अभिनेता सुशील पोखरेल, मनिषा श्रेष्ठलगायतलाई देखाइएको छ । यो चलचित्रमार्फत हास्यकलाकार शिवहरि पौड्यालले निर्देशनमा डेब्बु गर्दैछन् ।

गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेको छन् भने पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रमा निर्देशक पौड्यालकै कथा, पटकथा तथा संवाद छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेका छन् ।

दिल्लीमा हून गईरहेको मोडल सङ्गस अवार्ड, २०२०” को मनोनयन खुुला

काठमाडौं, ०१ माघ — मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उदेश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए । साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखी आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतीको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढने आशा आयोजक संस्थाले लिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। ‘मनोरंजन र सिर्जनशिलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आउनू भएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले उहाँहरुलाई प्रोत्साहन साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छ’ अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए । त्यसैगरि, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशस् राज लुइटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई ब्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाए । राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्गस नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यस अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” र विश्वको सातौ आश्चर्यमध्यको एक इजिप्टको पिरामिड शहर कायरोमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९”को भव्य समापन पश्चात दिल्लीमा “मोडल सङ्ग्स अवार्ड, २०२०” को आयोजना गर्न लागेको हो ।

चेम्वर पदाधिकारी र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटबार्ता

काठमाडौं, पुस २९- नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज सम्माननीय राष्ट्रपति भण्डारीसंग शिष्टाचार भेटघाटगरेका हुन् । त्यस अवसरमा नेपालको व्यवसायीक क्षेत्रका बिबिध पक्षहरु वारे नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुतगरेका थिए । उक्त अवसरमा श्रेष्ठले सम्माननीय राष्ट्रपति समक्ष चेम्वरले ७० वर्षको अवधिमानिजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दैै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायीक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथाव्यापारको लागिभएको योगदानवारे पनि प्रष्ट पारेका थिए । श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाइ सफलपार्न जिल्ला स्तर तथानगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्तगर्दै पर्यटन क्षेत्रका केहीचुनौतिबारे पनि प्रकाश पारेका थिए । अध्यक्षश्रेष्ठले व्यवसाय संचालनखर्च वढि रहेको वारे व्यक्तगर्नु हुंदै संघीय प्रणाली पश्चात करको दरमा एकरुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिएका थिए । उक्तअवसरमा सम्माननीय राष्ट्रपतिबाट सम्पूर्ण उपस्थित पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत गर्दै चेम्वरका अध्यक्षश्रेष्ठले प्रस्तुतगर्नु भएको अभिव्यक्तीले नेपालको अर्थतन्त्र कता तर्प गइरहेको छ भन्ने बारे यसका अन्तरनिहीत समस्यावारे बुझने अवसर प्राप्त भएकोले यसलाइ सकारात्मक रुपमा लिएको बताइन् ।

‘’समृद्ध नेपाल तथा सुखी नेपाली“ को सपना साकार पार्न वर्तमान सरकारको प्रयाशलाइ सघाउन आग्रह गरिन् । बिद्यमान अर्थतन्त्रवारे बिस्तृत चर्चा गर्नु हुंदै सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो शक्ति केहो त्यो पहिचान गरौ र हामीसंग के छ त्यो दिने हो र हामीसंग के छैन त्यो लिने हो । हामीले हाम्रो शक्तिमाआधारित अर्थतन्त्रको बिकाश गरौ । र स्वाधिन अर्थतन्त्रनिर्माणको दिशातर्फ उन्मुखहुन सरकारको प्रयाशलाइ सहयोग गर्न आब्हानगर्नु भयो । सो दीगो बिकासमाजान अरु संग नभएको तर हामी संग मात्र भएकोलाइ बिकास गरौ । बजारलाइ टाढा जानु पर्दैन हाम्र्रै छिमेकीहरु छन । यसलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयाश गरौ । अवको चुनौतिभनेको बैदेिशक रोजगारीमा गएका नेपालीहरु स्वदेशमा फर्किएमा उनीहरुको व्यवस्थापन गर्न यसको लागिअहिले देखिनै प्रयासरत हुन जरुरी छ । यसको महत्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हो भन्ने बताइन् । उक्त अवसरमा बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।