संचारकर्मी राज लुईटेल थाईलैण्डमा “ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९” बाट सम्मानित

संचारकर्मी राज लुईटेल थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९ बाट सम्मानित भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतको हातबाट लामो समयदेखी संचार क्षेत्रमा रहेर संचार उद्यमीको रुपमा राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई उक्त सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९  द्वारा सम्मानित गरिएको आयोजक संस्था वल्र्डवाईड मिडियाका अध्यक्ष आरके श्रेष्ठले बताए ।वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो ।

राष्ट्र खबर पत्रिका, रास्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।
ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनका कोषाध्यक्ष एवं अन्तराष्ट्रिय कलाकार मन्च नेपाल शाखाको समेत कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै आएका राजले राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा फेशन शो, अवार्ड तथा विविध कार्यक्रमहरुको आयोजना गर्दै आएका छन । हालै मात्र कतारको दोहामा स्टार ईन्टरनेशनल अवार्ड सम्पन्न गरिसकेका छन ।


करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका समेत निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभै भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाड,ईजिप्टमा सम्पन्न एमएसएन एक्सिलेन्सी अवार्डबाट समेत सम्मानित भैसकेका छन । बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार  समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन ।

वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *