यमू शर्माले थाईलैण्डमा हात पारिन बर्षको उत्कृष्ट महिला गीतकारको ग्लोबल इन्टर नेशनल अबार्ड

काठमाडौं । थाइलैण्डमा सम्पन्न बर्षको उत्कृष्ट ग्लोबल ईन्टरनेशनल अवार्ड रचनाकार महिला तर्फको अवार्ड गितकार यमु शर्मा सुब्बाले जितेकी छन । वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो । नेपाल तथा थाईलैण्डका संयुक्त जुरी सदस्यहरुको छनौटको आधारमा उक्त अवार्ड गितकार यमु शर्मालाई ‘नियतिको खेल’ गित रचना को लागी अवार्ड प्रदान गरिएको हो । शर्माको उक्त गित छोटो समयमा नै सर्बाधीक रूचाईएको गितको सुचिमा पर्न सफल भएको छ । गितकार शर्मा ले यो अवार्ड सम्पुर्ण दर्शक श्रोता तथा नियतिको खेल को टिमलाई समपर्ण गर्न चाहएको कुरा बताईन ।

शर्माको एक दर्जन गितहरू रेकडीड् को क्रममा रहेका छन भने केही गितहरूको म्युजिक भिडियो छायाड्कनको क्रममा छन । समाजसेवा समेत सक्रिय रचनाकार शर्माले महिला तथा असाहय बालबालीकाका लागी बिभिन्न सहयोग गर्दै आएकी छिन ।
अमेरिकामा आफ्नो व्यस्त जिवनशैलीको बावजुद समाज सेवा र गीत संगीत श्रृजनामा उनले गरेको योगदानको अवार्ड समारोहमा उपस्थित सवैले तारिफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *