कलेजका लागी छुट्टाएको पकेट खर्च वचत गरेर डा.महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

डा.महाबीर पुनको अगुवाईमा नेपाली बैज्ञानिक क्षेत्रको बिकासका लागी राष्ट्रिय आविस्कार केन्द को विधिवत उद्घाटन भएको छ । करीव आठ करोड रुपैया लगानी रहने उक्त आविस्कार केन्द्र निर्माणका लागी देश विदेशबाट सहयोग गर्ने दाताहरुको संख्या बढ्दो छ । एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार प्राप्त डा.महाबीर पुनले थालनी गरेको यस अभियानका लागी आफनो सम्पत्ति आविस्कार केन्द्रमा लगानी गरेर अपुग रकम जब ४ प्रतिशत व्याजमा ऋणका लागी आमसमुदायसंग आव्हान गरे तब उनको यस अभियानमा देश बिदेशका राष्ट्रप्रेमीलेहरुले आफुले सक्दो रकम संकलन गरि केन्द्रलाई हस्तान्तरण गर्न थालेका छन । ग्रामीण भेगमा वायरलेस पद्धतीको टेलिफोन एवं ईन्टरनेट सेवा पुर्याएर नेपालका दुरदराज ग्रामीण भेगका विकासका लागी निरन्तर लागी पर्दै लोकप्रियता कमाएका डा.महाविरको यस राष्ट्रिय अभियानका लागी बेल्जियममा बस्ने नेपालीहरुले समेत निकै सक्रियता देखाएका छन । बेल्जियममा रहेर यस सामजिक अभियानमा निरन्तरता दिदै आएकी गीतकार यशु थापाको सक्रियताले अन्य नेपालीहरुले समेत यसमा साथ दिन थालेका छन् ।


लामो समय देखी बेल्जियममा रहेकी ज्ञान पुन तथा संगीता पुनकी सुपुत्री ममता पुनले कलेजका लागी छुट्टाएको पकेट खर्च बचत गर्दै एकमुष्ट ३०० युरो राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकी छिन । २० बर्षदेखि बेल्जियममा बसेर अध्ययन गर्दै आईरहेकी ममताको यस सहयोगी भावनाको सवैले कदर गरेका छन । बिदेशमा बसेर अध्ययन गर्ने युवायुवतीले देश विकासको लागी डा.महाबीरको महाअभियान आविष्कार केन्द निर्माण प्रति देखाएको चासो र सहयोगले अन्य परोपकारी भावना उदार मन भएका नेपालीहरुलाई पनि सहयोगको भावना जाृगत हुने विश्वासले आफुले जोगाएको पकेट खर्च वापतको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको ममताले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *