Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो)

सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड गोपाल ढकाल ‘छन्दे’ले हात पारे

admin

काठमाडौं।ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देले सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड पाएका छन् । तनहुँको भिमादमा जन्मेका गोपाल ढकाल (छन्दे) ले धनगढीमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम) नेपाल फिल्म फेस्टिवल २०७६ मा नेपाली कथानक चलचित्र लभ यु हमेशावाट सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्ड पाएका हुन्।पिम फिल्म फेस्टिवलमा छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले अवार्ड प्रदानगरेका हुन्।

फिल्म फेस्टिवलमा उद्योग पर्यटन तथा वातावरणमन्त्रि माया भट्ट ,पीम नेपालका अध्यक्ष माधवराज खरेल , पिम नेपाल फिल्म फेस्टिवल २०७६का अध्यक्ष कमला जोशी लगायतले ढकाललाइ बधाई दिएका थिए । करिव १७ वर्षदेखि अनावरत रुपमा कलाकारिता क्षेत्रमा लागेका हांस्य अभिनेता गोपाल ढकाल छन्देले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारेका छन्। हालै मात्र थाईलैण्डमा ग्लोबल ईन्टरनेशनल अवार्ड तथा दुवईमा भएको छायांछवी अनर अवार्ड समेत हात पार्न सफल भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको