परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न,विजेताले हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने

काठमाडौं । परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न भएको छ । सिजन टुका रूपमा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा पाचदेखि १५ वर्षसम्मका ४८ बालबालिकाको सहभागिता थियो ।

आयोजक संस्थाका अनुसार मिनी, जुनियर र प्रिटिन गरी तीन विधामा भएको प्रतिस्पर्धाका विजेता सबैले आगामी चैत २६ गते हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा मिनीतर्फ निर्वेश श्रेष्ठ, जुनियरतर्फ छिरिङ डोल्मा लामा र प्रिटिनतर्फ समीक्षा लामा र रियाज महर्जन उत्कृष्ट भए । मिनीतर्फ आयुषकुमार रजक,साङेमो लामा र बारिधी पौडेलले उपाधि जिते । त्यसैगरी जुनियरतर्फ रसिल श्रेष्ठ, रागभ कर्ण, जेसिका श्रेष्ठ, आरोन्सा गुरुङ, नेन्सी थापा मगर र युनिका अधिकारीले उपाधि हात पारे ।

त्यस्तै प्रिटिनतर्फ खुसी शाही, छवि अग्रवाल, जोसिका ठकुरी, प्रजिक्ता श्रेष्ठ, अदिती कँडेल र श्रद्धा खेतानले सफलता पाए । ब्वाइज प्रि–टिनतर्फ भने विमिश गुरुङ, दिप्सन सिङ्खडा र अभिजित मानान्धर विजेता भए । प्रमुख निर्णायक रहेका क्यानका पूर्व्टिम म्यानेजर पूर्ण लामाले सबै विद्यार्थीको प्रतिभा राम्रो रहेको उल्लेख गरे । बैंकर हेमा के.अधिकारी , अमेरिकाकी सद्भाव दूत छिरिङ डोल्मा शेर्पा, मिस नेपाल–२०१९ की टप सेभेन रक्षा उप्रेती, गायिका सोन्ना अमात्य, संगीतकार शशीबिक्रम थापालगायतको सहभागिता थियो ।

आयोजक राज बराइली र सोनिया जिआरले विगतमा झैं यसपटकको प्रतियोगिताका सबै विजेताले अन्तर्राष्ट्रिय सहभागिताको मौका पाउने बताए । कार्यक्रममा प्रमुख अतिथी सांसद कोमल वलीले बालबालिकाको प्रतिभाको कदर गर्दै नेपाली कला तथा सांगीतिक क्षेत्रमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा लोकप्रिय गायक–गायिका सञ्जिब पराजुली र टिका प्रसाइलाई युगल जोडी राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट

काठमाण्डौं, ०७ फाल्गुण – नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा निजि क्षेत्रले गरेको धारणा राखेको छ । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भैरहेको र एकद्धारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताएका छन् । सचिव ढुङ्गानाले कर अडिट धेरै नभई निकाय धेरै भईको र आ आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको जनाउदै हाल मुलुकको विदेशी मुद्रा संचिति सन्तोषजनक रहेको बताए । त्यस्तै, सम्पत्ति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बिमा लगायत अन्य सेवालाई अनलाईनमा जान प्रोत्साहित गरिरहेको अर्थ सचिव ढुुङ्गानाले बताए । त्यसैगरि चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यस आर्थिक वर्षमा बजेटको आकार घटाईएकोले सबै क्षेत्रमा असर परि बढी अपेक्षित बृद्धिदर हासिल हुने अपेक्षा रहेको, बैँङ्किङ समस्या समाधान गर्न कमिटी गठन गरिएकोले ब्यवसायीक ब्याजदर घट्ने आशा राखिएको धारणा व्यक्त गरेका छन् । मौद्रिक नीतिको मध्यावधी मुल्याँकनबाट राष्ट्र बैँकले लागु गरेको संकुचित प्रावधानहरु केहि खुकुलो हुने आपेक्षा राखिएको र भारतिय बजेटबाट करको दर उल्लेखनिय रुपमा घटाईएको र कृषिमा अत्याधिक अनुदान दिइएबाट हाम्रा कृषि बस्तुहरु प्रतिस्पर्धी हुन ठोस् कार्य योजना ल्याईनु पर्नै बताउँदै यस क्षेत्रमा आउने लगानी भारततर्फ जाने सम्भावनाको समुचित कदम चालिनु पर्ने समेत अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरि ब्यबसायको लागत बढेको, कर चुक्ता अनलाईन हुनुपर्ने, अडिट धेरै संख्यामा भएको सम्पति शुद्धिकरणको चिठीले व्यवसाय जगतमा आतंक सृजना भएको बारे चेम्बर अध्यक्ष श्रेष्ठले प्रकाश पारे । उद्यमी ब्यवसायीले कर सम्बन्धी कानून उल्लंघन गरेको पाईएमा उनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पनर्माे चेम्बरका अध्यक्ष श्रेष्ठले जोड दिए । भेटघाटका क्रममा प्रतिनिधी मण्डलले अझै पनि कतिपय कारोेबारमा दोहोरो ढंगले कर लाग्ने गरेको औंल्याउदै यो प्रचलनलाई यथाशीघ्र खारेज गरिनु पर्ने, संघीय र प्रान्तीय सरकार बीच स्रोत साधान बाँडफाँट गर्न तथा कर सम्बन्धी विवाद समाधान गर्नका लागी गठन गरिने वित्तिय आयोगमा निजी क्षेत्रको समेत प्रतिनिधीत्व हुनुपर्ने माग अघि सारे । सो अवसरमा अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकृतहरु, चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा अन्य पदाधिकारीहरु, राजश्व समिति सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

रुपा अधिकारीले हात पारिन यो वर्षको मिस व्यूटिफुल नेपालको उपाधी, मिसेस तर्फको उपाधी उर्मिला पन्तको हातमा

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० को उपाधी मिस तर्फ रुपा अधिकारी तथा मिसेस तर्फको उपाधी उर्मिला पन्त भण्डारीले हात पार्न सफल भएका छन । मिसेस तर्फका विजेता रुपाले बेष्ट स्माईलको सव टाईटल सहित विभिन्न गिफ्ट हम्पर हात पारेकी छिन भने मिसेस तर्फकी विजेता उर्मिलाले मस्ट टैलेन्ट, भिर्वस च्वाईस अवार्ड सहित विभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भईन । उपाधी विजेताहरुलाई मिसेस व्यूटिफुल नेपाल २०१८ का विजेता संगिता शर्मा बस्याल तथा मिस ब्यूटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमागाईले क्राउन लगाईदिएका थिए ।

यस्तै, मिस तर्फ फस्ट रनरअपमा मेनुका श्रेष्ठ भइन भने उनले बेष्ट डान्स तथा फेशन आईकनको अवार्ड पनि हात पार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा अस्मिता भट् चयन भइन ।  उनीले वेष्ट टैलेन्ट, मस्ट ऐक्टिभ र फेसबुक च्वाईस अवार्ड पनि हात पार्न सफल भइन । थर्ड रनर अपमा सविशा गौतमले मस्ट फोटोजेनीक, बेष्ट हेयरको सवटाईटल सहित विभिन्न पुरस्कार हात पार्न सफल भईन । यस्तै ‘सवटाइटल अवार्ड हात पार्नेमा मस्ट पपुलरमा आर्जु न्यौपाने, बेष्ट रयाम्प वाकमा अरिका बाराकोटी, मस्ट डिसिप्लेनमा सविना राई, मस्ट पक्च्यएलमा सायरा सिलवाल,बेष्ट लिडरसिपमा यमुना आचार्य, बेष्ट फिजिक्समा निलम बानिया, मस्ट क्रियटिभमा प्रविना भण्डारी, बेष्ट पर्सनालिटिमा अविषा गौतम, युटयूव मस्ट भ्यिुवर्समा आर्जु न्यौपाने, बेष्ट स्किनमा रोशनी पुन, मस्ट आईकनिक आई र भ्यिूवर्स च्वाईसमा शोभा रिजाल, सोसियल वेलफेयर एम्बेसडर सुष्मिता देव, युथ विथ रेष्पोन्सीविलिटीमा एन्जिला सिंह, मस्ट पोजिटिभ एटिच्युडमा सुजाता भट्राई,मिस कन्जेनियलिटीमा मनिषा लकान्द्री रहेका थिए ।

यसै, गरि मिसेस तर्फको फस्ट रनर अपको उपाधि मुना त्रितालले हात पार्न सफल भएकी थिईन उनले उपाधी सहित वेष्ट पर्सनालिटीको सवटाईटल समेत हात पार्न सफल भईन । सेकेण्ड रनर अपमा सुनीला केसी कार्की भईन भने उनले उपाधी सहित बेष्ट डान्सरको सव टाईटल समेत हात पारिन । थर्ड रनर अपमा मिष्मा खड्का थापा भईन उनले पनि उपाधी सहित यूट्यूब मस्ट भ्यिूवर्सको सवटाईटल हात पार्न सफल भईन । यसै गरि अन्य सवटाईटल हात पार्नेमा मस्ट पपुलर तथा मस्ट पङ्गच्युलमा प्रमिला प्रधानाङ्ग, बेष्ट र्याम्प वाकमा शारदा क्षेत्री, मस्ट डिसिप्लेनमा एलिना कार्की, बेष्ट स्माईलमा भावना थपलिया, बेष्ट लिडरसिप तथा बेष्ट सिङ्गरमा रुथ पौडेल, मस्ट एक्टिभ यशोदा खत्री, बेष्ट फिजिक्स दिक्षा थापा, बेष्ट हेयर कल्पना लाम्गाडे, फेसबुक च्वायर्समा यशोदा खत्री, बेष्ट स्पिचमा लक्ष्मी शाही, बेष्ट स्किन पूजा दास, मस्ट फ्रेण्डली मिना खड्का, ब्यूटि विथ प्रपोज यशोदा गड्तौला रहेका थिए । दक्ष ईन्टरनेशनलले विगत ५ वर्षदेखी निरन्तररुपमा मिस एण्ड मिसेस ब्यूटिफुल आयोजना गर्दै आईरहेको छ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा चर्चित एवं वरिष्ठ नायक सरोज खनाल प्रमुख निणार्यकको रुपमा रहेका थिए भने अन्य निणार्यक मण्डलमा वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेता शिवहरि पौडेल, गायिका सिन्धु मल्ल, नायक रमेश उफ्रेती, गीतकार डा. डि.आर.उपाध्याय र डा. आभास लाभ रहेका थिए । विगतमा झै यस पटक पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ अभिनेत्री रश्मि भट्, साहित्यकार तथा गीतकार गोविन्द कंडेल आंशु, साहित्यकार दुर्गा काफ्ले, राधादेवी पराजुली, रत्न गुरुङ्ग तथा जानकी गुरुङ्गलाई उक्त कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

आयोजक संस्था दक्ष ईन्टरनेशन तथा राज मेक स्टुडियोका प्रबन्ध निर्देशक तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेका अनुसार अबिवाहित तथा बिवाहित महिला गृहिणी तथा व्याबसायिक महिला दिदि बहिनीलाई यस प्रतियोगीता मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गरिएको बताए । बिवाहित तथा अबिवाहित गरि ३७ अन्तिम प्रतियोगीका कोरियोग्राफरमा आश्विनी झा रहेका थिए भने प्रतियोगीको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो । काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमको फोटोग्राफी फोटोग्राफर सुदिप पोख्रेलको रहेको थियो ।

प्रतियोगितात्मक कार्यक्रमले विवाहित तथा अबिवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने आयोजक तथा दक्ष ईन्टरनेशनलका प्रमुख टेकराज पाण्डेल बताए ।

कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले किर्ते गरेको भन्दै दिपेन्द्र कँडेल मिडियामा, घट्नामा संलग्न कसैलाई नछोड्ने चेतावनी

काठमाडौं, ६ फागुन – पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै गर्दा कँडेल आफैंले घट्नाको पर्दाफास गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने,‘मेरो बुवा आफैं पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रुपमा कार्यररत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास हुनुभयो, उहाँको निधनपछि अहिले यस्तो प्रपञ्च रचिएको मलाई भान हुन थालेको छ । यसको पछाडि उहाँहरुको अरु भित्री के उद्देश्य छ ? त्यो त मलाई थाहा छैन् । तर, म अन्याय र अत्याचारको विरुद्धमा कुनैपनि सम्झौता गर्दिन् । आजबाट गलत र कुत्सित मनशाय बोक्ने कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाविरुद्धको लडाई सुरु भयो ।’ उनले आमा लिला कँडेलले लिएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आईरहेको अवस्थामा बुवाको निधनपछिको किस्ता चलाउन केही कठिनाई भएको कुरा पनि आफ्नो परिवारले बैंकलाई स्पष्ट रुपमा भनिएको जानकारी दिए । उनले भने,‘मेरो आमाले बैंकलाई समयमै किस्ता तिर्दै आउनुभएको थियो । बुवाको निधनपछि किस्ता चलाउन केही समस्या भएको कुरा उहाँले बैंकलाई स्पष्ट रुपमा जानकारी गराउनुभएको थियो । म, आफैंले पनि यो कुरा बैंकको काठमाडौंस्थित् केन्द्रीय कार्यालयमै पुगेर जानकारी गराएको थिएँ । तर, बैंकले यही अवस्थालाई प्रयोग गरेर हाम्रो परिवारमाथि षड्यन्त्र गरि आमा र बुवाको प्रतिष्ठामाथि दाग लगाउने प्रपञ्च रच्यो, जुन कुरा उसले पठाएका चार वटा पत्रबाट पनि पुष्टि हुन्छ ।’ उनले बैंकले आमाको नाममा प्रेषित गरेका चार वटा पत्रमा बेग्ला बेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरेको दाबी गरे । उनले भने,‘बैंकले यतिसम्म पनि गर्दोरहेछ भन्ने कुरा हामीले प्रत्यक्ष रुपमा भोग्यौं । म आफू नै ग्यारेन्टर हुँदापनि अहिलेसम्म कुनैपनि पत्र र त्यसम्बन्धी कुनैपनि विद्युतीय सन्देश (ईमेल) मलाई प्रेषित गरिएन् । तर, जब एकैपटक भित्री सूत्रबाट नाम निकाल्नको लागि बैंक अघि बढेको भन्ने जानकारी पाएँ, त्यसपछि मात्रै मैले केन्द्रीय कार्यालय गएर यो एकैपटक पत्रिकामा सूचना प्रकाशित हुँदैछ भन्ने समाचारको आधार मागेको थिएँ । केन्द्रीय कार्यालयका एक कर्मचारीले शाखाबाट पत्र आएकोले हामीहरु यो प्रक्रियामा (पत्रिकामा सूचना प्रकाशित) गर्न लागेका हौं भन्ने जवाफ दिए । त्यसपछि मैले आधार देखाउन मागेको थिएँ । र, उहाँले चार वटा पत्र मलाई थमाउनुभयो, त्यसमा बैंकको शाखाले आमाको हस्ताक्षरसहितको पत्र पठाएको देखें । यो देख्नेबित्तिकै आमालाई फोन सम्पर्क गर्दा उहाँले अहिलेसम्म मैले कुनैपनि पत्रमा हस्ताक्षर गरेको छैन् भनेर जवाफ दिनुभयो, त्यसपछि मैले पत्र नियाँल्दा बैंकले गरेका गम्भिर त्रुटीहरु पनि फेला पारें ।’ बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने बताउँदै कँडेलले भने,‘तर, किर्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाईदा उठाउन यस किसिमको प्रपञ्च रच्ने कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुविरुद्ध म पब्लिक ईनोभेटरको नाताले लड्ने घोषणा गर्छु ।’ उनले बैंक तथा वित्तिय संस्थाबाट हुने यस्ता खाले प्रपञ्च र गलत कार्यको डटेर सामना गर्नुपर्ने र आम जनतासामू ती क्रियाकलापहरु भण्डाफोर गर्नुपर्ने धारणा राखे । उनले बैंक तथा वित्तिय संस्थाबाट अत्याचार र अन्याय भएको भए नसहन आग्रह गरेका छन् । उनले उक्त किर्ते घट्नामा संलग्न सम्पूर्ण बैंक कर्मचारीलाई कानूनको कठघरामा उभ्याएरै छोड्ने उद्घोषसमेत गरे । कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले पठाएको पत्रका बारेमा बैंकको केन्द्रिय कार्यालयले कुनै जाँचबुझ नगरी सिधै ग्राहको मानमर्दन हुनेगरि पत्रिकामा निकाल्छु भन्नुले यो घट्नामा शाखाको मात्रै दोष नभएर यसमा केन्द्रिय कार्यालय पनि संलग्न देखिएको कँडलको दाबी छ ।

गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया ’ सार्वजनिक (भिडियोसहित)

गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ सार्वजनिक भएको छ । वसन्ता र  राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो ।

डा. राजुबाबु श्रेष्ठको शब्द, राजनकै कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो ।

 

 

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा ‘द आशा प्रोजेक्ट’ रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपमा ‘चियाज’ रहेको थियो। कार्यक्रममा सपोर्टिंग पार्टनर को रुपमा ‘रोट्रयाक्ट क्लब अफ डिल्लीबजार काठमाडौँ’, मिडिया पार्टनरको रुपमा ‘मेगा टेलिभिजन’, ‘भवानी ईण्टर्टेइन्मेण्ट’ र ‘ग्लोकल खबर’, हस्पिटालिटी पार्टनरको रुपमा ‘ओयो नेपाल’, एडभेन्चर पार्टनरको रुपमा ‘धुलिखेल जिपलाइन’र ट्राभलर पार्टनरको रुपमा ‘ट्रिप एन पी’ रहेका थिए।

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं, ०४ फाल्गुन – होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको इभेण्ट कम्पनी ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोजले जानकारी दिए । ओझाले अन्तर्राष्ट्रिय नारी दिवसका साथसाथै होली पर्वको अवसर पारेर सो इभेण्ट आयोजक गर्न लागिएको स्पष्ट समेत पारे । संस्था र कार्यक्रम बारे प्रकाश पार्दै उनले भने ‘ग्लोरी मिडियाले हालसम्म ८ वटा टेलिभिजन कार्यक्रम प्रस्तुत गरिसकेको छ भने वृत्तचित्र निर्माण, बिज्ञापन निर्माण, देशका १४ वटा स्याटलाईट च्यानलहरुबाट प्रत्यक्ष प्रसारण लगायतको क्षेत्रमा कार्य गरेको छ, अब हामीले इभेण्ट क्षेत्रमा पनि केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्दैछौ ।’ यसैगरि, करिब ३० जना जेण्टस र लेडिजहरु सन्देशमुलक विभिन्न थिम लिएर र्याम्पमा उत्रने इभेण्ट कोरियोग्राफर केडी भट्टराईले जनाए । ग्लोरी मिडियाले हाल एनटिभी न्युजबाट सचेतना कार्यक्रम र एनटिभी प्लसबाट हास्यब्यंग्य टेलिश्रृंखला कुरा मात्र भो प्रस्तुत गर्दै आएको छ ।

मदन स्मारक माध्यमिक विद्यालयको जग्गा अतिक्रमण

काठमाडौं, फागुन २ – ललितपुर महानगरपालिका पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको क्षेत्रभित्र रहेको जग्गा अतिक्रमणमा परेको छ । बाटो विस्तार गर्ने क्रममा सरकारी विद्यालयको झन्डै ७ करोड मूल्यबराबरको ८ आना जग्गा अतिक्रमणमा परेको हो । ललितपुर–३ र २० नम्बर वडाको सिमानामा पर्ने विद्यालयको पूर्वतर्फको खाली जग्गाका विषयमा सडक विस्तारका क्रममा दुई वडाध्यक्षले मापदण्डविपरीत एकतर्फी निर्णय गर्दा अतिक्रमणमा परेको स्थानीयको आरोप छ । स्थानियले व्यापारिक भवन बनाउन सडक मापदण्ड नपुगेकाले विद्यालयको जग्गा अतिक्रमण गरी सडक फराकिलो बनाउन लागेको भन्दै विरोध जनाएका छन् । विद्यालय २०६८ सालमा विद्यालयको पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन क्लासिक डाइमन्सलाई दिने निर्णय गरेको थियो। सोही सहमति अनुरुप ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सा पासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीयको दावी रहेको छ । स्थानियले विद्यालय र क्लासिक डाइमन्सबीच भएको सम्झौता खारेज गर्न माग गरेका छन् । तर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो कार्य नियमसंगत नै गरिएको दाबी गरेका छन् । सडकको अर्कोतर्फ मिश्रित बस्ती भएकाले मापदण्ड लागू नहुने महानगरको तर्क रहेको छ । विद्यालय व्यवस्थापन समितिले भने आफूहरूलाई जानकारी नै नदिई विद्यालयको पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद पौडेलले जनप्रतिनिधिसँग छलफल भए पनि विद्यालय व्यवस्थापन समितिबाट निर्णय नभएको बताए । विद्यालय बचाउ अभियानमा सक्रिय पृथबिन्दु महर्जन, महेशराज बज्राचार्यलगायतका स्थानीयले १९ वैशाखमा जिल्ला प्रशासनलाई लिखित रूपमै ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रशासनले भइरहेको काम रोक्न निर्देशन दिएको थियो । यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गरेका छन् । विद्यालय बचाउ अभियानमा सक्रिय स्थानीय पृथविन्दु महर्जनले केही पहुँचका व्यक्तिको मिलेमतोमा सडक विस्तारको नाममा विद्यालय जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको बताइन् । उनले यो सम्झौता खारेज गर्न माग गरिन् । विद्यालयको नाममा कुल २५ रोपनी जग्गा रहेको छ । यी जग्गासमेत विभिन्न समयमा लिजमा दिइएको छ । मापदण्डनुसार सडक विस्तार गर्दा सडकको केन्द्रबाट दाँयाबाँया ९ फिट बढाउनुपर्ने र यसका लागि दुवैतर्फ बराबर अर्थात् साढे ४ फिट मात्र बढाउनुपर्ने नियम रहेको छ । तर, यसलाई बेवास्ता गर्दै महानगरपालिकाका २ वडाले विद्यालयतर्फको भागमा मात्र ९ फिट बढाएका छन ।

सरिनालाई मिस हिमालय लिटिल एन्जल काठमाडौँको उपाधि

काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट हेयरको अवार्ड पनि हाल पार्न सफल भइन । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता वरिष्ठ क्याप्टेन बिजय लामालाई उहाँको कार्यको प्रशंसा गर्दै उहाको नेतृत्वदायी क्षमताप्रति सम्मान समर्पण गरिएको थियो । रोजिन शाक्यको कार्यक्रम सञ्चालन तथा अनिल बुर्जा मगरको निर्देशनमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सुरक्षा सुवेदीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितमा प्रतियोगीहरुलाई ग्रुप ‘ए’ र ‘बी’ दुई समुहमा विभाजन गरी प्रतिस्पर्धा गराई प्रत्येक समूहका उत्कृष्ट तीन प्रतियोगी र दुई भ्युवर्स चोईस सहित उत्कृ्ष्ट ८ बाट सरिना तामाङ्ग विजेता बन्न सफल भएकी हुन । ग्रुप ‘ए’ तर्फबाट प्रेरना पुन विजेता बनेकी थिइन उनले एक वर्षको शैक्षिक छात्रावृत्तीसमेत हात पार्न अफल भईन । सम्बभिका जीसी र एलिजा चौधरी क्रमशः फर्स्ट र सेकेण्ड रनरअप भएका थिए। त्यसैगरी ग्रुप ‘बी’ तर्फ सरिना तामाङ उत्कृष्ट विजेता हुँदा रोमि मगर र रोशिना बस्नेत क्रमश; फर्स्ट र सेकेण्ड रनरअप हुन सफल भएका थिए । वरिष्ठ क्याप्टेन बिजय लामाको प्रमूख आतिथ्यतामा सम्पन्न तथा प्रमूख निर्णायक निर्णय श्रेष्ठ ‘एन एस के’, कर्म गुरुङ्ग, राजन झा, रक्षा आचार्य र कुसुम श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा बिधागत तर्फ आस्था तामाङ्ग अर्गनाईजर चोईस, शतिश्मा श्रेष्ठ कोरियोग्राफर चोईस, रोमि मगर मिस पपुलारिटी र मिस ट्यालेन्ट, प्रेरना पुन मिस फोटोजेनिक, डेनिशा ढुङ्गाना मिस मल्टिमिडिया र मस्ट कन्फिडेन्ट, एलिशा खतिवडा मस्ट कृएटिभ, एलिजा चौधरी मिस पङ्चुअल र वेष्ट ड्रेस, स्वस्तिका खड्का मस्ट डिसिपिलिन, सम्बभिका जीसी मिस फ्रेन्डली, रोशनी बस्नेत वेष्ट स्माईल, यमुना मुनिकार वेष्ट बडि, समिक्षा दाहाल वेष्ट स्किन, रेणुका भण्डारी वेष्ट पोस्चर र प्रतिज्ञा तामाङ्ग वेष्ट लुक्स अवार्ड हातपार्न सफल रहे । कथा ईभेन्टसले विगत लामो समयदेखि निरन्तर रुपमा बिभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष गनिका गुरुङ्गले बताइन ।