म्यूजिक भिडियो निर्देशक माईकल चन्दले हात पारे ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड’

म्यूजिक भिडियो निर्देशक माईकल चन्दले ग्लोबल इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले गत महिना थाइल्यान्डको पटयामा आयोजना भएको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा विशेष कारण उपस्थित हुन नसकेका अवार्ड विजेताहरुको लागी हिजो राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा डान्स कोरियोग्राफर समेत रहेका माईकल चन्दलाई ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरिएको हो । गायिका प्रेक्षा बमको आवाज रहेको मेरो राजा बोलको गीतको भिडियोबाट उनले उक्त अवार्ड हात पारेका थिए । भिडियोमा प्रकाश शाह र अनु शाह फिचर्ड रहेका थिए ।

माईकल स्टेप आर्टस एण्ड एकेडेमीका संचालक समेत रहेका माईकलले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्डमा पनि यसै गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पारेका थिए। करीव २ दशक भन्दा लामो समयदेखी डान्स कोरियोग्राफर हुदै पछिल्लो पटक सय भन्दा बढि सफल म्यूजिक भिडियो निर्देशन गरेर चर्चा कमाउन सफल माईकलले थुप्रै डान्सरहरुलाई यस क्षेत्रमा अवसर दिदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *