फाल्गुन ३० मा ‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने, १२ मोडलहरुको रया्म्पको साथमा चर्चित कलाकारहरुको प्रस्तुती रहने

राष्ट्रखबर-

‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने भएको छ । फागुन ३० गते नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा हुने फेशन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् । आर्टिष्ट नेपाल स्टुडियोजको आयोजनामा ‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ हुन लागेको कार्यक्रम संयोजक तथा चर्चित फोटोग्राफर कुबेर तामाङले जानकारी दिए ।

कार्यक्रममा आधा दर्जन गायक गायिकाहरुले सांगीतिक प्रस्तुति रहने छ भने क्रियटिभ ईन्स्टिच्यूट अफ फेशन टेक्नोलोजीका अफिसियल डिजाईनमा वे -आउट ब्युटी सलुनको मेकअपमा मोडेल तथा कलाकारहरुले प्रस्तुति दिनेछन् । शोमा मोडलहरु सदा थापा, सजु पौडेल, बिपना थापा, आयुष्मा गिरि, पुजा सिलवाल, सुस्मिता श्रेष्ठ, हिमानी गुरुङ, निमा शेर्पा, अनिता बम्जन, कबिता कोईराला, शेलिना भुजेल, मनिषा छेत्रीले क्याटवाक गर्दैनछन् । फेसन शोको शो स्टपर्समा चन्दा थापा तथा अरुणी वाईबा रहेका छन् । गायक तथा नायक कोसिस क्षेत्री, सन्तोष लामा, नेपाल आईडल बुद्ध लामा, बिनोद ढकाल, कमेडियन महादेव त्रिपाठी, डिजे रुकेन श्रेष्ठ, आरडी, प्रिती रति लगायतको प्रस्तुती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *