कालोबजारी नियन्त्रणमा सरकारको प्रयास , सुपथ पसल संचालन गर्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने भएको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी गराएका हुन्।

खाद्यान्‍नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको छ, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी छु, मन्‍त्री भट्टले भने, यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने छ।

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिए। उनले सरकार क्षमता, स्रोत, साधनभन्दा बढी तयारीमा रहेको दाबी गर्दै भने, २ बजे राति बोलाए पनि हामी उपलब्ध हुन्छौं। बिदा पनि नभनी हामी २४ सै घण्टा खटिएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *