चलचित्रकर्मी राजु केसीद्वारा चलचित्र निर्देशक किशोर चौधरी उपचारार्थ सहयोगको लागि अपिल,सहयोग आउने क्रम जारी

नेपाली चलचित्र भेटी,लफडा लगायत धेरै थारु तथा भोजपुरी चलचित्रका निर्देशक अहिले अशक्त अवस्थामा भरतपुर, चितवनस्थित सि एम सि अस्पतालको बेडमा हुनुहुन्छ । यतिखेर वहाँलाई ठूलो आर्थिक संकट परेको छ । वहाँलाई आर्थिक सहयोग जुटाउन निर्माता, निर्देशक तथा छायांकार राजु केसि, चलचित्र निर्देशक समाज, कलाकार सुरेश चौधरी तथा बिभिन्न संघ सस्था आदी लागि परेका छ्न ।

सहयोग गर्नका लागि थारु कलाकार सभा चितवनको वाणिज्य बैंकको खाता नम्बर १३१०००९६२७०१ मा सहयोग रकम पठाउन सकिने र सिधै राजु के सि जि लाई सम्पर्क गर्न सकिने कुरा हामीलाई जानकारी गराउनु भयो । जापान बस्ने चलचित्रकर्मी तथा समाजसेवी कृष्ण कार्किले निर्देशक किशोरको लागि राजु के।सि। मार्फत रु १०,०००।० सहयोग गर्नुभएको छ ।


बहुरतिभाका धनी किशोर चौधरी निर्देशक मात्र नभईकन लेखक, निर्माता, गितकार, नृत्य निर्देशक तथा राम्रो सम्पादक अनि संगीतकार पनि हुन । उनले भेटी, लफडा लगायत धेरै चलचित्रमा गित लेखन र संगीत आफैले गरेका छन । उनी बिगत २० वर्ष देखि चलचित्र क्षेत्रमा छन । उनको सिघ्र स्वास्थलाभको कामना गर्दै धेरैले फेसबुकमा पोस्टहरु पनि गरेका छन त्यस्तै मध्यमा राजु के।सि। ले पनि पोस्ट गरेका छन कि वहाँलाई सक्दो सहयोगको आवश्यकता परेको र यस्तो अवस्थामा एक चलचित्रकर्मिले अर्को चलचित्रकर्मीलाई सहयोग गर्नुपर्ने ।
त्यस्तै चलचित्रकर्मी अनि समाजसेवी कृष्ण कार्की भाइलाई चलचित्र निर्देशक किशोर चौधरीका लागि जापानबाट रु १०,०००।०० सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिनु भएको छ ।
हाल किशोर जि चितवनको सि एम सि हस्पिटल९नयाँ०मा उपचार गराइरहनु भएको छ र वहाँलाई आर्थिक संकट परेको हुनाले राजु केसिले सम्पूर्णमा सक्दो सहयोग गरिदिनु हुन आह्वान गर्नु भएको छ ।

दुई साताका लागी देशभरका सबै अदालत बन्द,मापसे जाँच पनि स्थगित

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।  बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

साथै कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको  बताए । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए । ‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने । ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने

काठमाडौँ —चैत्र ७ । कथा ईभेन्टको आयोजनामा हुन गईरहेको “मिस टिन ग्लोवल ब्युटी नेपाल २०२०” को ग्राण्ड अडिसन यहि चैत्र १५ र २२ गते राजधानीको दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने भएको छ । आगामी वैशाख महिनामा सम्पन्न हुने सो सौन्दर्य प्रतियोगिता, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजानेन उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष गनिका गुरुङ्गले बताइन । प्रतियोगिताका लागि १३-१९ वर्ष समूहबाट छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक अनिल बुर्जा मगर बताउछन l यस सौन्दर्य प्रतियोगिताले नेपाली युवतीहरु बीच व्यक्तित्व विकास र अन्तर्निहित प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले कथा ईभेन्टको कार्यलय तथा लुना रेस्ट्रो एण्ड बार, दरवारमार्गबाट फर्म लिएर अडिसनमा सहभागिता जनाउन सक्नेछन। यस सौन्दर्य प्रतियोगिताको बिजेताले उपहार स्वरुप स्कुटर र अन्य आकर्षक गिफ्ट ह्याम्परको साथसाथै ब्राजिलमा आयोजना हुने “मिस टिन ग्लोवल ब्युटी ईन्टरनेशनल,२०२०” मा नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन ।

विस्तृत जानकारीको निम्ति:- कथा ईभेन्ट प्रा लि सम्पर्क :- ९८६३९४२५७७

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले शुरु गर्‍यो कोराना भाईरस सचेतना अभियान

काठमाडौं, ०७ चैत्र – स्व. उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ज्येष्ठ नागरिकलाई लक्षित गरि कोराना भाईरस (कोभिड १९) सम्बन्धमा सचेतना अभियान संचालनमा ल्याएको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि ज्येष्ठ नागरिक सहयोग कार्यक्रम अन्तर्गत फाउण्डेसनले ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सो अभियान चलाएको हो । फाउण्डेसनले विहिवारबाटै ज्येष्ठ नागरिकहरुलाई मास्क, हेण्डवास, साबुन, सेनिटाइजर लगायतका सरसफाई सामाग्री वितरण गर्दै अभियान शुरु गरेको छ । संस्थाले विहिबार तिनकुने स्थित असाय सेवा सदन, शान्तिनगर ज्येष्ठ नागरिक आवास गृह र गल्फुटार आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई उक्त सामाग्री हस्ताण्तरण गर्नुका साथै तालिम प्राप्त स्वास्थ्य सेविकाबाट सरसफार्इको तौरतरिका बारे पनि जानकारी दिलाएको छ । फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी, स्व. नेता अधिकारीकी छोरी लिमा अधिकारी लगायत प्रतिष्ठान सम्बद्ध पदाधिकारी एवम सदस्यहरुले विभिन्न ज्येष्ठ नागरिक गृहसम्म पुगी उक्त सामाग्रीहरु वितरण गरेका थिए । उक्त सचेतना अभियानलाई उपत्यका स्थित अधिकांश ज्येष्ठ नागरिक गृहसम्म पुर्याउने लक्ष्य लिईएको प्रतिष्ठानकी सदस्य लिमा अधिकारीले जानकारी दिएकी छन् । ‘ज्येष्ठ नागरिक गृहमा आश्रित ज्येष्ठ नागरिक आमा बुवाहरुको स्वास्थ्य प्रति हाम्रो बिशेष चासो छ, बुवा हजुर पनि (स्व. भरतमोहन अधिकारी) ज्येष्ठ नागरिकको हक अधिकार प्रति निकै नै सचेत हुनुहुन्थ्यो, उहाको स्‍मृतिमा स्थापित फाउण्डेसनमार्फत हामीले कोरोनाको जोखिम न्यूनिकरण गर्ने ध्ययेका साथ हाललाई काठमाडौं, ललितपुर र भक्तपुरमा साताव्यापी अभियान संचालन गर्दैछौ” उनले भनिन् । प्रतिष्ठानले उक्त सचेतना अभियानलाई उपत्यका स्थित अधिकांश ज्येष्ठ नागरिक गृहसम्म पुर्याउने लक्ष्य लिएको समेत उनले जनाईन्।

 

कोरोनाले तहसनहस इटाली : अस्पतालका सिँढीभरि लास ओसार्न लाइनमा सैनिक ट्रक

७ चैत, काठमाडौं । चीनको वुहानबाट उत्पत्ति भएपनि हाल कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बनेको छ, युरोपको इटाली । कोरोनाले इटालीलाई तहसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्रभावित ठाउँ हो, लोमबार्दी ।

लोमबार्दीस्थित बुर्गेमो अस्पतालको सिँढीसमेत लासहरुले भरिएका छन् । इटालियन संस्कारअनुसार मृतकलाई चिहानघरमा लगेर गाड्ने गरिन्छ । तर, चिहानघर सबै भरिएपछि जलाउनुपर्ने अवस्था निम्तिएको छ । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ ।

मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि लस्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बुर्गेमो अस्पत्तालमा सघन उपचार (इन्टेन्सिभ केयर) का लागि विरामीहरुलाई लाईन लगाएर राखिएको छ । चिकित्सकले उपचार गर्न भ्याएका छैनन् । नयाँ विरामी थपिने क्रम उत्तिकै छ । लासहरु बेरेर सिँढीमा राखिएको छ । ती लास उठाउन १५ वटा सैनिक ट्रक लाम लागेर पर्खिएका छन् ।

कोरोना उत्पत्ति भएको चीनमा भन्दा इटालीमा मृतकको संख्या बढि भइसकेको छ । चीनमा अहिलेसम्म ३२ सय ४५ को ज्यान गएकोमा इटालीमा ३४ सय ५ पुगेका छन् । बिहीबार एकै दिन इटालीमा चार सय २७ को मृत्यु भएको छ । संक्रमण फैलिने र मृत्यु हुने दर तिब्र छ । बिरामीको उपचार र मृतकको व्यवस्थापन गर्न समस्या भएको छ । चिकित्सकहरुले स्वास्थ्य क्षेत्र संकटमा पुगेको बताइसकेका छन् । अस्पतालमा ठाउँ नभएर स्वास्थ्यकर्मीले टेन्ट गाडेर उपचार गराइरहेका छन् । लोमबार्दी क्षेत्रमा चिकित्सक र नर्सहरुको संख्या सिमित भएकाले धान्न नसक्ने अवस्थामा पुगेको लोम्बार्दीको स्थानीय सरकारले बताइसकेको छ ।

रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न

काठमाडौं  :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए ।

नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रहेको वन् आई डेस्टिनी क्रिएसनको सहकार्यमा संचालन गरेको सो कार्यक्रममा भारतीय टेलिभिजन सिरिज, वेभ सिरिज तथा थिएटरमा अभिनेत्रीका रुपमा कार्यरत नेपाली सुन्दरी सभ्यता गिरी शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् । कार्यक्रमलाई विभिन्न बलिउड नृत्य प्रस्तुतिले मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा नेपालस्थित सजिनाज् क्रिएसन तथा वन्डर भाइब्स क्रिएसनका विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएका थिए ।

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

‘नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ गत वर्षदेखि नेपाली गीत–सङ्गीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्युजिक अवार्ड गरिदै आएको छ ।

समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । मोफसलका जिल्लाहरुमा सञ्चालनहुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको दिन नेपाली गीतसङ्गीत क्षेत्रका हस्ती, रङ्गपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना सञ्चारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्युजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । ४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदानको कार्यक्रममा अवार्डको मिति घोषणा गरिने कार्यक्रमका निर्देशक किरण अधिकारीले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको मिति हाल तोक्न नसकिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी गराए ।

उत्कृष्ट पाँचका मनोनयनः

 

१) उत्कृष्ट राष्ट्रिय भाव
१. चन्द्रलाल तामाङ: कालापानी
२. सुमन भुजेल: युवा शक्ती
३. चन्द्र विक: यो देश हाम्रो हो
४. उमेश प्याकुरेल: नेपाल आमा
५. सुन्दर पन्त: मेरो देशको माटो

२) उत्कृष्ट म्याहेन्दोमाया गायिका
१. लक्ष्मी स्याङ्तान: मुरली छे
२. रमला पाख्रिन: टाले टाले
३. फूलमाया लोप्चन: पल्सर वाइक
४. मनमाया वाईबा: बोम्ताङ नामसारी
५. छिमिमम्वा तामाङ: तामाङ ठिटी

३) उत्कृष्ट म्याहेन्दोमाया गायक
१. कृती तामाङ: नेपाल सुन्दरी
२. रोम लामा ब्लेदेन: कु कु न्यावै वेलोरी
३. विश्वपासा तामाङ: टाले टाले
४. चिजा लेकाली: च्याङ्वा माया
५. रमेश गोम्जा: ल्हासो फ्यापूmल्ला

४) उत्कृष्ट म्याहेन्दोमाया मोडल (महिला)
१. एञ्जिला वाइवा: ल्हासो फ्याफूल्ला
२. रीतु तामाङ: हावै जोरी
३. माया थोकर: केसिङ दोङ्बो
४. पूर्णिमा लामा: कु कु न्यावै
५. मिरा तामाङ: स्वाङ नामसाई

५) उत्कृष्ट म्याहेन्दोमाया मोडल (पुरुष)
१. रमेश गोम्जा: ल्हासो फ्याफूल्ला
२. एरिम वाइबा: हावै ज्योरी
३. सन्त बहादुर तामाङ: स्वाङ नाम सै
४. याङ्चु तामाङ: कु कु न्यावै
५. राज किङ वाइबा: मुरली छे

६) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायिका
१. सवीना चौलागाई: बाँस काटेर चोया
२. अम्बिका महरा: म्याकुरी
३. गोमा कोइराला: मन परेरै होलानी
४. स्मृती बजगाई: माछी र जलुको
५. लक्ष्मी सिर्माली: कान्छी

७) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायक
१. रामसरण आले: बारीको बनमारा
२. सरण प्रसाद हुमागाई: हास्ने खेल्ने
३. सुन्दर आर.डी: घर सम्झेर आउनुस पियार
४. सुरेश गौतम: पानी खोलाको
५. समिर आचार्य: म्याकुरी

८) उत्कृष्ट लोकदोहोरी (काँठे) गायिका
१. सीता थापा: नौलो गाउँ
२. पार्वती कार्की: बारीको बनमारा
३. उमा श्रेष्ठ: मोही खाउँला वटुकोमा
४. वर्षा सिलवाल: काभ्रे जिल्ला घर
५. स्मृती गौतम: पानबुट्टे चोली

९) उत्कृष्ट लोकदोहोरी (काँठे) गायक
१. लेखनाथ आचार्य: ए कान्छी
२. राजु विरही: दुई मुटु जोडेर
३. गंगाप्रसाद घिमिरे: विन्दास जिउने हो
४. अमृत खाती: जुनतारा
५. भिमशेन खतिवडा: रातो उनी

१०) उत्कृष्ट मौलिक गीत गायिका
१. गौरी भट्ट: बालकालै परदेशी
२. सुनीतामी परियार: मनको दर्जा
३. भिमकला गुरुङ: स्याङ्जाको बनैमा
४. टीका तारामी मगर: भूरुरु चरी
५. रेखा जोशी: लै लै

११) उत्कृष्ट मौलिक गीत गायक
१. टंक तिमल्सिना: लै लै
२. सजन परियार: बालकालै परदेशी
३. प्रसाद खप्तडी मगर: भुरुरु चरी
४. जय रावल: मनको दर्जा
५. कृष्ण रेउले: मा लै

१२) उत्कृष्ट लोकदोहोरी नवमोडल महिला
१. कल्पना घिमिरे: गाजलु आँखाले
२. दुर्गा भट्ट: धान कुटेर चामल
३. वविता श्रेष्ठ: बेहुला बेहुली
४. सरिता कुवर: चन्द्रगिरी
५. सुष्मिता सापकोटा: डालिनुघ्यो चरिले

१३) उत्कृष्ट लोकदोहोरी नवमोडल पुरुष
१. पुरुषोत्तम दाहाल: आइ लभ यु
२. सागर थापा: बैसाखी
३. सरोज वस्ती: मायामा फेल भको
४. लक्ष्मण भण्डारी: झ्यालैमा ऐना
५. राज मगर: बाटुली

१४) उत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
१. सविता राई: गोरखा चितवन
२. अनु पराजुली: बाडुल्की
३. अञ्जली अधिकारी: भेट भयो माया
४. रिना थापामगर: बाटुली
५. एलिना रायमाझी: पधेरीको पानी

१५) उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
१. प्रकाश तामाङ (राज): बारिको बनमारा
२. काजिस श्रेष्ठ: भेट भयो माया
३. निर्मल क्षेत्री: पिरतिको खेल बरै
४. सुनिल लामिछाने: दशतले घर
५. अश्विन मगर: इन्देणिको रङ

१६) उत्कृष्ट लोकदोहोरी मोडल महिला (अभिनय)
१. टिका जैसी: बैनीको पिडा
२. आयुष्मा कार्की: चिसो महिना पुसैको
३. साया भण्डारी: नभेटीने कसम
४. सगुन साही: मेरो बाबु
५. लिला गिरी: भुल्दै भुल्दै जानु

१७) उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (अभिनय)
१. इन्द्र कुमार श्रेष्ठ: चखेवा जोडी
२. टिका भुजेल: रुने पालो
३. सुरेन्द्रकुमार दाहाल: रुदै बाटो छेकम
४. ध्रुव हिमाली: नआउ मेरो सपनीमा
५. बुद्धबीर थापा: हावा सरर

१८) उत्कृष्ट लोकदोहोरी सम्पादक
१. दिपक विष्ट: बैसाखी
२. नविन घर्तिमगर: पान खायो मायाले
३. प्रकाश धमला: जाले रुमाल
५. सुजन शाही: माकुरी
६. राजेश कुमार: रुने पाले

१९) उत्कृष्ट लोकदोहोरी छायाँकार
१. दुर्गा पौडेल: भिर्निझोलामा
२. सुरेश श्रेष्ठ: माकुरी
३. बासु बराल: ज्यान खायो
४. महेश महरा: फूलको बोटमा
५. मिलन गुरुङ: बिगत सम्झी

२०) उत्कृष्ट लोकदोहोरी नृत्य निर्देशक
१. काजिस श्रेष्ठ: कल्ले बोलायो
२. मौषम हिमाली: लाहुर
३. मिलन श्रेष्ठ: मुना पलायो
४. राजिव बलामी: चन्द्रा गिरी
५. दीपेन्द्र तिमल्सिना: सारै मन अत्याउनी

२१) उत्कृष्ट लोकदोहोरी निर्देशक
१. मनिस पन्त: भरै नहुने
२. दिलिप रेग्मी: विचल्ली
३. स्मृती तिमल्सीना: माकुरी
४. जेनिथ शर्मा: भित्री चोटको पिडा
५. कपिल लामा: स्वर्णपदक

२२) उत्कृष्ट लोकदोहोरी एरेञ्जर
१. झलक संगीतम: गोर्खा चितवन
२. विश्वास नेपाल: सत्य राम राम
३. कृष्ण विक भान्जा: बैना रुमाल
४. विनोद वाजुराली: मान्छे फकारएर
५. झलक संगीतम: पेरुङ्गो

२३) उत्कृष्ट लोकदोहोरी लय
१. नयन सोडारी: रातो माटो पहेलो बेसार
२. भिम के.सी.: पैसाको कारण
३. रामु खड्का: स्वर्ण पदक
४. युनिक भोजराज वि.क. : गुलावको फूल
५. रमेश श्रेष्ठ: तस्विर हेरेर

२४) उत्कृष्ट लोकदोहोरी शब्द
१. दिपक के.सी.: आउँला छाया बनी
२. सामना शाह: शुभकामना समवेदना
३. रमेश विजी: माकुरी
४. शिव हमाल: लालु मै
५. बाबुराम बोहरा: बाडुल्की

२५) उत्कृष्ट लोकदोहोरी नवगायिका
१. निरुता गैरे: काँडे वयर
२. लक्ष्मी रेग्मी: रुने पालो
३. अनिता कुँवर: बासना
४. अनुजा पुडासैनी: झम्के रुमाल
५. सोनिया डिसी: जालैमा

२६) उत्कृष्ट लोकदोहोरी नवगायक
१. ऋषिकेश पाण्डे: मुटु पैंचो
२. विनोद वावु के.सी. : काँडै वयर
३. बसन्त लम्साल : मृत्युुदण्ड
४. केशर लामा : अन्तिम चोटी
५. विर्ख विश्वकर्मा : शुभकामना समवेदना

२७) उत्कृष्ट लोकदोहोरी गायिका
१. लक्ष्मी परियार : प्रेम प्रस्ताव
२. सम्झना लामिछाने मगर : बैना रुमाल
३. रमिला न्यौपाने : बाडुल्की
४. जमुना राना : माकुरी
५. सञ्जु न्यौपाने : लाहुर

२८) उत्कृष्ट लोकदोहोरी गायक
१. विष्णु खत्री : विचल्ली
२. खुमन अधिकारी : बाडुल्की
३. रामजी खाँड : बैना रुमाल
४. अर्जुन कौशल : गाजलु
५. याम क्षेत्री : वास्ता नगर्ने

२९) उत्कृष्ट पप मोडल (महिला)
१. अस्मिता पुरी : बोल्दैन फोटो
२. सहनशिला तामाङ : रित्तो छु आज
३. दिपाशा बिसी : म तिमीलाई माया
४. एलिशा शर्मा : फर्की फर्की
५. करिष्मा ढकाल : सिठ्ठी बजाउँछन्

३०) उत्कृष्ट पप मोडल (पुरुष)
१. हेरुका लामा : ज्यानै दिन्छु
२. छोसिङ तामाङ : शुभ यात्रा
३. दुर्गेश थापा : बोल्दैन फोटो
४. हिमांशु कार्की : ए मेरी पूजा
५. शंकर विसी : सिठ्ठी बजाउँछन्

३१) उत्कृष्ट पप भिडियो निर्देशक
१. विभव परियार माइकल : पिरतीको ताल
२. राहुल शाह : फर्की फर्की
३. सुव्रत आचार्य : ए मान्छे
४. आस्मा गिरी : ए मेरी पूजा
५. केशव विश्वकर्मा : मेरो कुनै संसार

३२) उत्कृष्ट पप शब्द
१. विजय तामाङ : शुभयात्रा
२. रजत रिजाल : रित्तो छु आज
३. सञ्जिव सिंह राना : ए मेरो मामा
४. मिलन विष्ट (मञ्जिल) : फर्की फर्की
५. किरण उप्रेती : पिरतीको ताल

३३) उत्कृष्ट पप संगीतका
१. दिपक शर्मा : बोल्दैन फोटो
२. अनिश श्रेष्ठ : झिल्के
३. नविन रावल : फर्की फर्की
४. पुुस्कर सुनुवार : मेरो कुनै संसार
५. भिम बिसी : एक एकान दुईकान

३४) उत्कृष्ट पप गायिका
१. लक्ष्मी प्रधान पुरी : सिठ्ठी बजाउँछन्
२. भावना आचार्य : बोल्दैन फोटो
३. सोनी श्रेष्ठ : मेरो कुनै संसार
४. छनु गुरुङ : केपो भनम्ला
५. सिर्जना खत्री: नोटङ्की माया

३५) उत्कृष्ट पप गायक
१. सचिन रौनियार : ए मान्छे
२. कौशलराज खड्का : ए मेरी पूजा
३. प्रदिक कुमार घलान : नशा
४. चिरञ्जीवी भण्डारी : सँगै बस्दा
५. शशिशेखर बुढाथोकी : झिल्के

३६) उत्कृष्ट युगल गायन आधुनिक/पप
१. देविका बन्दना/राजेश महर्जन : आँखी झ्यालैमा
२. सिमान्त सन्तोष/बबिना भट्टराई : तिम्रो पछी
३. धु्रव विस्को/मेलिना राई : व्युटिपार्लर
४. कन्हैया सिंह/अञ्जना गुरुङ : ठ्याक्कै भेटौंला
५. योगेश काजि/सारिका घिमिरे : हेल्लो

३७) उत्कृष्ट आधुनिक मोडल महिला
१. लक्ष्मी बर्देवा : गलबन्धि तानातान
२. शिलास्मा हमाल : म मरिसकेपछी
३. श्रेया दुलाल : आज किन
४. शिल्पा खड्का : मेरी उनी
५. शुशीला थापा : कोही भन्छन् मलाई

३८) उत्कृष्ट आधुनिक मोडल पुरुष
१. अशोक कुमार : आज किन
२. मधु न्यौपाने : तिम्रो माया
३. शंकर बानिया : आँसुले बाटो
४. गौतम खाती : लाग्छ तिम्रै आँखा हेरीरहँु
५. प्रेम खड्का : सायद

३९) उत्कृष्ट आधुनिक भिडियो छायाँकार
१. ज्ञानेन्द्र शर्मा हुमागाई : गलबन्धि तानातान
२. उत्सव दाहाल : त्यो सपना
३. लक्ष्मण सुनुवार : आज कीन
४. चक्र महर्जन : विदेशमा छु त के भो र
५. विरेन्द्र भट्ट : आमा

४०) उत्कृष्ट आधुनिक भिडियो सम्पादक
१. विष्णु खड्का : गलबन्धि तानातान
२. निशान घिमिरे : त्यो सपना
३. लक्ष्मण सुनुवार : आज किन
४. डोलराज बाह्रघरे : अलग भो बाटो
५. रोशन धिताल : मन भरी तिमीलाई

४१) उत्कृष्ट आधुनिक निर्देशक
१. रोसेल थापा : आमा
२. जनक सिंह : तिम्रै हुँ म
३. होम धिताल : मन भरी तिमीलाई
४. हाङ लिम्बु : आधा आधा
५. हेम प्रभास : एक्लो उदास जवानी

४२) उत्कृष्ट आधुनिक मिक्सीङ्
१. भोला पौडेल : ए झण्डा
२. कृष्ण सुनुवार महर्जन : नलाएको माया
३. मनोज परियार : बुझिलेउ
४. प्रकाश मिश्र : लभ गुरु
५. प्रकाश मिश्र : ए मेरी पूजा

४३) उत्कृष्ट आधुनिक एरेञ्जर
१. मनोज चौलागाई : लभ गुरु
२. मनोहर सुनाम : ए झण्डा तिमी
३. पुस्कर सुनार : टपरी बुनेको
४. नरेन्द्र वियोगी : सेल्फी खिचौंला
५. सञ्जिव बराइली : आकाशै ज्यानको

४४) उत्कृष्ट आधुनिक गीतकार
१. होमनाथ न्यौपाने : त्यो सपना
२. हिमाम्सु रायमाझी : झुमा झुमा
३. प्रतिमा गुरुङ : आमा मेरी आमा
४. बीबी थापा : लभ गुरु
५. रमेश दाहाल : पूर्वको बादल उड्यो

४५) उत्कृष्ट आधुनिक संगीतकार
१. मनोज चौलागाई : खुल्लम खुल्ला
२. विकाश चौधरी : लभ लभ
३. जितेन वान्तबा राई : बादल पारी
४. सुधिर अधिकारी : मन लाग्छ
५. भीम विसी : आज कीन

४६) उत्कृष्ट आधुनिक गीत
१. अविनास ठकुरी : खुलंखुल्ला
२. ताराविर पाण्डे : तिम्रो माया
३. डेविड शंकर : सलल बगेको
४. अनुप रेग्मी : सिउँदोमा सिन्दुर
५. दौलत राई : के सारो मिठो

४७) उत्कृष्ट आधुनिक गायिका
१. मेलिना राई : गलबन्धि तानातान
२. मञ्जु थापा : हातमा गुलाफ देखाएर
३. बुनु उप्रेती : कपाल कालो
४. सहिमा श्रेष्ठ : सलल बगेको पानी
५. काव्य आचार्य : यो जंघार नाघेर

४८) उत्कृष्ट आधुनिक गायक
१. तारा लक्सन लिम्बु : आज किन
२. नितिन गजुरेल : आँखैले हेर्‍यो
३. ओम बहादुर खत्री : झर्केर तिमी
४. सुरेन चन्द : उसको माया
५. सुरज पौडेल : लभ लभ

 मोडल नितु कोइराला भारतमा ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित

काठमाडौं, मोडल नितु कोइराला भारतमा सम्मानित भएकी छन् । गत साता भारतको फरक फरक स्थानमा आयोजित कार्यक्रममा नेपाली मोडल नितु सम्मानित भएकी हुन् । उनलाई ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला, साहित्य र समाजमा योगदान पुर्‍याउने ब्याक्तित्वलाई सम्मान गरियको थियो । नितुलाई नेपालमा कला र समाजसेवा गरे बापत उक्त सम्मान प्रदन गरिएको थियो ।

यो सम्मान पाउने नितु एक मात्र नेपाली चेली हुन् । आफू कलाकार हुनुमा र नेपाली चेली हुनुमा खुशी अनि गर्व लागेको कुरा नितुले बताइन् ।

सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लगायतका क्षेत्रहरु ३० अप्रिल सम्म बन्द ,२५ जना बढी मानिस भेला हुन नपाउने

काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।

बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ।

बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

त्यस्तै, अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्ने निर्णयसमेत गरेको छ। समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ। यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने भएको छ।

यसको कार्यान्वयनको प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने छन्। सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। बैठकले सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध समेत गरेको छ।

यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने छ। सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ।

यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने छ। मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका)ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई एवं डिस्इन्फेक्सन गर्ने छन्। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने छन्।

बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णयसमेत सरकारले गरेको छ। दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद गरी अनावश्यक संचय नगर्न समितिले अनुरोध गरेको छ। यस कार्यको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ।

आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिषा अवधि नियमित गर्न निर्धारित भिषा अवधि भित्र आवेदन गरेमा प्रचलित कानुन बमोजिम भिषा नियमित गरिने बताइएको छ। यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ।